Wednesday, 12 August 2009

पूर्व राजाद्वारा करको विवरण माग



काठमाडौं, साउन २८/पूर्व राजा ज्ञानेन्द्र शाहले राज्यलाई तिर्नुपर्ने कर बापतको रकम तिर्न आफू तयार रहेको बताएका छन् । उनले तिनुपर्ने करको विवरण पनि माग गरेका छन् ।
देशमा लोकतन्त्र स्थापना भई आफूले नागरिक सरह जीवन यापन गरिरहेको भन्दै पूर्व राजा ज्ञानेन्द्रले राज्यलाई तिर्नुपर्ने सबै प्रकारको कर क्लियरेन्स गर्न तयार रहेको कुरा अर्थ मन्त्रालयलाई पत्राचार गरेर जानकारी गराएका छन् । उनले पत्रमार्फत तिनुपर्ने करको विवरण पनि मन्त्रालयसँग माग गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रले राज्यको तर्फबाट उपभोग गरेको विभिन्न सेवा सुविधा लगायत सम्पत्तीको आयकर बाफतको रकमबारे जानकारी लिन अर्थ मन्त्रालयलाई पत्राचार गरेर जानकारी माग गरेको अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए ।
ज्ञानेन्द्रले अर्थ मन्त्रालयलाई गरेको पत्रचारमा 'अहिले म सर्वसाधरण नगारिक भइसकेकाले राज्यलाई तिर्नपर्ने सबै प्रकारको कर तिर्नु मेरो पनि दायित्व हो" लेखिएको उनले बताए । ज्ञानेन्द्रले राज्यलाई तिर्नु पर्ने कर क्लियरेन्सको बारेमा विवरण तयार पार्न सम्बन्धित सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिई सकेको अर्थमन्त्री पाण्डेले बताए ।

No comments:

Post a Comment