बुधबार यो शताब्दीकै सवैभन्दा लामो खग्रास सूर्यग्रहण लाग्दै छ । सूर्य ग्रहण पूर्वका चौध जिल्लासहित भारतको खाम्भातको खाडीबाट सुरु भई नेपाल, बङ्गलादेश, भूटान, बर्मा, चीन जापान हुँदै प्रशान्त महासागरको मार्सल टापुसम्म पुग्ने खगोलविद्हरुले जनाएका छन् ।
सूर्यग्रहण सवैभन्दा बढि इलामको फिक्कलबाट झण्डै चार मिनेटसम्म देखिने जनाइएको छ । तर, प्रसान्त महासागरमा अवस्थित बोन्निन टापुको दक्षिणपूर्वी भागबाट भने सवै भन्दा बढि ६ मिनेट ३९ सेकेण्ड देखिने छ । खग्रास सूर्यग्रहण यसअघि १९५५ मा देखिएको थियो भने अव यसखालको सूर्यग्रहण बि स २१३२ मा मात्र देखिने छ ।बुधबार नेपाली समयअनुसार बिहान पाँच बजेर ४५ मिनेटमा खग्रास सूर्यग्रहण लाग्ने भएको छ । नेपाली समयअनुसार सो ग्रहण बिहान ७ बजेर ४७ मिनेटमा अन्त्य हुने बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ । समितिका अनुसार प्रशान्त महासागरबाट पूर्व सर्दै चीनको दक्षिणपूर्वी सिमाना र जापानको र्यूक्यू द्वीप पुगेर त्यहाँबाट मोडिई पुनः प्रशान्त महासागरमा खग्रास ग्रहण रहने भएको छ । नेपालको चन्द्रगढी, विराटनगर र जनकपुरबाट शतप्रतिशत खग्रास सूर्यग्रहण देख्न सकिन्छ भने काठमाडौंबाट ९६ दशमलव ०६ प्रतिशत, पोखराबाट ९३ दशमलव ०२ प्रतिशत, नेपालगन्जबाट ९० दशमलव ०८ प्रतिशत, महेन्द्रनगरबाट ८५ दशमलव ०५ प्रतिशत र सिमिकोटबाट ८३ दशमलव ०६ प्रतिशत ग्रहण देख्न सकिने जनाइएको छ ।

0 comments:
Post a Comment