श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 13 July 2009

बेल्जियममा भानु जयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न


कृष्ण बजगाईं, बेल्जियम - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको ल्यूभेन सहरमा १२ जुलाईका दिन आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्म जयन्ती समारोह भब्य साहित्यिक कार्यक्रमका साथ मनाईयो । नेपाली दुतावास बेल्जियमका राजदुत प्रमेश कुमार हमालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बेल्जियममा रहनु भएका कवि तथा कवयित्रीहरुले भानुभक्त सम्बन्धी तथा समसामयिक विषयका आआफ्ना कविता, गीत, गजल तथा हाइकु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कविहरु राजदुत प्रमेश हमाल, कृष्ण बजगाईं, विमल गिरी, दीपेन्द्र के.सी., पुष्पराज अधिकारी, दीपक ज्योति पौडेल, नारायण अधिकारी, सूर्य गिरीले आआफ्ना रचना पाठ गर्नु भयो । त्यस्तै कवयित्री संजु बजगाईं 'नेपाल', अम्बिका गिरी तथा वाल प्रतिभा कृतिस बजगाईंले पनि कविता वाचन गर्नु भयो । उक्त कार्यक्रममा बेलायतबाट प्राप्त जया राईको गीत परमानन्द सापकोटाले, अमेरिकाबाट प्राप्त हस्त गौतम 'मृदुल' को गीत शोभा शर्माले, शेखर ढुङगेलको कविता मोहन खत्रीले, विनोद रोक्काको गीत सन्तोष क्षेत्रीले, नेपालबाट पठाईएको छविरमण सिलवालको कविता विष्णु सापकोटाले, बेल्जियमबाट प्राप्त उषा गिरीको कविता शोभा शर्माले वाचन गर्नु भएको थियो । सो कार्यक्रममा बेल्जियममा नेपाली भाषा तथा साहित्यमा उल्लेखनिय योगदान पुर्याउने ब्यक्तित्वलाई प्रदान गर्ने "अनेसास प्रतिभा पुरस्कार ०८" यस पटक युवा कवि तथा स्थानिय भाषा स्कूलका प्रशिक्षक दीपक ज्योति पौडेललाई प्रदान गरियो । सम्मानपत्र सहित नगद २०० युरोको उक्त पुरस्कार राजदुत प्रमेश कुमार हमालले सम्मानित ब्यक्तित्व पौडेललाई प्रदान गर्नु भयो । कार्यक्रमा बोल्दै प्रमुख अतिथि राजदुत हमालले भानुभक्तले सरल र मिठो भाषामा रामायणको अनुवाद गरी नेपाली भाषालाई लोकप्रिय बनाएको कुरा बताउनु भयो । भाषा साहित्यका कार्यक्रम विदेशमा आयोजना गरेर नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरबाट टेवा पुर्याउने कार्यको सह्राना गर्नु भयो । उहाँले भाषा साहित्यका हरेक कार्यलाई आफू तथा राजदुतावासको तर्फबाट सक्दो सहयोग गर्ने कुरा बताउनु भयो समाजसेवी तथा कवि पुष्पराज अधिकारीले भाषा साहित्यमा समर्पित प्रतिभालाई सम्मान गर्ने परम्पराको थालनी बेल्जियममा अनेसासले गरेकोमा खुशीको ब्यक्त गर्नु भयो । आफूलाई सो पुरस्कार प्रायोजन गर्ने अवसर दिनु भएकोमा आभार ब्यक्त गर्दै आगामि दिन अनेसासका यस्ता रचनात्मक कार्यमा आफ्नो सदा सहयोग रहने कुरा बताउनु भयो ।सभापतीको आसनबाट बोल्दै अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष तथा केन्द्रीय महासचिव कृष्ण बजगाईंले भानुभक्तको परिष्कारवादी काव्य धारको चर्चा गर्नु भयो । भानुभक्तले नेपाली भाषाको माध्यमले भावनात्मक एकिकरण गराएको कुरा बताउनु भयो । अनेसासका भाषा साहित्यका विविध कार्यहरु विदेशी भूमिमा नेपाली भाषिहरुबीच प्रगाढ सम्बन्ध विस्तार गर्ने सेतु हुन भन्नु भयो । कार्यक्रममा स्वागत मन्तब्य अनेसास बेल्जियमका उपाध्यक्ष विमल गिरी तथा कार्यक्रम संचालन समाजका सदस्य दिपेन्द्र के .सी.ले गर्नु भएको थियो । बार जुलाई १० तारिक तदनुसार असार २६ गते एक भेलाको आयोजना गरी क्षेत्रीय समिती निर्माण गरेकोछ।नेपाली जनप्रगतिशिल मञ्च यू ए ई केन्द्रिय समितिका सदस्य कृष्णराम अधिकारीको अध्यक्षमा र रबी राना मगरको सञ्चालनमा सम्पन्न भएको छेत्रिय भेलाद्वारा धन बहादुर राइको अध्यक्षतामा तेइस सदस्य सर्बसम्मत रुपमा निर्बाचित गरिएको थियो। क्षेत्रीय समितिका अन्य पदाधिकारिहरुमा उपाध्यक्ष दुर्गा बहादुर बुडाथोकि (बक्सर्), सचिब छबि राना, सहसचिब कृष्ण परियार्, कोसाध्यक्ष चक्र बहादुर तामांग्, सह कोसाध्यक्ष शेसकान्त नेपालि र सदस्यहरुमा खिम बहादुर परियार , बलु पुन, भुमिश्वर खनाल , बाबुराम सापकोटा, प्रबिन बि क., युबराज कार्कि, बिष्णु नेपालि, बिष्णु बि.क. , खुम बहादुर नेपालि , सइंद्र राइ , प्रकाश चंद्र श्रेश्ठ, जगु नेपालि, रेकम जी.सि., कृष्ण बि.क., सुक्प बहादुर तामांग्, र खि

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika