
अर्जुन दाहाल, ९ अगष्त २००९
यूएइको अस्टोरिया होटलमा नेपाल एकिकृत प्रवाशी प्रगतिशिल माचको आयोजनामा नेपाली महिलाहरुको महान चाँड हरितालिका तिज श्रीमति तारा पौडेलको अध्यक्षतामा सम्पन्न भयो । गत ७ अगष्ट २००९ का दिन सम्पन्न सो कार्यक्रम नेपाली दूतावासका तृतिय सचिव जितेन्द्र लाभको प्रमुअ आतिथ्यमा र विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लाभ र अध्यक्ष पौडेलको संगोलमा व्यानर समुदघाटन गरि कार्यक्रम विधिवत समुदघाटन गरिएको थियो ।महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भएको थियो । प्रमुख अतिथि लाभले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यूएइवासी नेपाली महिलाहरुलाई शुभकामना दिदै एकीकृत प्रवासी प्रगतिशिल माचले प्रवासमा रहेर नेपाली संस्कृतिलाई टेवा दिन यस्तो कार्यक्रम गरेकोमा धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले महामहिम राजदूत अर्जुनबहादुर थापा काम विशेषले कार्यक्रममा उपस्थित हुन नसकेता पनि उहाँदे कार्यक्रमको सफलतावारे शुभकामना सन्देश पठाउनु भएको वताउनु भयो । कार्यक्रममा एकीकृत प्रवासी जनप्रगतिशिल माचका अध्यक्ष तथा अन्य पदाधिकारीहरु साथै नेपाल पत्रकार महासंघका अध्यक्ष जाकिर हुसैन नेपाली समाजका महासचिवका नारायण अधिकारी एनआरएनए आइसीसीकालागि यूएइ प्रतिनिधि पीएस लिम्बू तुलसी तामांग घर्मेन्द्र यादव जित राई शालिकराम सुवेदी। इमलाल पंगेनी रामेश्वर चृणामणी ढकाल चन्द्रप्रसाद शाह छत्रलामा आदिको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment