श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Wednesday, 8 July 2009

जहाज दुर्घटनामा परी बेपत्ता भएका १२ नेपालीमध्ये १० सनाखत

समुन्द्री तटमा गत मंगलवार विहानै भएको पानी जहाज दुर्घटनामा परी बेपत्ता भएका १२ नेपालीमध्ये सबैको मृत्यु भएको छ । दुर्घटना भएको एक सातापछि मंगलवार अपरान्ह मृतकका आफ्न्तहरुले शब पहिचान गरेका हुन् ।शब पहिचान गर्न गएका जीवन आनन्द कर्णले दिएको जानकारी अनुसार महोत्तरी सुगा भवानीका राजीव दत्त र महोतरी वगडाका शेषनाथ यादवको शब पहिचान गरिएको छ । मंगलवार अस्पताल गएका नेपालीहरुले आफन्तहरुको शब पहिचान गरेका थिए । दुर्घटनामा परेका १२ जना नेपालीको शव अस्पतालमा ल्याईसकिएको र दुई बाहेक सबैको पहिचान समेत भईसकेको एचबिके कम्पनीका सुरक्षा अधिकारी रफिकले जानकारी दिए ।
लामो समयदेखि पानीमा रहेकोले अधिकांश शब चिन्न नसक्ने अवस्थामा रहेको छ । कर्णका अनुसार राजीवको घाटीमा रहेको हनुमानजीको तावीज तथा हाफ पाइन्ट देखेरमात्र सनाखत गरिएको थियो । अधिकांश शबको कपडा तथा अन्य सरसामानको आधारमा मात्र सनाखत गरिएको छ । अतिरिक्त पहिचानको लागी फिंगरपि्रन्टको साहायता समेत लिईदैछ । एचबीके कम्पनीका सुरक्षा अधिकारी रफीकका अनुसार-शंकर विष्ट र गंगाबहादुर तामांगको शव पहिचान हुन सकेको छैन । स्थानीय अधिकारीहरुले फिंगर पि्रन्टको आधारमा दुबैको पहिचान गर्ने कोसिश गर्दैछन् । यस अघि पाल्पा गैरागोट १ का तिलकबहादुर खम्चा र अर्घाखांची जिल्ला दीभर्ना गाविस ३ का मानसिंह खत्रीको पहिचान भएको थियो । एचबीके कम्पनीका सुरक्षा अधिकारी रफीकले शवको सनाखत गर्न नेपालीलाई सहयोग गरिरहेका छन् । कतारका लागि नेपाली राजदूत डा.सूर्यनाथ मिश्र र प्रथम सचिव रामकाजी खड्कासमेत पीडितहरुको प्रत्यक्ष सम्पर्कमा छन् । जहाज दुर्घटना भए लगत्तै उद्धारकर्मीहरुले पाँचलाई जिवितै उद्धार गरेका थिए भने पहिलो दिननै पाच जनाको शब फेला पारिएको थियो । ती पाँच मृतकमध्ये दुई नेपाली थिए । दुर्घटनाग्रस्त जहाजमा १२ नेपाली , ९ चालकदलका सदस्य, २कैटरींग स्टाफ र ११ भारतीय सहित कुल ३५जना सवार थिए । जिवितै उद्धार गरिएका ५जनामा तीन भारतीय र दुई ईन्डोनेसिएन रहेको सम्बद्ध श्रोतले जनाएको छ ।
नेपाली राजदूत मिश्रले सनाखत नभएकाहरुको सनाखत गर्ने तथा भई सकेकाहरुको शब नेपाल फर्काउने काम तदारुकताका साथ हुने बताए । 'आवश्यक प्रकृया पूरा हुने बित्तिकै शब फर्काउने काम हुन्छ । दुर्घटनापछि मृतक परिवारको क्षतिपूर्ति तथा बाँकी रहेकाहरुको सनाखत गराउनु दूतावासको प्राथमिकता हो ।' डा.मिश्रले ई- कान्तिपुरसंग भने । शब मुलक फर्काउन तथा क्षतिपूर्तिको लागी आवश्यक लिखित प्रकृया तत्कालै अगाडी बढाईने उनले बताए । जहाजमा एचबिके कम्पनी सम्बद्ध २४ कामदार थिए । जसमा १२ नेपाली ११ भारतीय तथा एक वंगाली रहेको विभिन्न श्रोतहरुको दावी थियो ।
कतारस्थित एचबीके पावर क्लीनिङ्ग कम्पनीले संयुक्त अरब ईमिरेट्सको एक कम्पनीलाई सप्लाईमा दिएका कामदारहरु फिर्ता आउने क्रममा पानी जहाज मंगलवार विहान साढे छ वजे दोहा समुन्द्री क्षेत्रमा उल्टिएको थियो । उक्त दुर्घटनामा परी धादीङ्ग जिल्ला गुम्दी गाविस ५का गंगाबहादुर गुरुंग, वाग्लुङ्ग जिल्ला छिस्ती गाविस १ का लीलाराम पौडेल, बारा जिल्ला फेटा गाविस ८ का मेहदी हुसेन मियाँ, बाके जिल्ला कठकुजा गाविस १ का अब्बास अहमद सई, अर्घाखांची जिल्ला दीभर्ना गाविस ३ का मानसिंह खत्री महोत्तरी जिल्ला बगडा गाविस ६ का शेषनाथ यादव, महोत्तरी जिल्ला सुगाभवानी गाविस ५ का राजीवकुमार दत्त, पाल्पा जिल्ला गैराकोट गाविस १का तीलकबहादुर खम्चा, दाङ्ग जिल्ला हपूर गाविस २ का शंकर विष्ट, पर्वत जिल्ला कर्घा गाविस ३ का ऋषिप्रसाद शर्मा पौडेल, रोल्पा जिल्ला जौलीपोखरी गाविस ८ का जयबहादुर पुन मगर र नवलपरासी जिल्ला हप्सेकोट गाविस ३ का घनश्याम सार्की वेपत्ता भएका थिए ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika