कुवेत
दसैंको शुभ साइतपारी नेपाल जान को लागी कुवेतको एअरपोर्ट पुगेका १२ जना नेपालीहरु नेपाली दलालले धोका दिएको हुदा अलपत्र परेका छन । हिजो राती गल्फ एअरको हबाइ जहाजमा नेपाल जानको लागी सर सामान र साथी भाईका साथ एअरपोर्ट पुगेका उनिहरु नेपालीले नै ठगेको हुदा कम्पनिमै फर्के । नेपालको एअरपोर्टमा कुरेर बसिराखेका साना साना छोरा छोरी सँग कुरा गर्दै दसैंको टिका जमरा सगै लगाउने सपना बोकी कुवेत एअरपोर्ट पुगेका थिए । तर उनीहरुको सपना एअरपोर्ट पुग्ना साथ चकना चुर भयो । जब एअरपोर्टका कर्मचारीले उनीहरु सँग भएको टिकेटमा यात्रा गर्न मिल्दैन भनेका थिए । उनिहरु छांगा बाट खसे जतिकै भए ।
अल मुल्ला सेकुरिटी र केओसी कम्पनीमा कार्यरत यी ब्यक्तीहरुले BAC एक्सचेन्जमा कार्यरत नेपाली नागरिक र कुवेतको फाहिल स्थित सि.डि को ब्यापार गर्नेलाई १४० देखी १५० कुवेती डिनर सम्म दुई महिना पहिला बुझाएर टिकेट लिएको कुरा हामीलाई जानकारी गराएका हुन । आफुहरुले देखी राखेको नेपाली साथी भनी विश्वाश गरी लिएको हो । हामीलाई यस्तो बिचल्लित बनाउला भन्ने सोचेका पनि थिएनौ पिडितहरुले भने । १२ घण्टा सम्म एअरपोर्टमा भाग दौडगरी आ-आफनो कम्पनीमा फर्केका छन । नेपाली साथी भाईले नै आफुहरुलाई ठगेकोले दसैं र छुट्टी दुबै गुमाउन परेको र अरु जहाजमा पनि यती बेला सिट पाउन नसकीने भएको कुरा पनी जानकारी गराएका थिए । यसरी नेपाली ले नेपाली लाई बिचल्ली बनाउछन भने हामीले बिदेशीलाई गाली गर्नु बेकार रहेछ । त्यसैले बिदेशमा कसैलाई पनि विश्वाश गर्नु भन्दा पहिला राम्रो सँग बुझनु होला चाहे तिनीहरु नेपाली हुन या बिदेशी ।

0 comments:
Post a Comment