माधव ढुङ्गेल, काठमाडौं, भदौ १९, - नेपाल मजदुर किसान पार्टीले गणतन्त्र नेपालको राजधानी मध्य पश्चिमको दाङ उपत्यकामा सार्न प्रस्ताव गरेको छ । १४ प्रदेश र ७५ जिल्ला रहने गरी राज्यको पुनःस्रंरचना गर्नुपर्ने प्रस्ताव पनि सो दलले गरेको छ ।संविधानसभाको राज्य पुनसंरचना समितिमा पार्टीको गणतन्त्र नेपालको खाका प्रस्तुत गर्दै अध्यक्ष नारायणमान विजुक्छेले भूगोलको आधारमा सिमांकन र नक्सांकन गर्नुपर्ने बर्ता । अहिले रहेका १४ अाचललाई नै प्रदेश मान्ने नेमकिपाले धवलागिरीको नाम परिवर्तन गरी 'अन्नपूर्ण' प्रदेश राख्न प्रस्ताव गरेको छ ।मेची कोशी र सगरमाथा अाचल जस्ताको तस्तै छन् । सगरमाथाको अञ्चल सदरमुकाम भने गाइघाट सार्न प्रस्ताव गरिएको छ ।
बाग्मती प्रान्तमा पर्ने जिल्लाहरु भने हेरफेर गरिएको छ । अहिले आठ वटा जिल्ला रहेको बागमतीबाट धादिङ नुवाकोट र रसुवालाई हटाई त्यसको सट्टा अहिले नारायणी अाचलमा रहेका मकवानपुर र रौतहटलाई थप्न प्रस्ताव गरिएको छ । अहिले पाँच जिल्ला रहेकोमा त्यसमा परिवर्तन गरी नारायणी प्रान्तमा छ जिल्ला प्रस्ताव गरिएको छ । प्रस्तावमा रौतहट र मकवानपुरलाई बाग्मती प्रान्तमा गाभी त्यसको साटो अहिले बाग्मती अञ्चलमा रहेका रसुवा धादिङ र नुवाकोटलाई नारायणी प्रान्तमा राख्न सुझाव दिइएको छ ।
लुम्बिनी अञ्चलको नवलपरासीलाई गण्डकी प्रान्तमा राखिएको छ । गोरखा लमजुङ तनहुँ र स्याङ्जा जिल्ला गण्डकीका अरु जिल्ला हुनेछन् । स्याङ्जाका पश्चिमी ९ गाविलाई भने पर्वतमा गाभ्न प्रस्ताव गरिएको छ । जो नयाँ नामाकरण गरिएको अन्नपूर्ण प्रान्तमा पर्छ । अहिले गण्डकीमा पर्ने हिमालपारिको मनाङदेखि कास्की धवलागिरीको पर्वत लुम्बिनीमा पर्ने पाल्पा र भारतसँग सीमा जोडिएको रुपन्देहीसम्म मिलाएर 'अन्नपूर्ण प्रान्त' बनाउन नेमकिपाले प्रस्ताव गरेको छ ।
लुम्बिनीमा भने अहिलेको भारतसँग सीमा जोडिएको कपिलवस्तु गुल्मी अर्घाखाँची र बाहेक धवलागिरी अञ्चलमा पर्ने म्याग्दी बाग्लुङ र चीनसँग सीमा जोडिएको हिमालपारिको मुस्ताङ जिल्लालाई राखिएको छ । यसको सदरमुकाम बाग्लुङ बजार राख्न प्रस्ताव गरिएको छ ।
राप्ती प्रान्तमा अहिलेको सल्यान हटाएर त्यसको साटो कर्णालीको डोल्पा राखिएको छ । यसो गरिएमा यो प्रान्तको पनि भारत र चीन दुवै देशसँग सीमा जोडिनेछ । लिवाङमा यसको सदरमुकाम राख्न नेमकिपाले प्रस्ताव गरेको छ ।
भेरी प्रान्तमा कर्णाली अाचलका मुगु र जुम्लालाई समेट्न प्रस्ताव गरिएको छ । अहिले भेरी अञ्चलका जाजरकोट र बाँके अनि राप्ती अाचलको सल्यान मिलाएर भेरी प्रान्त बन्नेछ । मुगुको दक्षिण-पश्चिमका ७ गाविस भने कालिकोट जिल्लामा राख्ने खाका नेमकिपाले तयार गरेको छ । जुम्लाको खलंगालाई सदरमुकाम बनाउन प्रस्ताव गरिएको छ ।
कर्णाली प्रान्तमा भने अहिलेकै दुई जिल्ला हुम्ला र कालिकोट रहनेछन् । दैलेख सुर्खेत र बर्दिया जिल्ला मिसाएर नयाँ कर्णाली प्रान्त बनाउने पुनसंरचनाको आधार प्रस्तुत गर्ने बिजुक्छेले वीरेन्द्रनगर सुर्खेत लाई सदरमुकाम प्रस्ताव गरिएको छ । कालिकोट जिल्ला पश्चिमका १२ गाविसलाई भने अछाममा जोडिएको छ ।नेमकिपाद्वारा प्रस्तावित सेती प्रान्तमा भने बझाङ बाजुरा डोटी अछाम र कैलालीलाई राखिएको छ भने महाकाली प्रान्तमा अहिलेका महाकाली अाचल जस्ताको तस्तै रहनेछ ।

0 comments:
Post a Comment