प्रथम 'मिस मंगोल किड'को ताज सविना मगरले जितिन्। एक्सन इन्टरटेनमेन्टले शनिबार राजधानीमा आयोजना गरेको प्रतियोगितामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै उनी 'मिस मंगोल किड २००९' घोषित भएकी हुन्। ९ देखि १२ वर्ष उमेरका मंगोल समुदायका बालिकाहरूको प्रतिस्पर्धामा विदिसा राई र नेहा चित्रकार क्रमशः फस्ट र सेकेन्ड रनरअप छानिए। यस्तै, अनिता तामाङ मिस डिसिप्लिन, प्रतिक्षा तामाङ मिस पर्सनालिटी, तासी छेर्तेन लामा मिस ड्रेस, विदिसा राई मिस स्किन, आङ छिरिङ शेर्पा मिस फोटोजेनिक, एलिसा राई बेस्ट हेयर र दिक्षा लामा मिस ट्यालेन्ट घोषित भए। ५ चरणमा विभाजित अन्तिम प्रतियोगिता विवादमुक्त भने हुनसकेन। अन्तिम सातमा नपरेकी नेहा चित्रकारलाई सेकेन्ड रनरअप घोषित गरिएपछि कार्यक्रममा विवाद उत्पन्न भएको थियो। विवाद भएपछि कार्यक्रमस्थल भद्रकालीस्थित आर्मी अफिसरर्स क्लबलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
विवाद बढ्दै गएपछि आयोजकले 'सही' निर्णय भएको र निर्णायकले 'यो आफ्नो निर्णय' नभएको जिकिर गरे। अभिनेत्री पुजना प्रधान, गायक धिरज राई, हेयर डिजाइनर निल डेविड, पत्रकार डब्बु क्षेत्री, गायक राम वाङदेन र मोडल कला सुब्बा प्रतियोगिताका निर्णायक थिए।

0 comments:
Post a Comment