भनौ र भनौ भने भनि साध्य छैन
दिगो नेपाल शान्त नेपाल होला जस्तो खेलै छैन
तछाड मछाड गर्दा गर्दै खोक्रो भयो देश
नेताहरु घरी-घरी फेरिरहन्छन भेष
चर्को भाषण मनतब्य र बक्तब्यमा ब्यस्ता
गर्नुपर्ने कर्तब्यकको कहिल्यै छैन वास्ता
नेता जति अर्धपागल,रोगी अनि बुढा
यस्ताहरुले नेपाललाई टेकाउछन्,कि घुडा
जुनपनि मन्त्री बन्छन विदेश-विदेश डुल्दछन
देशको पैसा सकि-सकि मोजमस्तीमा भुल्छन्
के का लागि मन्त्री सबै विदेश भ्रमण गरेऊ ?
के पुगेन अब तिम्लाई केमा कमि परेउ ?
तेरो,मेरो,नातावाद,पार्टीवाद फालिदेउ
कडा काननु,कडा नियम,सहि ढंगले गरिदेउ
घुमि सक्यौ सबै देश,सिक्नु पथ्यो धेरै कुरा
अझै पनि थाहा छैन कसरी गर्ने हो देशको आवश्यकता पुरा
ढिलो पनि हैन अव अति सारै ढिलो भयो
देशको विकाश भन्ने कुरा शुन्यतामा परिगयो
शान्ति क्षेत्र नेपाल भनि ठुलै थियो इज्जत
नानाथरी पार्टी बनी गरिसके वेइजत
जुनै मन्त्री भने पनि हुन थाले रजवाफ
बरु एउटा बुद्ध जन्माई पठाउ भगवान ।
तनहुँ, दमौली
हाल -दोहा,कतार

0 comments:
Post a Comment