श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 15 September 2009

लिम्बुवानको धरानमा मञ्चसम्बद्ध लिम्बुवानको विशाल जनसभा सम्पन्न


विजयपुर धरान,


भाद्र २७/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् राज्य-केन्द्रीय) कार्य समिति तथा धरान जिल्ला, नगर र तुम्याहाङ परिषद्को आयोजनामा भाद्र २७ गते लिम्बुवानको विजयपुर धरानमा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा सङ्खुवा खोला-अरुण-सप्तकोशीनदीपूर्वको ९ जिल्लालार्इ नयाँ संविधानमार्फत् आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवानको स्वाययत्ताको घोषणा गर्नुपर्ने माग राख्दै लिम्बुवानका ९ वटै जिल्लाका लिम्बुवानी नेता तथा कार्यकर्ताहरु भेलाभर्इ धरान नगरीमा जुलुससहित जनप्रदर्शनपछि भानुचौकमा विशाल लिम्बुवानी जनसभाको आयोजना गरी पूर्णरुपमा सम्पन्न भएको छ ।लिम्बुवानको धरान सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लिजोङ, तेह्रथुम, सङ्खुवासभा र धनकुटा तथा काठमाडौंबाटसमेत गरी जम्मा १२५ वटाभन्दा बढी बस रिजर्भगरी लिम्बुवानका नेता तथा कार्यकर्ताहरु जम्मा भएका थिए । विशेषगरी, धरान सुनसरी यसका आसपासका ठाउँकोसमेत उल्लेख्यरुपमा उपस्थितिरहेको सो विशाल र्‍याली तथा जनसभामा २५ देखि ३० हजारसम्म जनमासको उपस्थितिरहेको सहभागी तथा आयोजकहरुको दावी रहेको छ । धरानको इतिहासमा यति धेरै जनमास जम्मा भएको यो पहिलो घट्नाभएको स्थानीयवासीहरुको मत रहेको छ ।किरात याक्थुङ चुम्लुङ तथा विभिन्न किरात लिम्बूजन्य संघसस्थाहरुको समेत सहभागीता रहेको सो जनसभामा लिम्बूजन्य विभिन्न संघसंस्थाहरु छतरेसमाज तथा हुक्पा चोङबाङ समाजले विशेष च्याबु्रङ नाच, लिम्बू पोशाक र गरगहनासहितको र्‍याली प्रदर्शन गरेका थिए । लिम्बू येबा, साम्बा तथा लिम्बुवान भोल्युण्टियर्स -एलभी)हरुको पनि विशेष सहभागीता रहेको थियो ।लिम्बुवान भोल्युण्टियर्स -एलभी)हरुको विशेष सुरक्षामा धरानको भानुचौकबाट शुभाराम्भ भएको जुलुश छाताचौकहुँदै चतरालाइन, सैनिकभवनहुँदै पुतलीलाइनबाट पुनः भानु चौकमा आइपुगेको थियो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल-जिन्दावाद !, आत्मनिर्णयको अधिकारकोसहितको लिम्बुवान स्वायत्त राज्य-घोषणा गर !, सङ्खुवा-अरुण सप्तकोशीपूर्वको नौ जिल्ला-लिम्बुवान घोषणा गर !, लिम्बुवान हाम्रो घर हो, नेपाल हाम्रो देश हो !, सम्पूर्ण लिम्बुवानवासी जनता एक हौं !, केन्द्रीकृत विजयपुर जिल्ला चाहिँदैन, लिम्बुवान टुक्र्याउनु पाइँदैन !, २०६४ फागुन १८ को सम्झौता लागू गर !, आर्इ. एल. ओ. महासन्धि १६९ लागू गर !, कथित् विशेष सुरक्षा नीति खारेज गर !, वि वान्ट लिम्बुवान !, लिम्बुवानको आन्दोलन जारी छ !’ लगायतका नाराहरु जुलुसमा लगाइएको थियो ।विभिन्न नारा जुलुससहित धरान नगर परिक्रमापछि भानुचौकमा भेलाभर्इ जनसभाको रुपमा परिणत भएको सो जनसभाको उदेघोषण मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् सुनसरीका सचिव भिम इधिङ्गो र सुनसरी जिल्लाका अध्यक्ष डम्बर खजुमको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा मञ्चका अध्यक्ष मण्डल सदस्य तथा परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ हुनुहुन्थ्यो । जनसभाको अन्य अतिथिको रुपमा संघीय मञ्चका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफे, कार्यवाहक महासचिव खगेन्द्र माखिम, मञ्चका सल्लाहकार जितेन्द्रराज चेम्जोङ हुनुहुन्थ्यो । परिषद्कै तर्फ बाट उपाध्यक्ष द्वय ज्ञानबहादुर गुरुङ र ज्ञानुहाङ इम्बुङ; महासचिव त्रय सुर्य माखिम, लासिम पालुङ्वा र फक्ताङलुङ योङहाङलगायत सचिवालय सदस्यहरु, केन्द्रीय सदस्यहरु र राष्ट्रिय पार्ष सदस्यहरुको समेत रहेका थिए । त्यसैगरी, धिमाल स्वायत्त परिषद्का बाङ्गाई धिमाल, लाप्चा स्वायत्त परिषदका डुपछिरिङ लेप्चा, याक्खा स्वायत्त परिषदका निङलाहाङ याक्खा र संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष निर्मला लिम्बूलगायत अतिथिको रुपमा आसिन थिए ।त्यसैगरी परिषदका डीबी खुदाङ, पूर्णबहादुर लाओती, सेरमान चोङबाङ र विष्णु यक्सो लगायतकोसमेत उपस्थिति रहेको सो जनसभामालार्इ प्रमुख अतिथि कुमार लिङ्देन ‘मिराक’ दियोमा द्वीप प्रज्वलन गरी जनसभाको उद्घाटन गरिएको थियो । जनसभाको उद्घाटनपछि लिम्बुवान भोल्युण्टियर्स -एलभी)हरुको तर्फबाट लिम्बुवान र जनसभाको सम्मानमा लिम्बुवानी सलाम अर्पण गरिएको थियो ।विशेषतः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सम्वद्ध परिषदका केन्द्रीय नेताहरुले मात्र जनसभालार्इ सम्बोधन गर्ने तालिका रहेको कार्यक्रममा बोल्नेक्रममा संघीय धिमाल स्वायत्त परिषदका बाङ्गाइ धिमालले लिम्बुवानको विजयपुर धरान बरु धिमाल स्वायत्त क्षेत्रभित्र पर्ने तर यो केवल विजयपुरको नाममा केन्द्रीकृत जिल्लाको रुपमा मात्र रहनै नसक्ने दावी गर्नु भयो । त्यसैगरी, संघीय याक्खा परिषदका निङलाहाङ याक्खाले लिम्बुवानका लिम्बूलगायतका जातजातिहरु लिम्बुवानका लागि नलडे ४० हजार याक्खाहरु आन्दोलनमा उत्रेर भएपनि लिम्बुवानको स्थापना गरेरै छोड्ने विचार राख्नुभयो । आफ्नो विचार राख्ने क्रममै संघीय लेप्चा परिषदका डुपछिरिङ लेप्चाले जसरी पनि लिम्बुवान स्वायत्त राज्य हुनै पर्ने र त्यसअन्तर्गत् लेप्चा स्वायत्त क्षेत्रको पनि सुनिश्चित हुने कुरा बताउनु भयो ।आफ्नो मन्तव्य राख्ने क्रममै परिषद्का उपाध्यक्ष ज्ञानबहादुर गुरुङले लिम्बुवानमा लिम्बुवानका आदिवासी, नेपालका अदिवासी जनजाति तथा गैर आदिवासी जनजाति, क्षेत्री, बाहुन, दलित, मुस्लिम कसैले पनि कुनै डर, त्रास र संकोच नमानी आफ्नै लागि हो भनेर आन्दोलमा आउनु पर्ने कुरामा जोडदिनु भयो ।मन्तव्य राख्ने क्रममा परिषदका महासचिव सुर्य माखिमले अब सम्पूर्ण जातीय संघीयता तथा लिम्बुवानवादी संघ संगठनहरु लिम्बुवानको लागि एकजुट भर्इ आन्दोलन गर्नुपर्ने, लिम्बुवानमा टुटफुट छ भनी अल्मलिएर बसिरहनु नहुने, वास्तवमा लिम्बुवानका पूरै जनताहरु मञ्चसम्वद्धको परिषदको आसा र भरोसामा रहेकाले अब यही संगठनमा आवद्ध भर्इ अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । यसैक्रममा महासचिव माखिमले अहिलेका सभादसदहरुले संविधान नलेख्ने र लेखेपनि लिम्बुवान नदिने, दिएपनि खण्डित लिम्बुवानमात्र दिएमा त्यस्तो संविधान र तत्वहरुलार्इ लिम्बुवानको आन्दोलनले किनारा लाउनेसमेत दावी गर्नुभयो । मन्तव्यकै क्रममा निर्धारित समयभित्र सभासदहरुले हामीले चाहेजस्तो संविधान तयार नगरेमा ती सभासदहरुलार्इ माननीय भनिरहनु नसकिने र लिम्बुवानलगायतका स्वायत्त राज्यहरुमा प्रवेश नै नदिनेजस्ता आन्दोलनहरु पनि हुनसक्ने संकेत गर्नुभयो ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकोतर्फबाट विचार राख्ने क्रममा मञ्चका महासचिव खगेन्द्र माखिमले ‘यो सरकारको कथित् विशेष सुरक्षा नीति केवल सरकार टिकाउने खेलमात्र भएको, यसको कुनै वैधता र सार्थकता नरहेको र यसले खासै केही प्रभाव पार्न नसक्ने दावी गर्नुभयो । यो खास गरी नेपालमा उठेको आदिवासी जनजाति तथा संघीय स्वायत्ततावादी आन्दोलनलार्इ जानी जानी निष्तेज पार्न यो सुरक्षा नीति ल्याउन खोजिएकोले यो अस्वीकार्य भएको र तुरुन्तै खारेज गर्नुपर्ने र साँच्चिकै त्यस्ता गलत तत्वहरुलार्इ कार्वाही गर्नु त्यस्तो कुनै नीति ल्याइरहनै नपर्ने राय राख्नुभयो । सरकारले यस्तो कथित सुरक्षा नीति ल्याएर आन्दोलनलार्इ दबाउनको सट्टा आन्दोलनकारीहरुको मागलार्इ यथास्रीघ्र सही तवरले सम्बोधन गर्नुपर्ने, र यदि सम्बोधन नभएमा मञ्चले लिम्बुवानदेखि थरुहटसम्म सशक्त आन्दोलन गर्ने बताउनु भयो ।सिङ्गो महिलाहरुकोतर्फबाट विचार राख्ने क्रममा मञ्चका अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफेले अव आदिवासी जनजाति महिलाहरु पनि आफ्नो हित हुने राजनीतिमा लाग्नु पर्ने, नेपालको राजनीतिमा महिलालार्इ सधै विभेद गरिने तर भारतलगायतका देशमा त्यस्तो विभेद नगरिने उदाहरण दिनुभयो । अव आदिवासी महिलाहरुको मुक्ति ती पुरान एकात्मकवादी पार्टीबाट नहुने भएकोले यो नयाँ संगठन र आन्दोलनमा लाग्न र आउन आग्रहसमेत गर्नुभयो ।जनसभाका प्रमुख अतिथि कुमार लिङदेन ‘मिराक’ले जनसभालार्इ सम्बोधन गर्दै भन्नुभयो- ‘हामी वास्तवमै संघीय लोकतान्त्रिक गणतन्त्रवादी हौं । हामी संघीय नेपाल र स्वायत्त लिम्बुवान दुवै चाहन्छौं । हामीले लिम्बुवानका सबै लिम्बुवानवासी जातजातिहरु कहिल्यै नमर्ने वा पाखा नपार्ने र सबैलार्इ समेटेर लैजाने विचार लिएका छौं, प्रस्तावित संविधानको प्रस्तावित खाका कोरेका छौं । लिम्बुवानमा कसैले कुनै डर त्रास मान्नु पर्दैन । हामीले लिम्बुवानको आन्दोलनमा कुनै आतङक मच्चाएका छैनौं । हामीले आन्दोलनको नाममा कसैलार्इ एक लपेटा पनि हिर्काएका छैनौं र पनि कसरी हामी आतङकारी सूचीमा पर्र्छौं भनी आश्चार्य प्रकट गर्नुभयो । कांग्रेसका युवा, माओवादीका वाइसीएल र एमालेको युथफोर्सहरु दिनदहाडै गोली हानाहन गर्छन्, कुटाकुट र मारामार गर्छन्, उनीहरुचाहिँ विशेष सुरक्षाको निगरानीमा नपर्ने तर हाम्रोजस्तो शान्तिपूर्ण आन्दोलनलको नेतृत्व गर्ने संगठनलार्इ जिस्क्याउनु साँच्चिकै शान्ति भाँड्ने र युद्ध निम्त्याउने चलखेल भएको आरोप लगाउनु भयो । जातीय आन्दोलनलार्इ निष्तेज पार्न र सैनिक शासन लगाउन विशेष सुरक्षा नीति ल्याउन खोजेकोप्रति रोष प्रकट प्रकट गर्दै सो नीति तुरुन्त खारेज गर्नुपर्ने बताउनु भयो ।आफ्नो आमा लिम्बुवानको माटोलार्इ साक्षी राखेर प्रतिवद्धता जाहेर गर्दै लिङ्देनले भन्नुभयो हामी नै सच्चा लिम्बुवानी योद्धा हौं । हामी लिम्बुवानलार्इ असाध्यै माया गर्छौं, हामी यो आन्दोलनलार्इ कुनै पनि हालतमा धोका दिने छैनौं । यदि हामीबाट अलिकति मात्र धोका दिएको प्रमाणित भएमा जनताले दिने जस्तोसुकै खालको सजाय पनि भोग्न तयार छौ भन्नु भयो ।राजनीतिबारे धारणा राख्दै मिराकले भन्नु भयो आखिर सबैभन्दा ठूलो कुरा राजनीति रहेछ । यही कुराबाट हामी शताब्दीयौंसम्म अलग रह्यौं, अलग पारियौं र पछि पर्‍यौं । अब लिम्बुवानी आदिवासी जनजातिलगायत सम्पूर्ण जनताहरु राजनीतिक रुपमा सजक र सचेत भर्इ यो आन्दोलन लाग्न सबैलार्इ आग्रह गर्नुभयो । आखिरमा यी सेना पुलिस हाम्रो सत्रू होइनन्, खास शत्रू त निर्देशन दिनेहरु हुन्, लामो समयसम्म सत्तामा रहेका एकात्मक सत्ताधारीहरु हुन् लिङ्देनले भन्नु भयो ।धेरैले लिम्बुवान फुट्यो भन्छन्, कहाँ फुटेको लिम्बुवान – आधिकारिक दर्ता भएको यही मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमात्रै हो, २-४ जना व्यक्तिहरुले लिम्बुवानको नाममा नानाभाती हल्ला गर्दैमा लिम्बुवान फुट्यो भनेर अल्मलिएरु बस्नुभन्दा यो मुल आन्दोलनमा साथ सहयोग गर्न प्रमुख अतिथि लिङदेनले आग्रह गर्नुभयो ।विजयपुर लिम्बुवानकै महत्वपूर्ण अंग भएको र यही विजयपुरमा १८३१ को ऐतिहासिक लालमोहर सन्धि भएकोले यसलार्इ केन्द्रीकृत जिल्ला बनार्इ टुक्राउन नहुने कुरामा जोड दिनुभयो । ऐतिहासिक लिम्बुवान राज्य नभए रगत बगाउन पनि तयार रहेको उद्घोष गर्दै लिङ्देनले अबको ३ वर्षमा लिम्बुवान प्राप्त गरेरै छोड्ने दावीसमेत गर्नुभयो ।आर्इ. एल. ओ. महासन्धि १६९ लार्इ लागू गर्न माग गर्दै यदि लागू नभएमा आफैले त्यसलार्इ प्रयोगमा ल्याउने, यो अन्तरिम कालमा कुनै पनि महत्वपूर्ण सन्धिसम्झौता नगर्न र गरेमा लिम्बुवान प्राप्तिपछि खारेज गरिने मतसमेत राख्नु भयो ।नेपाली जनताले चाहेको जस्तो नयाँ संविधान नबन्ने षडयन्त्र भइरहेको बेला यदि समयमै संविधान नबनेमा आफूहरुले प्रस्तावित लिम्बुवान राज्यको संविधानलार्इ लिम्बुवानमा पारित गरी लागू गर्ने र लिम्बुवानको राज्यको शासन प्रशासन चलाउन सुरु गर्ने तर्फपनि संकेत गर्नुयभो ।करिव एक घण्टा लामो आफ्नो भाषणमा लिङ्देनले जनमासलार्इ लिम्बुवान प्राप्तिको लागि एकजुट भर्इ लागिपर्न र लिम्बुवान प्राप्त गरेरै छाड्नका लागि आग्रह गर्दै, त्यसको नेतृत्व आफ्नो संगठनले लिने विश्वस्त तुल्याउनु भयो । नजसभामा कांग्रस, एमाले र माओवादीका छाडी मञ्चसम्वछ परिषद्मा प्रवेश गर्ने विभिन्न नेता तथा कार्यकताहरुलार्इ समेत स्वावगत गरिएको थियो ।अन्तमा, सो जनसभा ऐतिहासिक रुपमा सफलभएको घोषणा र दावी गर्दै आयोजक केन्द्रीय समिति र सुनसरी जिल्ला, नगर समिति तथा तुम्याहाङ परिषदलार्इ विशेष धन्यवाद दिनुभयो ।यो जनसभापछि लिम्बुवानमा रहेका धेरै अस्पष्टता र अनुत्तरित प्रश्नहरुको उत्तर मिलेको र अब लिम्बुवान आन्दोलन अझै सशक्तरुपमा निरन्तर जारिरहने विश्वास जागेको विश्लेषण पाइएको छ ।
-DB Angbung
From: Dharan Limbuwan

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika