विकल अधिकारी, वेल्जियम
नेपाली जनसम्पर्क समिति वेल्जियमको पुनर्गठित समितिले प्रवासमा रहेका नेपालीहरूको विविध समस्याहरू सहित नेपाल सरकारका सूचना तथा संचार मन्त्री माननीय शंकर पोखरेललाइ हालै ज्ञापन पत्र वुझायो । संचार मन्त्री पोखरेलको वेल्जियम भ्रमणको अवसर पारेर नेपाली जनसम्पर्क समितिका उल्का घिमिरेले नेतृत्वमा एक प्रतिनिधि मण्डलले , नेपालमा जारी संविधान लेखन प्रकृयामा थप सकृयता जनाउन नेपालका राजनैतिक दलहरूसंग सहमति र सहकार्य गरेर निर्धारित समयमै नेपाली जनतालाइ संधीय लोकतान्त्रिक गणराज्यको संविधान तयार गर्ने कार्यमा अगाडि वढाउन सरकारले विशेष पहल गरोस भन्ने माग सहितको ज्ञापन पत्र हस्तान्तरण गर्यो । माननीय मन्त्रीलाइ नेपाली जनसम्पर्क समितिको ज्ञापन पत्र वुझाउने क्रममा उपस्थित सयौं नेपालीहरूका सामुमा समितिका महासचिव कमल सिटौलाले सो ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो ।
ज्ञापन पत्रमा वेल्जियमा रहेका नेपाली र नेपाली भाषा प्रेमी दाजुभाइ दिदिवहिनीहरूका वसाइका समस्या , नेपालमा वेल्जियमको दुतावास नहुदाँ हरेक नेपालीहरूले भोग्नु परेका विविध सस्मस्याहरूको समेत जानकारी ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारका संचार मन्त्री समक्ष समितिले नेपालमा अविलम्व वेल्जियमको राजदुतावास खोलाउनलाइ कुटनैतिक पहल गर्न विशेष अनुरोध गरेको छ । साथै ज्ञापन पत्रमा गैर अवासीय नेपालीहरूको साझा सस्था NRN ले उठाएका जाहेज सवालहरूमा सरकार हदै सम्मको लचिलो हुदै ति मागहरूमा सकारात्मक हुन समेत अनुरोध गरेको छ । नेपाली जनसम्पर्क समिति वेल्जियमका अध्यक्ष उल्का घिमिरेले नेतृत्व गरेको सो प्रतिनिधि मण्डलमा वेल्जियम स्थित रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरू , नेपाली जनसम्पर्क समितिका सस्थापक सदस्यहरू तथा तिनका पदाधिकारीहरू , प्रवासी नेपाली पत्रकार संघ वेल्जियमका पदाधिकारी तथा सदस्यहरू , अन्य राजनैतिक दलका जिम्मेवार पदाधिकारीहरू समेत समावेश हुनुहुन्थ्यो । भने सो समारोहमा वेल्जियम स्थित नेपाली दुतावासका महामहिम राजदुत प्रमेश हमालको पनि विशेष उपस्थित रहेको थियो । स्मरणीय छ , केही समय अघि नेपाली जनसम्पर्क समितिलाइ पुनर्गठित गरि उल्का घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति वने पछि वेल्जियममा सहमति सहकार्य र हाम्रो नेपाल र हामी नेपाली भन्ने भावनाको विकास र विस्तार गराउने कार्यमा सक्रिय रहेको छ ।

0 comments:
Post a Comment