श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 15 September 2009

भारतले अधुरो नक्सामा हस्ताक्षर गर्न नेपाललाई दबाब


भारतले अधुरो नक्सामा हस्ताक्षर गर्न नेपाललाई दबाब दिएको छ । विवादास्पद सुस्ता र कालापानीलाई छाडेर नेपाल-भारत सीमामा नक्सांकन गरिएका एक सय ८२ स्थानका नक्सामा हस्ताक्षर गर्न दुईदिने भ्रमणमा सोमबार बिहान नेपाल आइपुगेकी भारतीय विदेशसचिव निरुपमा रावले प्रस्ताव राखेकी छन् । तर नेपाललाई यो प्रस्ताव ठाडै अस्वीकार गरेको छ । दुई वर्षअघि दुई देशका सीमा सर्वे-अधिकारीले तयार पारेका ती नक्सा सहमतिअनुसार मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी नै छ । सुस्ताको १४ हजार हेक्टर र कालापानीको ३७ हजार हेक्टर क्षेत्रफलको सीमाविवादलाई छाडेर तयार पारिएका ती नक्सामा भारतद्वारा अतिक्रमित भूमिको नक्सांकन कसरी भएको छ भन्नेसमेत सार्वजनिक गरिएको छैन । तयार पारिएका नक्साको जम्मा क्षेत्रफल ९ हजार हेक्टर मात्रै छ । सोमबार परराष्ट्रमन्त्री सुजाता कोइराला र समकक्षी ज्ञानचन्द्र आचार्यसँगको भेटमा भारतीय रावले उक्त नक्सामा हस्ताक्षर गरी सीमा-विवाद सुल्झाउने प्रस्ताव गरेकी थिइन् । तर, परराष्ट्रमन्त्री र सचिवले त्यस विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको जवाफ दिएर उनको प्रस्ताव अस्वीकार गरिदिएका छन् । 'उहाँ (राव) ले नेपाल-भारत सीमा व्यवस्थापनलगायत सबै विषयमा छलफलका क्रममा नक्सामा हस्ताक्षर गर्नेबारे पनि कुरा उठेको हो, तर त्यही विषयमा मात्रै छलफल भएकोचाहिँ होइन,' मन्त्री कोइराला र रावबीचको आधा घन्टाको भेटमा सहभागी परराष्ट्रसचिव एवं प्रवक्ता डा. मदनकुमार भट्टराईले नयाँ पत्रिकासँग भने । सीमा व्यवस्थापनका बारेमा छलफल भएका वेला नक्सामा हस्ताक्षर गर्न सुझाब दिएको र अहिले त्यसकै निरन्तरता भएको प्रवक्ता डा. भट्टराईले जानकारी दिए । नेपाल-भारतका सर्वे अधिकारीहरूले ४ पुस, ०६४ मा सुस्ता र कालापानीबाहेक सबै सीमाक्षेत्रमा नक्सांकन गरी एक सय ८२ थान नक्सा तयार पारेका थिए । तर, कालापानी र सुस्ताबाहेक भारतीय पक्षबाट पचासभन्दा बढी स्थानमा सीमा अतिक्रमण भएको र अतिक्रमित भूभागलाई नक्सामा कहाँ पारियो भन्ने अन्योलबारे नेपाली सीमाविद् तथा बुद्धिजीवीले चासो व्यक्त गर्दै आएका छन् । संसद्को राष्ट्रिय हित संरक्षण समितिले नक्सा सार्वजनिक गर्न दिएको पटक-पटकको निर्देशनसमेत सरकारले अटेर गर्दै आएको छ । सीमाक्षेत्रको ९८ प्रतिशत भनिएको ती नक्सामा नेपालले कालापानी र सुस्ताको सीमा-विवाद समाधान भएपछि मात्रै हस्ताक्षर गर्ने धारणा राख्दै आएको छ भने भारतले सकिएजति नक्सामा तत्काल हस्ताक्षर गर्दा उपयुक्त हुने बताउँदै आएको छ ।प्रधानमन्त्री माधवकुमार नेपालले भारत भ्रमण गर्नुअघि सीमाविद्हरूसँगको कुराकानीमा शतप्रतिशत नक्सांकन भएर सीमा-विवाद सकिएपछि मात्रै हस्ताक्षर हुने बताएका थिए । नक्सामा हस्ताक्षर तथा सीमा व्यवस्थापनको एजेन्डामा नेपाल-भारत गृहसचिवस्तरको बैठक आगामी नोभेम्बरको पहिलो साता काठमाडौंमा बस्ने परराष्ट्रमन्त्री कोइराला र सचिव आचार्यसँगको भेटमा सहमति भएको छ । 'नोभेम्बरको पहिलो साताभित्र काठमाडौंमा गृहसचिवस्तरीय बैठक राख्ने सहमति भएको छ,' प्रवक्ता डा. भट्टराईले भने । प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणकै वेला दुई महिनाभित्र गृहसचिवस्तरीय बैठक काठमाडौंमा राख्ने सहमति भएको थियो ।भेटका क्रममा परराष्ट्रमन्त्री कोइरालाले भारतीय परराष्ट्रसचिव रावलाई नौमुरे जलविद्युत् आयोजना, तराईमा हुलाकी सडक निर्माण प्रक्रिया जतिसक्दो चाँडो अघि बढाउन आग्रह गरेकी थिइन् । 'सहमति भएअनुसार निर्माण गर्ने भनिएका जति पनि आयोजना छन्, ती चाँडो गरौँ, त्यसो भयो भने दुई देशबीच जनस्तरमा पनि सम्बन्ध थप मजबुत हुन्छ,' कोइरालाले सचिव रावलाई भनेको उद्धृत गर्दै प्रवक्ता डा. भट्टराईले भने । उनका अनुसार जवाफमा रावले सकारात्मक जवाफ दिएकी थिइन् ।सचिव रावले सोमबारै राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचार भेट गरिन् भने कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग पनि भेटवार्ता गरिन् । उनले मंगलबार बिहान ८:३० मा प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्ने कार्यक्रम छ भने त्यसपछि उपप्रधानमन्त्री विजय गच्छदार र गृहमन्त्री भीम रावलसँग पनि छलफल गर्ने कार्यक्रम छ । अपराह्न तीन बजे होटल द्वारिकामा पत्रकार सम्मेलन गरी मंगलबार उनी स्वदेश फर्किनेछिन् ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika