अगष्ट, १९
बैदेशिक रोजगारीको शिलशिलामा स्याङ्जा जिल्ला थुमपोखरा गा.बि.स बाट कतार आई कार्यरत युवाहरुको सक्रियतामा गत सोह्र महिना अघि स्थापना भएको स्याङ्जा थुमपोखरा सम्पर्क मञ्च कतारले हाल थुमपोखरामा निर्माणधिन अबस्थामा रहेको मोटरबाटोका निम्ति रु. ८०,००० सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
मञ्चका उपाध्यक्ष केशर श्रेष्ठ कतार नर्फकने गरि नेपाल जान लागेकाले उनको बिदाईका निम्ति दोहामा आयोजना गरिएको बिदाई कार्यक्रमका बिच सो निर्णय गर्दै सो रकम उपाध्यक्ष केशर श्रेष्ठ मार्फत नै पठाइने जानकारी समेत दिइएको छ । स्थापनाकाल देखि नै उपाध्यक्ष पदमा रहि संस्थालाई छोटो समयमा नै चर्चाको शिखरमा पुर्याउन बिशेष योगदान दिएका श्रेष्ठलाई सहभागीहरुले शुभकामना दिदै बिदा गरेका थिए भने मञ्चको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
श्रेष्ठलाई गा.बि.सको स्थलगत अनुगमन गरि अत्यावश्यक क्षेत्रहरुको बारेमा मञ्चलाई जानाकारी गराउनुको साथै स्थानीयबासीहरुसँग सहकार्य गर्दै मञ्चको कार्यक्षेत्र संयोजकको भूमिका निभाउन जिम्मेवारी समेत दिइएको छ ।स्मरण रहोस, मञ्चले गत केहि महिना अघि मात्र थुमपोखरा गा.बि.स भित्र रहेका तेह्र बिद्यालयका गरिब तथा जेहेन्दार एक छात्र र एक छात्रा गरि २६ जनालाई छात्रावृति उपलब्ध गराएको थियो ।
No comments:
Post a Comment