दीपक पौडेल,दोहा-
बुलन्द माग र लामो समयको प्रतिक्षाप्रति गत ७ अक्टुवरमा कतारका लागि नेपाली श्रम सहचारी दोहा आइपुगेका छन् । नेपाली जनसंख्या ३ लाख नाघिसेकको कतारमा दोहास्थित नेपाली नियोगका लागि पहिलो श्रम सहचारी ध्रुव प्रसाद कोइरालाले आफ्नो कार्यभार ग्रहण गरेका छन् ।
प्रथम सचिव रामकाजी खड्काकासाथ दोहा अन्तरराष्ट्रिय विमानस्थलबाट सिधै नेपाली दुतावास आइपुगेका श्रम सहचारीलाई राजदुत डा। सुर्यनाथ मिश्रले नेपाल कतार सम्बन्ध र कतारस्थित नेपालीहरुकावारेमा जानकारी दिलाएका छन् । नियोग प्रमुख राजदुत डा. सुर्यनाथ मिश्रको नेतृत्वमा रहेर तथा नेपाली दुतावासबाटै श्रमसमबन्धि मामिला हेर्ने अधिकारीकारुपमा नियुक्त भएका कोइरालाले नेपाली कामदारको हकहितको रक्षाका लागि यथासक्य प्रयास गर्ने प्रतिबद्वता जनाएका छन् । कतारका सन्दर्भमा हाम्रो सवैभन्दा महत्वको विषय आर्थिक कुटनीति इकोनोमिक डिप्लोमेसी हो र यसमा पनि रोजगारी इम्प्लोइमेन्ट सवैभन्दा महत्वपुर्ण छु राजदुत डा। मिश्रले कोइरालालाई स्वागत गर्दै भने- यहि रोजागारी तथा रोजीरोटीको संरक्षण तथा सम्बद्र्वन गर्ने जिम्मेवारी लिएर तपाईँ आउनुभएको छ । कतारमा नेपाली जनशक्तिको माग अझै बढ्दो रहेको उल्लेख गर्दै राजदुतले भने- हाम्रो मेनवापरलाई ठगी दलाली शोषणबाट जोगाउनसक्यौं भने हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई ठुलो टेवा पुग्नेछ । सो सन्दर्भमा श्रम सहचारी कोइरालाले भने- मैले सरहरुको साथमा रहेर काम गर्ने हो यहाँको अभिभावकत्व र साथीहरुको साथ सहयोग मेरा लागि अति नै सवैभन्दा महत्वपुर्ण रहनेछ । कानुनमा स्नातक तथा समाजशास्त्रमा स्नाकोत्तर कोइरालाले १७ बर्षलामो सरकारी सेवाका क्रममा १० बर्ष शाखा अधिकृत रहिसकेका छन् । उनी श्रम तथा यातायात मन्त्रालयमा आउनुपर्व पर्यटन मन्त्रालयमा कार्यरत थिए । उनी २ बर्षका लागि श्रम सहचारी नियुक्त भएका हुन् । कोइरालाको नियुक्ती २ महिनाअघि भएको हो । सरकार समुदाय र संचारकर्मीहरुको साथ सहयोग पाइरहेको खण्डमा नेपाली श्रमीकमाथिका ठगी दलाली र शोषण निर्मुल पार्ने आफ्नो प्रतिबद्वता सम्बन्धित सवै निकायमा ध्यानाकर्षण गराएको राजदुतले बताए भने श्रम सहचारीले सो प्रतिबद्वताप्रति खुसी ब्यक्त गरे । उनले थप रोजगारी सिर्जनाको पहल अलपत्र परेकाको उद्दार रेमिट्यान्सलाई बैधानिक बाटोबाट मुलुक भित्राउनमा आफ्नो प्रयास रहने स्पष्ट पारे । श्रमसहचारीसंगै अव दोहास्थित नेपाली नियोगमा नेपाल सरकारद्वारा नियुक्त ४ जना र स्थानीयरुपमा नियुक्त ५ गरी ९ जना अधिकारी तथा कर्मचारीहरु रहेका छन् । हरेक १ लाख जनसंख्याका लागि १ जना जनसम्पर्क अधिकृतको माग गरेको र माग स्विकृत पनि भइसकेको उल्लेख गर्दै राजदुत डा.मिश्रले सो सम्बन्धि प्रकृया भइरहेको बताएका छन् । सन् २००० मा दोहामा स्थापना भएको नेपाली नियोगमा कर्मचारीको अभाव स्थापनाकालदेखि नै खट्किँदै आएको थियो । अव यो समस्यामा राहत पुगको छु राजदुत डा। मिश्रले भने ।नेपाल सरकारले कतार लगायत ४ वटा मुख्य रोजगार गन्तब्य रहेका देशहरुका लागि श्रम सहचारी नियुक्त गरेको हो । साउदी अरवका लागि विनोद खरेल युएईका लागि पार्वती अर्याल र मलेसियाका लागि सुर्य भण्डारीले श्रम सहचारीकारुपमा कार्यभार सम्हालीसकेका छन् ।

0 comments:
Post a Comment