अरब टाइम्स कुवेत, १९ अगष्त २००९,
एक घरेलु कामदार ‘नेपाली युवती’ कुवेतको रावदा भन्ने ठाउँमा एक बंगलादेशी सँग यौन संपर्क गरेकोले पक्राउ परेकी छिन । ति युवतीको नाम, नेपालको ठेगाना र अन्य कुनै स्रोत खुलाईएको छैन । अरब टाइम्सले जनाएनुसार, उनी कार्यरत घरकी मालिक्नी बिहान सबेरै फजर प्रार्थनाको लागि उठेर उनलाई खोज्दा उनी घरमा नभएको र करिब आधा घण्टा पछाडि मात्र उनी घर फर्की आएकोले मालिक्निले केरकार गर्दा सोही घरकै पछाडि एक बंगलादेशी सँग यौन संपर्क गरी आएको उनले खुलाएकी थिईन । त्यसपछी कुवेती मालिक्निले तत्कालै पुलिसलाई खबर गरेको र पुलिस आई युवतीलाई पक्राउ गरी लगेको साथै उनीसँग यौन सम्बन्ध राख्ने बंगलादेशीलाई पक्राउ गर्नको लागि थप अनुसन्धान भईरहेको कुवेत सेक्युरिटी सोर्सले जनाएको छ ।
कुवेतवासी नेपाली दाजुभाइ, दिदिबहिनीहरु; कुवेतजस्तो नेपाल सरकारको कुनै पनि सरकारी निकायहरु नभएको मुलुकमा रहेर यस्तो किसिमको कार्यहरु कार्यान्वयनमा नल्याउँ जसले आफुले आफैलाई बर्वाद गर्ने मात्र नभई तमाम प्रवासी नेपालीहरुको स्वाभिमानमै खलल पुर्याओस ।
No comments:
Post a Comment