दीपक पौडेल,दोहा-
खाडीमुलुकमा घरेलु सहायककारुपमा नेपाली महिलाहरुलाई पठाउन नेपाल सरकारले लगाएको प्रतिबन्धका बाबजुत स्थानिय तथा खाडीमा एजेन्टको रुपमा काम गर्ने दलालले विभिन्न प्रलोभन देखाई चोर बाटोबाट खाडीतर्फ पठाउने क्रम पछिल्लो समयमा बढ्दै गएको देखिएको छ ।
खाडी क्षेत्रमा महिला घरेलु कामदार पठाउन नेपाल सरकारले लगाएको प्रबितबन्धको अवज्ञा गर्दै यसरी पठाइएका चेलीहरु विभिन्न समस्याका कारण पिडित भई भागेर दुतावासको शरणमा आउने क्रम निकै दोहोरिन थालेको छ । यसै क्रममा गत साता २ नेपाली युवती नेपाली दुतावासको शरणमा आएका छन् । दलालले तुलनात्मकरुपमा कम शुल्कमा पठाउने र कमाएपछि तिर्ने सर्तमा महिला घरेलु कामदारहरु खाडीमा आउनेको क्रम बढेको देखिन्छ । यसरी आउने धेरैजसो नेपाली महिला कामदारहरुलाई खाडीमा घेरलु कामदारको रुपमा आउन नहुने थाहा नभएको देखिन्छ । यसरी आएपछि महिला कामदारहरुले धेरै नै दुःख पाएको र समयमा तलब नपाएको धेरैपटक देखिएको छ । दोहास्थित दूतावासको शरणमा सातामा औसत दुईजना नेपाली चेलीहरु काम गर्ने घरबाट भागेर शरणमा आएको देखिएको छ । ति कामदार महिलाहरु प्राय धेरै काममा लगाउने समयमा तलब नदिने कुटने खाना नदिने जिस्काउने शारिरिक शोषणको प्रयास समेत गर्ने जस्ता साझा र गम्भिर समस्याबाट पिडित हुनेगरेको देखिएको छ । नवलपरासी गैंडाकोटकी पूजा परिवार दाङ्ग तुल्सीपुरकी पार्वती परिवार मकवानपुरकी सपना लामाको उद्दार गरेको लगत्तै दूतावासमा फेरी अर्की चेली शरणमा आएकी छिन । ५ महिना अगाडि दोहा आएकी मोरङ मघुमल्ला-४ की २० बर्षिया कुमारी जोशी श्रेष्ठ गत विहीवार देखी दूतावासको शरणमा छिन् । मेडिकल फेल भए पनि उनलाई काममा लगाइयो तर उनले समयमा तलव पाइनन् । समयमा तलव त परै जाओस् उनी घरेलु िहंसाको शिकारसमेत बनिन् । आफुलाई कुटपिट गरिएको उनले बताएकी छन् । स्थानिय एजेन्ट दमककी रीना लिम्बुले उनलाई दिल्लीको बाटोबाट कतार पठाएकी हुन् । हाउसमेडको काममा कतारी रियाल साढे पाँच सय तलवमा आएकी जोशीले हवाईटिकट मात्र तिरेर तर कमाएपछि थप २५ हजार तिर्ने शर्तमा कतार आएको बताइन् । उनले घरमा विहान ५ बजेदेखि बेलुका १२ बजे सम्म किचेनमा काम गनुपर्ने र सो घरकी मालिक्कनी सधैं किचकिच गर्ने गरेको बताएकी छन् । विरामीको कारण काम गर्न नसक्ने भएपछि उनी अफिसमा गएकी थिइन तर अफिसमा आएको भनेर दोहास्थित एजेन्टले हातपात गरेको उनले बताएकी छन् । एपेण्डिसाइटिस् भएपछि ७ दिनसम्म अस्पताल रहेकी जोशीले ३ महिनाको तलब पाएकी छैनन् । मेडिकल फेल भएपनि नेपाल फिर्ता नपठाएर राखेकोमा उनले प्रतिबाद गरेकी थिइन् । आफ्ना कागजपत्र र सरसामानहरु अफिसमा नै रहेको बताउँदै झिकाइदिन उनले आग्रह गरेकी छन् । अस्पतालबाट गत विहीवार खोटाङ यूवा जागृति सेवा समाजका सहसचिव महेश राईले नेपाली राजदूतावासमा ल्याइदिएका थिए । सो समाजका अध्यक्ष राम गुरुङले टिकटको लागि सहयोग गर्न अपिल गरेका छन् भने पिडित चेलीले सुरक्षित तरिकाले नेपाल पुग्न पाउँ भन्दै नेपाल फिर्ती टिकटको लागि अपिल पनि गरेकी छन् ।यसैगरी ८ महिनाअघि कतार आएकी माकर-४ नवलपरासीकी सुनिता विकलाई पनि नेपाली दुतावासले उद्दार गरेको छ । उनी नेपाल फर्कनका लागि हाल फिर्तिकेन्द्रमा रहेकी छन् । भानु चौधरी नामका एजेन्टलाई ७० हजार रुपैयाँ बुझाएर ८ महिनाअघि एक क्लिनिङ कम्पनीमा काम गर्न भनी कतार आएकी विक कामको अत्यन्तै बोझका कारण फर्कन चाहेकी हुन् । घरको काममा पनि लगाइएको कारण उनी शारिरिक र मानसिकरुपमा समेत निकै थकित भएकी थिइन् ।

0 comments:
Post a Comment