नगेन्द्र इङनाम / न्यूयोर्क शहरको ज्यक्सनहाईट्समा गत मे २७ को दिन न्यूयोर्कवासी लिम्बुहरुको भेलाले किरात याक्थुङ चुम्लुङ (नेपाल) का केन्द्रीय अध्यक्ष अर्जुन नुगो लिम्बूलाई स्वागत तथा अभिनन्दन गर्यो ।
संयुक्त राष्ट्र संघको आदिवासी जनजाति सम्बन्धी स्थायी मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आईपुग्नु भएका अध्यक्ष नुगोलाई किरात याक्थुङ चुम्लुङ अमेरिका, न्यूयोर्क शाखाद्वारा आयोजित कार्यक्रममा स्वागत तथा अभिनन्दन गरिएको थियो ।सो कार्यक्रममा सं रा संघको सम्मेलनमै भाग लिन आउनु भएका पूर्ब सांसद तथा एमाले पोलिटब्युरो सदस्य बिजय सुब्बा र अमेरिका भ्रमणमा रहनु भएका साहित्यकार अमर नेम्बाङलाईपनि स्वागत-पत्र तथा अमेरिकाको चिनारी स्वरुप विश्व स्वन्तन्त्रता (Statue of Liberty) को प्रतिमुर्ति हस्तन्तरण गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष नुगोले नेपालमा चुम्लुङको वर्तमान अवस्था र काम कर्तब्य तथा लिम्बुवान स्वायत्तता आन्दोलनको विषयमा प्रष्ट पार्नु भएको थियोभने एमाले नेता सुब्बाले आई एल ओ १६९ अभिसन्धि तथा आदिवासी जनजातिहरुको अधिकारक्षेत्र र संघीयताको सवालमा नेपालका राजनैतिक पार्टीहरुको अवधारणाबारे विश्लेषण गर्नुभएको थियो । परदेशमा रहेरपनि आफ्नो समुदाय र मुलुकको हितकोलागि एकत्रित हुने सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुलाई आभार ब्यक्त गर्दै साहित्यकार नेम्बाङले लिम्बुवान नामाकरणको दवाब समुहभित्र स्रष्टाहरुलाईपनि संलग्न गराउनु पर्ने आवश्यकता औल्याउनु भएको थियो ।

0 comments:
Post a Comment