लिम्बुवान- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले निर्माण गरी बहस, छलफल र कार्यन्वयनका लागि प्रस्तुत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत लिम्बुवान स्वायत राज्यको प्रस्तावित संविधान २०६७ को सार्वजनिक गर्दै बहस र छलफलका साथ कार्यन्वयनका लागि लिम्बुवानका बिभिन्न स्थानमा बहस र छलफलको कार्यक्रमहरू सम्पन्न भएका छन् ।
Limbuwan State's new constitution by Federal Limbuwan State Council
असार ८ गते मोरङ, बिराटनगर लिम्बुवानमा संघीय लिम्वुवान राज्य परिषद्ले लिम्वुवान राज्यकालागि तयार गरेको प्रस्तावित संविधान मस्यौदामाथि छलफल चलाएको थियो । संघीयताको पक्षमा आन्दोलन गरिरहेका शक्तिहरुले त्यस्तो मस्यौदा तयार नगरेका कारण छलफलले गति नपाएको परिषद्का अध्यक्ष कुमार लिङ्देनले बताएका थिए । सोमवार बिराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी लिम्वुवान राज्य प्राप्तीका लागि दवाव दिन र संघीय व्यवस्थाको रुपरेखा कोर्न छलफल अगाडि बढाइएको बताइएको छ । मञ्चसम्वद्ध संघीय लिम्वुवान राज्य परिषद् तयार गरेको संविधानको खाका प्रस्तुत गर्दै संघीय राज्यहरुको बेग्लै संविधान हुनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
यस्तो संविधान एउटा राज्यमामात्र लागू हुने उल्लेख छ । त्यस्तै, प्रस्तावमा तीन तहको नागरिकता हुनुपर्ने भन्दै नेपाली नागरिकता राज्यको नागरिकता तथा विशेष अधिकार सम्पन्न क्षेत्रको परिचय-पत्रको अवधारणा उल्लेख छ । नेपालको भू-राजनीतिक अवस्था र जातीय संयोजनका आधारमा मिलिजुली शासन गर्नुको विकल्प नभएको ठहर गर्दै प्रस्तावमा मध्यममार्गीय राजनीतिक संरचना अङ्गाल्नु अनिवार्य रहेको संविधानको अवधारणा पत्रमा उल्लेख गरिएको छ । उनीहरुले आदिवासीय अधिकार र लिम्बुवानवासीहरुको राजनीतिक अधिकार अनन्तकालसम्म सुरक्षित हुनुपर्नेमा जोड दिएको छ ।
Nepal's new constitution by FDNF
यसरी नै, असार १० गते बिजयपुर, धरान लिम्बुवान्मा सो संविधनको सर्वजनिक गर्दै त्यसउपर बहस र छलफल गर्दै सल्लाह-सुझाबहरू लिने कार्यसमेत गरिएको थियो । मञ्च सम्वद्ध लिम्बुवान राज्य परिषद सुन्सरी जिल्लाका अध्यक्ष डम्बर खजुमको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा परिषदका केन्द्रीय अध्यक्ष् कुमार लिङ्देन 'मिराक'ले प्रस्तावित संविधान बारे प्रश्ट्याउनु भएको थियो ।
लिम्बुवानको दक्षिणी प्रमुख क्षेत्रहरूमा लिम्बुवानको प्रस्तावित संबिधनको बारेमा बहस र छलफल भाईरहेकै बेला पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार असार १० गते बुधवार बेलुकी लिम्बुवानका ९ वटै जिल्लाका प्रमुख बिभिन्न ठाउँहरू बिर्तामोड झापा, धरान, धनकुटा, फेदेन, ताप्लिजोङ, तेह्रथुम, सङ्कुवासभा, र ईलाम लगायतका स्थानअहरूमा 'लिम्बुवानको आन्दोलन जारिछ' भन्दै मसाल (राँके) जुलुश गरिएको थियो । अरु कुनै संगठनको बिशेष पकड रहेको दाबी गरिएको बिर्तामोड झापामा सबैभन्दा ब्यापक रुपमा यो मसाल जुलुश कार्यक्रम सम्पन्न भएको थियो ।
यो कार्यक्रम यसरी नै प्रत्येक महिनाको १०, २० र ३० गते लिम्बुवानका बिभिन्न स्थानमा मसल जुलुश गर्ने कार्यक्रम निरन्तर रहने छ ।
संबिधान्को निरन्तर छलफलको क्रममै असार ११ गते दिनको २ बजेबाट लिम्बुवाको सुनसरी, इटहरीमा लिम्बुवानको संबिधान बारे छलफलको कार्यक्रम राखिएको बताइएको छ ।
स्मरणीय रहोस्, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान यो भन्दा अगाडिनै निर्माण गरी संबिधान सभा संवैधनिक समितिमा बुझाईसकेको छ ।

0 comments:
Post a Comment