श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 10 August 2009

हङकङमा १५ औं विश्व आदिवासी जनजाति दिवस सम्पन्न


प्रकाश के.सी.
जोर्डनस्थित गर्ल्स गाइड एस्सोसिएसनको हलमा आदिवासी जनजाति महासँघ हङकङले १५ औं विश्व आदिवासी जनजाति दिवस विभिन्न किसिमका जातीय तथा साँस्कृतिक झाँकीलगायत पारम्परिक
नृत्यहरुको सामूहिक प्रदर्शन गरेर सम्पन्न गरेको छ । सोही कार्यक्रमको लागि भनी जनजाति महासँघका संस्थापक केन्द्रीय महासचिव, नेकपा एकीकृत माओवादीका पोलिटब्युरो सदस्य तथा सभासद सुरेश आलेमगरको प्रमुख आतिथ्यमा बसेको कार्यक्रमको औपचारिक चरणमा आदिवासी जनजाति महासँघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङको सभापतित्व रहेको थियो भने, हङकङ महावाणिज्यदूत केशवप्रसाद भट्टराई, हङकङ नेपाली महासँघका अध्यक्ष हेम लिम्बू विशेष अतिथि रहेका थिए । कार्यक्रममा अष्ट्रेलिया, भिक्टोरियाका लागि अनरेरी कन्सल योगेन्द्र योन्जनको पनि उपस्थिति रहेको थियो । महासंघका सचिवबाट सञ्चालित उक्त चरणलाई उपाध्यक्षबाट स्वागत मन्तव्य दिइएको थियो । माओवादी पोलिट ब्युरो सदस्य तथा सभासद र जनजाति संस्थापक केन्द्रीय महासचिव सुरेश आलेमगरलाई जनजाति महासँघ हङकङले फेटा पहिर्‍याई तथा उपहारहरु प्रदान गरी स्वागत तथा सम्मान व्यक्त गरेको थियो ।हरेक वर्ष जस्तै यो साल पनि जनजाति महासँघ हङकङले हङकङका विभिन्न क्षेत्रमा जनजातिका तर्फबाट समाजमा योगदान दिने व्यक्तित्वहरुबाट वर्ष पुरुष तथा वर्ष चेली भन्ने दुई शीर्षकमा व्यक्तिहरुलाई सम्मान गर्ने प्रथालाई कायम गर्दै पत्रकारिताको क्षेत्र र सामाजिक कार्यको क्षेत्रबाट वर्ष पुरुषमा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई र वर्ष चेलीमा तमु ट्हो हङकङका अध्यक्ष ईच्छा कुमारी गुरुङलाई फेटा, खादालगायत प्रशंसापत्रहरु प्रमुख अतिथि आलेमगरबाट प्रदान गरेको छ । सम्मानित भएपश्चात् वर्ष पुरुष किसन र्राई तथा वर्ष चेली ईच्छा कुमारी गुरुङले भविष्यमा समाजका लागि अझै राम्रो गर्दै जाने वचनवद्धता दर्शाएका थिए ।कार्यक्रमको औपचारिक चरणमा अतिथिहरुमा भक्तबहादुर दुरा, योगेन्द्र योन्जन, केशवप्रसाद भट्टराईले आआफ्ना मन्तव्य शुभकामनाका रुपमा राखेका थिए । प्रमुख अतिथि सभासद सुरेश आलेमगरले आदिवासी जनजातिबारेमा विस्तृत रुपमा मन्तव्यको क्रममा चर्चा गरेका थिए । आफूलाई कट्टर जातिवादीको रुपमा नेपालमा चित्रण गरिएको र आफ्नो वाहुनवादविरुद्ध विचारहरुले गर्दा मिडियाहरुले एक किसिमले वहिस्कार गरेको भन्ने आलेमगरले जातीय आधारमा संघीयतामा जानु नै नेपालको परिवेशमा उत्तम रहेको बताएका थिए । यही जातीयताको आधारमा संघीयतामा जाने सवालमा प्रदेशबीचमा भइरहेको सीमाविवादको कुरालाई पनि चर्चामा ल्याउने आलेमगरले जातीय आधारमा नामाङ्कन गरिने प्रदेशहरुमा सो जातीयताको जनसङ्ख्या उच्च बनाइने जानकारी दिएका थिए । नेपालमा कतिपय जातीय आधारमा छुट्याइएका प्रदेशहरुमा सो जातिहरु नै अल्पमतमा रहेको यथार्थहरुको चर्चा नेपालमा भइरहेको भन्ने सन्दर्भमा सो जानकारी दिने सभासद आलेमगरले नेपालमा जातीय आधारमा सघीयतामा जानकालागि विविध जातजातिहरुको स्थानान्तरण गरिने सम्भावना दर्शाएका थिए । अन्त्यमा कार्यक्रमका सभापति तथा आदिवासी जनजाति महासँघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङले आफ्नो मन्तव्य राखी कार्यक्रमको उक्त औपचारिक चरणको विसर्जन गरेका थिए ।मनोरञ्जनको कार्यक्रममा राई, लिम्बू, नेवार, गुरुङ, मगरहरुबाट आआफ्नो संस्कृति झल्किने किसिमको पारम्परिक जातीय नृत्यहरुको प्रस्तुति गरिएको थियो । सँधैकै जस्तै यो साल पनि कार्यक्रम स्थलमा विभिन्न जातीय साँस्कृतिकता झल्काउने किसिमका कालान्तरदेखि नियमित प्रचलनमा आउँदै गरेका भाँडाकुँडालगायत वाद्यवादनका यन्त्र तथा सरसामानहरुको प्रदर्शनीमा राखिएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika