Wednesday, 12 August 2009

कोलोराडो बासी शेर्पा हरुले भब्य फग ङिङ् पर्व मनाए




कोलोराडो बासी शेर्पा हरुले भब्य फग ङिङ् पर्व मनाए शेर्पा समुदायमा परम्परागत फग् ङिङ् (सुँगुरको मुटु) खाने बिशेष दिनलाई फग् ङि मनाउने भनिन्छ। बिशेष गरि सोलुखुम्बुको खुम्बु क्षेत्रमा यो पर्व मनाईन्छ। चन्द्रमासको पात्रो अनुसार 'लुनार सम्बात' को सातौ महिना 'धावा दिन्-ब' मा यो पर्व मनाईन्छ।यस महिनामा सुँगुरको मुटु खाएमा शरिरमा निस्कने घाउ खटिराहरु निको हुने तथा खटिरा आउदैन भन्ने परम्परागत् बिस्वास रहि आएको छ। स्वादेश भन्दा टाढ रहेर पनि आफ्नो परम्परा र साँस्क्रितिको संरक्षण र सम्बर्धनको लागी 'कोलोराडो शेर्पा फाङ ङि परिवार'ले क्यम्पिङ सहितको सो रमाईलो कार्यक्रमको आयोजना गरेको थियो।

No comments:

Post a Comment