गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको तेस्रो महाधिबेशन तथा नयाँ कार्यसमितिको निर्वाचन ५ जुलाई २००९ का दिन पेरिसमा सम्पन्न भएको छ ।
महाधिबेशनमा अन्तरराष्ट्रिय समन्वय परिषदको तर्फबाट यूरोपकी उप- संयोजक श्रीमती जानुका गुरुङले भागलिनु भएको थियो । महाधिबेशनको अध्यक्ष्यता राष्ट्रिय समन्वय परिषद अध्यक्ष्य अशोक न्यौपानेले गर्नु भएको थियो । नयाँ कार्यसमितिको निर्वाचन गराउनको लागि राष्ट्रिय समन्वय परिषदले किरणचन्द्र सिंह प्रधान संयोजक र श्रीमती कल्पना घिमिरे र श्रीमती जानुका गुरुङ सदस्य रहनु भएको तीन सदस्यिय निर्वाचन समिती गठन गरेको थियो ।
महाधिबेशनको प्रारम्भमा अध्यक्ष्य न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो । यूरोपकी उप- संयोजक श्रीमती गुरुङले अगस्तमा पोर्चुगलमा हुने यूरोपियन वार्षिक सम्मेलनमा र काठमान्डौंमा हुने सम्मेलनमा तथा आगामी महाधिबेशनको महत्व माथि प्रकाश पार्नुभयो । यसै अबसरमा अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष्य डा. उपेन्द्र महतोले पठाउनुभएको महाधिबेशन शुभकामना श्रीमती गुरुङ्ले पढेर सुनाउनुभयो ।
बिभिन्न पदको लागि हुने निर्वाचनमा उमेद्बारहरुको अन्तिम नामाबली प्रकाशन भएपछी निर्वाचन समिती सदस्य श्रीमती कल्पना घिमिरेले निर्वाचनको महत्व र निर्वाचन सम्बन्धी नियमहरुको जानकारी दिनुभयो। त्यसपछी निर्वाचन समितिका संयोजक प्रधानले निर्वाचन परिणाम घोषणा गर्नुभयो ।
राष्ट्रिय समन्वय परिषद फ्रान्स को बिधान अनुसार अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य, राष्ट्रिय समन्वय परिषद अध्यक्ष्य तथा ११ जना सदस्यहरुको प्रत्यक्ष्य निर्वाचन गरेर यिनिहरु १३ जनाले आफुभित्र कार्य समिती पदाधिकारीको निर्वाचन गर्ने प्राबधान अनुसार निर्बाचित सबै पदाधिकारीहरु तथा सदस्यहरुले सपथ ग्रहण पश्चात नयाँ कार्य समिति तथा सदस्यहरुको बन्द सत्रको हैसियतमा बैठक बस्यो र पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्यो । प्रत्यक्ष्य र अप्रत्यक्ष्य निर्वाचन सम्पन्न भए अनुसार हरिहर अर्याल आइ सि सि सदस्य, अशोक न्यौपाने अध्यक्ष्य, थमन टन्डन उपाध्यक्ष्य, कृष्ण प्रसाद अधिकारी कोषाध्यक्ष्य, भक्त बहादुर वाग्ले सह-कोषाध्यक्ष्य , हरी प्रसाद सापकोटा महासचिब,शोभा उप्रेती मैनाली सचिब, मुकुन्दमान अमात्य, किरण के सि, रामहरी खकुरेल, घनश्याम पौडेल र प्रकाश चन्द्र पाठक सदस्य रहेको समिती गठन भयो। कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषद सदस्य हरिहर अर्यालले पुरानो कार्य समितीलाई बधाई र नयाँ साथीहरुलाई स्वागत गर्दै संघको महत्व
बारेमा प्रकाश पार्नुभयो ।
कार्यबाहक राजदुत जीवन प्रकाश श्रेष्ठले नयाँ कार्य समितिलाई बधाई र शुभकामना ब्यक्त गर्नुभयो । महाधिबेशनमा नर्मदी क्षेत्रका नेपाली अबैतनिक बाणिज्य दुत Didier BENARD सहित पत्रकार मित्रहरु तथा फ्रान्सका बिभिन्न सामाजिक संघ-संस्थाका महानुभाबहरुको उपस्थिती रहेको थियो । अन्त्यमा कार्यक्रमका सहयोगीहरुलाइ धन्यवाद दिंदै अध्यक्ष्य अशोक न्यौपानेले महाधिबेशन समापन गर्नुभयो। समारोहको सन्चालन हरी प्रशाद सापकोटाले गर्नुभएको थियो।
तस्विर:- बिजेन्द्र प्रधान

0 comments:
Post a Comment