श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

काठमाडौं, साउन २८/पूर्व राजा ज्ञानेन्द्र शाहले राज्यलाई तिर्नुपर्ने कर बापतको रकम तिर्न आफू तयार रहेको बताएका छन् । उनले तिनुपर्ने करको विवरण पनि माग गरेका छन् ।
देशमा लोकतन्त्र स्थापना भई आफूले नागरिक सरह जीवन यापन गरिरहेको भन्दै पूर्व राजा ज्ञानेन्द्रले राज्यलाई तिर्नुपर्ने सबै प्रकारको कर क्लियरेन्स गर्न तयार रहेको कुरा अर्थ मन्त्रालयलाई पत्राचार गरेर जानकारी गराएका छन् । उनले पत्रमार्फत तिनुपर्ने करको विवरण पनि मन्त्रालयसँग माग गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रले राज्यको तर्फबाट उपभोग गरेको विभिन्न सेवा सुविधा लगायत सम्पत्तीको आयकर बाफतको रकमबारे जानकारी लिन अर्थ मन्त्रालयलाई पत्राचार गरेर जानकारी माग गरेको अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए ।
ज्ञानेन्द्रले अर्थ मन्त्रालयलाई गरेको पत्रचारमा 'अहिले म सर्वसाधरण नगारिक भइसकेकाले राज्यलाई तिर्नपर्ने सबै प्रकारको कर तिर्नु मेरो पनि दायित्व हो" लेखिएको उनले बताए । ज्ञानेन्द्रले राज्यलाई तिर्नु पर्ने कर क्लियरेन्सको बारेमा विवरण तयार पार्न सम्बन्धित सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिई सकेको अर्थमन्त्री पाण्डेले बताए ।
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment