अर्थमन्त्री सुरेन्द्र पाण्डेले ४६ अर्ब ३४ करोड २ लाखको घाटा बजेट प्रस्तुत गरेका छन । उनले २ खर्ब ८५ अर्ब ९३ करोड रुपैयाँको बजेट पेश गरेका छन । जसमधये चालू खर्च १ खर्ब ६० अर्ब ६३ करोड २४ लाख र पूँजीगत खर्च रु. १ खर्ब ६ अर्ब २८ करोड ४८ लाख रुपैयारहेकोछ।यसैगरी सावाँ भुक्तानी खर्चमा १९ अर्ब १ करोड २८ लाख छुट्याइएको छ ।कुल खर्चमध्ये साधारण प्रशासन तर्फ १ खर्ब ३५ अर्ब ५८ करोड २५ लाख (४७.४२ प्रतिशत) र विकास कार्यक्रमसँग सम्बन्धित खर्च रु. १ खर्ब ५० अर्ब ३४करोड ७५ लाख (५२.५८प्रतिशत) रहेको छ ।
सरकारको खर्च पूर्ति गर्ने स्रोतमा राजस्व १ खर्ब ६१ अर्ब ७ करोड ३६ लाख रहेको छ भने वैदेशिक अनुदानबाट ५६ अर्ब ९५ करोड ५६ लाख र वैदेशिक ऋणबाट २१ अर्ब ५६ करोड ६ लाख गरी कुल ७८ अर्ब ५१ करोड ६२ लाख रुपैया वैदेशिक सहायता परिचालन गरिने अनुमान गरिएको छ ।उनले सरकारी कर्मचारीको तलब भने बढाएनन । महंगीलाई दृष्टिगत गरी भत्ता स्वरुप सुविधामा केही वृद्धिको प्रस्ताव गरिएको उनले उल्लेख गरे ।अर्थमन्त्रीले मलमा अनुदान दिनेसहितका लोकप्रिय कार्यक्रमहरु समेटेका छन । सहकारी नीति र सार्वजनिक निजी साझेदारीमा जोड दिइने प्रष्ट पारे ।उनले अन्तरजातिय र विधवा विवाहलाई प्रोत्साहन गर्न क्रमस रु. १ लाख र रु. ५० हजार अनुदान उपलब्ध गराउने घोषणा गरे ।व्यक्ति तथा दम्पत्तिको करयोग्य आयको छुट सीमालाई वृद्धि गरी क्रमशः एक लाख साठी हजार र दुई लाख कायम गरिएको छ भने पूँजीगत लाभकरलाई पन्ध्र प्रतिशतबाट घटाई दश प्रतिशत कायम गरिएकोछ । यस्तै दुध ढुवानी कार्यमा प्रयोग हुने ट्यांकरको भन्सार महसुलमा असी प्रतिशत छुट दिइएकोछ।
सरकारले आगामी वर्षको अनुमानित आयब्ययको बजेट संसदमा प्रस्तुत गर्दा निजी क्षेत्रलाई उचित सम्मान नदिईएको भन्दै निजी क्षेत्रले बजेट भाषण कार्यक्रम बहिष्कार गरे ।
प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले बजेट समारोहमा नाममात्रको प्रतिनिधित्व गरायो । व्यवस्थापिका बैठकमा आर्थिक-सामाजिक चिन्तक भनेर चिनिने माओवादी सभासद् हरि रोकासहित चार जना सभासदमात्र देखिए । माओवादीका दुई सभासद्लाई बानेश्वरमा बाटो छेकेको भन्दै प्रहरीले पक्राउ गरेपछि माओवादीले आपत्ती जनाएको छ । माओवादीका सभासदहरुले मन्त्री पाण्डेले बजेट प्रस्तुत गर्नु पूर्वनै नियमापत्ती गरे पनि सभाध्यक्ष सुभाष नेम्बाङले अर्को सेसनमा बोल्न दिने बताए ।
तामाङसालिङ राज्य परिषद्को विरोध कार्यक्रममा सार्वजनिक सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले ४९ जनालाई पक्राउ गरेको थियो।

0 comments:
Post a Comment