नेपाली आदिवासी, जनजातिहरुको इतिहास, पहिचान, र अधिकारकालागि हामीलाई जातीय स्वयक्त शासनको माग गरेका हौं । हामी सबै जातिहरु शासक बनुन र शासित नबनुन् भन्ने हाम्रो माग हो । " उक्त कुरा हङकङमा आयोजना भएको १५ औं आदिवासी दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आदिवासी जनजाति नेता तथा नेकपा एकीकृत माओवादीका केन्द्रीय सदस्य, सभासद् सुरेश आलेको हो ।
आलेमगरले आफ्नो लामो भाषाणको क्रममा भन्नु भयो "नेपालमा संविधान लेखन चलिरहेको छ । यसले हाम्रा मागहरु समेट्ने छ त्यसैले यसबेला हामी चनाखो भएर बस्नु पर्ने बेला भएको छ । हामीले चाहेको जात्तीय स्वयक्त शासनकालागि यसैबेला केही गरिएन भने फेरि जनजातिहरु पछाडि पर्नेछन् । हामीले जात्तीय शासनकालागि संघर्ष उठान गर्नु पर्ने बेला भएको छ ।
।" उहाँले जातीय स्वयक्त शासनको विषयलाई जोड दिने क्रममा भन्नुभयो -"लिम्बुवानमा लिम्बूले, मगरातमा मगरले शासन गर्ने अधिकार प्राप्त गर्ने छन् तर त्यहाँ रहेका अन्यजातिहरुलाई दमन गर्न पाउने छैनन् । हामीले अन्यजातिलाई दमन गर्नकालागि जात्तीय शासनको माग गरेका होइनौं " ।
आादिवासी जनजाति महासंघ हङकङको आयोजनामा सम्पन्न भएको पन्ध्रौ आदिवासी दिवस कार्यक्रम विविध कार्यक्रमहरु सहित सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न जातजातिहरुको झाँकीहरु प्रदर्शन समेत गरिएको थियो । गएका वर्षहरुमा जस्तै महासंघले हङकङमा रहेर नेपालका आदिवासी जनजातिहरुका हितमा कार्यरत पुरुष र महिलालाई वर्षपुरुष तथा वर्षचेलीको रुपमा सम्मान गरेको थियो । यसवर्ष वर्ष पुरुषको रुपमा आदिवासी जनजातिहरुको आवाजहरुलाई पत्रपत्रिका मार्फ निरन्तर अगाडि बढाइरहेकोमा एभरेष्टका सम्पादक किसन राईलाई वर्षपुरुष तथा तमू ट्यो हृयुलका अध्यक्ष इच्छाकुमारी गुरुङलाई आदिवासी चेलीको रुपमा सम्मान गरिएको थियो ।
प्रमुख अतिथि सुरेश आलेले दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा प्रमुख अतिथिलाई फेटा गुथाई सम्मान गरेको थियो । जनजाति महासंघ हङकङका उपाध्यक्ष विष्णु पाख्रिनले स्वागत मन्तव्य गरे पछि शुभारम्भ भएको मन्तव्यको क्रममा भक्त दुरा, अष्ट्रेलियाकालागि नेपाली अवैतानिक वाणिज्यदूत चन्द्र योञ्जन, हङकङ स्थीत नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत केशवप्रसाद भट्टराई, आदिवासी वर्ष पुरुष किसन राई, आदिवासी वर्ष चेली इच्छाकुमारी गुरुङ, प्रमुख अतिथि सुरेश आले र त्यसपछि कार्यक्रमको अध्यक्षता गरिरहेका आदिवासी जनजाति महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङमा आएर मन्तव्यको क्रम रोकिएको थियो । कार्यक्रमको संचालन महासंघका सचिव दलबहादुर पुनले गर्नु भएको थियो । कार्यक्रममा हङकङमा रहेका सम्पूर्ण जनजाति संघसंस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
दोश्रो भागमा साँस्कृति झाँकीहरु प्रदर्शन भएका थिए, र्राई, लिम्बू, मगर, गुरुङ, नेवार, दुरा लगायतको समुदायबाट गीत तथा उनीहरुको प्रमुख साँस्कृतिक झाँकीहरु प्रदर्शन भएका थिए ।

0 comments:
Post a Comment