Sunday, 9 August 2009

मित्रता दिवसमा समर्पित


-आशा गुरुङ, हाल इजरायल


मैले चाहे भन्दा धेरै,मैले मागे भन्दा ठुलो उपहार हौ तिमी ,

किनकी तिमी मेरो साथी,मेरो मनको साथी जिबनभरी..

जबजब म हड्बडाउँछु,तिमी त्यँहा हुन्छौ सम्हाल्न मलाई,

मेरा कमजोरीहरु औल्याइदिन र मलाई राहत दिन..

बुझाउन मलाई अनि बाटोहरु देखाइदिन..

तिमी त हौ मेरो भरोसाको प्रतिमुर्ती,

जसरी तिमी हरेक दु:ख सुखमा त्यही हुँन्छौ ..

तिम्रो न्यानो सहानुभुति सहित देखा पर्छौ ..

जहिले म एक्लो महसुस गर्छु,

तिमिले एक्लोपनको आभास हुन दिदैनौ..

जब म थकित भई सपनाहरु धमिलो देख्न थाल्छु,

तिमीले सुनौलो आशाहरु जगाइदिन्छौ..

थाहा छैन म कसरी अभिब्यक्त गरुँ आफैलाई,

तर तिमीले हजारौं बाटोहरु पहिल्याइदिन्छौ..

न त तिमीले मलाई हतास हुने मौका दिन्छौ,

न त निरास भई सुन्यमा कतै हराउन दिन्छौ..

तिमी मेरो खुशीका कारणहरु हुन सक्छौ,

मेरो सफल जिबनको सिंढिहरु बन्न सक्छौ..

तिमी मेरो लर्खराइरहेको खुट्टाहरुको,

अटल विश्वाश र संजिबनीका बुटीहरु हुन सक्छौ ..

त्यसैले त म भन्ने गर्छु तिमीलाई,

तिमीबिना शायद म अपुरो छु,

अँधुरो हुनेछु..केबल यस्तै भइरहनु,

परिवर्तन नहुनु कहिलेपनि,

म तिमीलाई गुमाउन चाहन्न,

तिमी मेरो प्रत्येक पलहरुको साथी..

भौतिक रुपले हामीलाई अलग्याए पनि,

तिमी त्यही हुनेछौ मेरो आडमा..

तिम्रा न्यानो साथहरु त्यही हुनेछन,

हाम्रो मित्रताको हातहरु कहिले बदलिने छैनन् ..

म साँच्चै भाग्यमानी ठान्छु आँफैलाई,

तिम्रो आगमन मेरो लागि एउटा छुट्टै पहिचान ..

अपेक्षा गर्छु म तिमीबाट,

हर कोणहरुबाट,

तिमी त हौ मेरो पाइला-पाइलाको साथी..

शब्दहरुमा सिमित पार्न सक्दिन म,

मेरो जिबनमा तिमी हुनुको अर्थ..

मात्र एउटा कामना छ अन्तर हृदय बाट नै,

तिमी नै भइदेउ मेरो जनम्-जनमको साथी..

No comments:

Post a Comment