श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Wednesday, 1 July 2009

कतारमा पानीजहाज सम्पर्कविहीन, १२ नेपालीको अवस्था अज्ञात

गत मंगलबार सबेरै दुबईबाट कतारको दोहाका लागि छुटेको पानीजहाज समुद्रमा सम्पर्कविहीन भएको छ । उक्त पानी जहाजमा १२ नेपाली सवार रहेको र उनीहरुको अवस्था अज्ञात रहेको छ। कतारबाट प्रकाशित हुने अंग्रेजी दैनिक गल्फ टाईम्समा बुधबार प्रकाशित समाचारअनुसार मंगलबार सबैरै दुबईबाट कतारका लागि हिँडेको पानीजहाज सम्पर्कविहिन भएर हराइरहेको छ।

पानीजहाजमा सवार ३५ जनामध्ये २४ जना कतारको एचविके कम्पनीका कामदार थिए भने नौ जना जहाजका स्टाफ र दुई जना एक क्याटरिङ कम्पनीमा कार्यरत कामदार रहेको समाचारमा उल्लेख गरिएको छ।
हराइरहेका २९ जनामध्ये १२ जना नेपाली, ११ जना भारतीय र एक जना बंगलादेशी रहेको कुरा कतारको एचबीके कम्पनीका एक अधिकारीले जनाएका छन्।

अबेर रातिसम्म गरिएको खोजीका क्रममा पाँच जनालाई जीवित उद्धार गरिएको र एक जनाको लास भेटिएको छ भने अन्यको अवस्था अज्ञात रहेको कुरा उक्त दैनिकले छापेको छ। उद्धार गरिएका सबैलाई सामान्य उपचारपछि कम्पनीको आवासमा फर्काइएको छ।

उक्त घटना मंगलबार बिहान साँढे ६ बजे घटेको र त्यसको जानकारी बिहान ७ बजे दोहामा गराइएको कुरा कतारको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयका एक अधिकारीले जनाएका छन्। स्रोतका अनुसार कतार एयरफोर्सले हराइरहेका व्यक्तिहरुको खोजी कार्यलाई तीव्र तुल्याएको छ।


कतारबाट प्रकाशित हुने अंग्रेजी दैनिक गल्फ टाईम्समा बुधबार प्रकाशित समाचार यसप्रकार रहेको छ ।
29 missing after ship goes down
A ship operated by a UAE-based group sinks about two nautical miles off Doha coast early yesterday
By Ramesh MathewStaff Reporter
Some 29 people were missing after a vessel operated by a UAE-based group capsized about two nautical miles off Doha coast early yesterday, a spokesman for Qatar’s Ministry of Interior said.According to official sources, five persons were rescued and one body was recovered while search for the remaining people continued late into the night.Of the 35 people on board, 24 were employees of HBK Power Cleaning, a Doha-based company. The remaining comprised nine crew members and two employees of a catering company. A spokesman for HBK said the “work vessel” that belonged to Dubai-based Demas Marine was used by his company to provide “support services” to the petroleum industry. “HBK hired the ship about three months ago,” he said.“The tragedy occurred at 6.30am when the ship was carrying out its normal mission at the entrance of the Doha canal”, the Interior Ministry official said.Giving details of the nationalities of their employees, the HBK official said 12 of them were Nepalis, 11 of them Indians and one Bangladeshi.They all belonged to the “labourer class”, the official added. The ship has been completely sunk.According to sources, five of the survivors were treated at Hamad Hospital for “minor” injuries. Those rescued were moved to their company’s accommodation later. Among the rescued were three Indian nationals. An Indian TV channel gave the names of two of the survivors as Jaison and Balakrishnan.Though efforts were made to contact the rescued, their employers refused permission to meet them. Sources said Hamad Hospital had received the body of a victim. “The ship completely turned over,” the statement from the ministry said without giving any reason for the accident. A Dubai source identified the ill-fated ship as Damas Victory, which was built in 1973. Indian Ambassador Deepa Gopalan Wadhwa quoted official sources as saying that at least 19 Indians were on board the vessel when it went down. Others on board included Indonesians, Nepalis and Bangladeshis. The envoy said the embassy had been in touch with Qatar Coastguards to learn about the latest developments. The first report of the accident was received in Doha around 7am. According to a source in Dubai, the ship belonged to Demas Marine, a group owned by George Mathew, an Indian national, who had been a Doha resident until a couple of years ago. Sources said the Qatar Air Force joined the coastguards in the rescue and relief operations at the disaster site as soon as the reports of the tragedy came in. Helicopters of the Emergency Medical Service (EMS) were also used for initial rescue operations, a source said.The local weather forecasting station said the wind speed varied between 15 and 25 knots at the time of the disaster. The Interior Ministry official said the rescue team has been continuing their operations in the choppy sea.When contacted, Nepalese Ambassador Suryanath Mishra said the mission had no information about the tragedy and he heard about it for the first time from this newspaper.

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika