विष्णु,तामाङ
-नेपाल प्रवासी तामाङ समाज कतारले एस.एल.सी. परिक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन जना तामाङ विद्यार्थीलाई सम्मानित गरेको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनीहरुलाई नगद पुरस्कारसहित सम्मान पत्रद्धारा सम्मानित गरिएको हो ।
पुरस्कृत तामाङ विद्यार्थीहरुमा सबै भन्दा बढि बढी अंक ल्याउने छात्रा तृशला मोक्तान, भावना तामाङ तथा छात्र विकास वाईबा रहेका छन् । उनीहरुले क्रमश: ८९.५%, ८८.७५% र ८८.२५% ल्याएका थिए । उनीहरुलाई जनही ५,००५ (पाँच हजार पाँच रुपैयाँ) सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमूख अतिथि भाषाविद् अमृत योन्जन तामाङले सम्मान पत्र, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष जि.बि. तामाङले नगद पुरस्कार तथा विशेष अतिथि सभासद राम कुमार राईले खादा ओढाई विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो ।
समाजका अध्यक्ष जि वि तामाङले संस्थाका बारे जानकारी गराउँदै कतारमा रहेका तामाङहरुलाई संगठित गर्दै स्थापना भएको यस संस्थाले विभिन्न समयमा यस किसिमको सहयोगहरु गर्दै आएको स्मरण गराउनु भयो । उहाँले तामाङ जातिको उत्थानका लागि सबै युवाहरु लाग्नुपर्ने बताउनुहुँदै तामाङ प्रतिभाहरुलाई हौसला प्रदान गर्न समाजले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अध्यक्ष तामाङ हाल नेपालमा रहनु भएको छ । उहाँले कतारमा रहेका कार्यवाहक अध्यक्ष शंखलाल तामाङ, सचिव ईन्द्र बहादुर तामाङ लगायत सम्पूर्ण सदस्यहरु तथा सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
हिमालयन तामाङ युवा क्लवद्धारा आयोजित प्रथम अधिवेशन उद्घाटन तथा सम्मान समारोहमा क्लबले प्रशंसा पत्र सहित नगद रु १,१०१ (एक हजार एक सय एक रुपैयाँ) तथा नेपाल तामाङ राष्ट्रिय महासंघले ८८.७५% ल्याएकी भावना तामाङलाई ५,५०० (पाँच हजार पाँच सय रुपैयाँ) प्रदान गरिएको थियो । त्यस्तै नरबहादुर तामाङले नगद रु १५०० प्रदान गर्नुभएको थियो भने हिमरब ओभरसीज प्रालिका प्रबन्ध निर्देशक कमल तामाङले रु १०,५०० प्रदान गर्ने घोषणा गर्नुभयो ।

0 comments:
Post a Comment