Wednesday, 5 August 2009

लिङदेनद्धारा सरकारी नीतिको विरोध


दमक – आफ्नो पार्टीलाई विशेष सुरक्षा नीति लगाई कारबाही गर्ने भनेर सार्वजनिक गरिएको सूचनाप्रति म्ाञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले आपत्ति जनाएको छ । परिषद्का अध्यक्ष कुमार लिङदेनले मंगलबार दमकमा पत्रकार सम्मेलन गरी सरकारको नीतिको विरोध गरेका हुन् । उनले यसअघि सरकारले ल्याएको विशेष सुरक्षा नीतिको समेत आफ्नो पार्टीले विरोध गरेको स्पष्ट पारेका छन् । संविधानसभामा परिषद्का एक सभासदको प्रतिनिधित्व छ । लिम्बुवानको मागलाई राजनीतिक रूपमा समाधान गरिनुपर्ने उनले माग गरे ।

No comments:

Post a Comment