श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

‘सम्पूर्ण लिम्बूहरु एक हौ लिम्बूवानको लागि जुटौ’ भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ मलेसियाको अधिवेशन सम्पन्न भएको छ । क्वालालम्पूरस्थीत युनिक एक्स्चेन्ज मनकामना रेमिट को कार्यलयमा सम्पन्न उक्त कार्यक्रममा प्रवासी मगर संघका खुम राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विनो लामा, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष दिल केरुङ, संघीय लिम्बूवान परिषदका सचिव धनकुमार वेघा, अनेसासका अध्यक्ष पदमदुःखी सम्बाहाङ्फे र चर्चित साहित्यकार मनि राई गोठालेले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा पेनाङबाट आएका लिम्बू कलाकार चन्द्र सम्बाहाङफे र जीवन लोवाले लिम्बू भाषिक हाक्पारे र आधुनिक गीत गाएर मनोरन्जन दिलाएका थिए भने प्रवासी मगर संघका कलाकार तिलक सारुले पनि गीत पस्केका थिए ।अधिवेशनले वार्षिक पगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको थियो । अधिवेशनले कृष्ण आङ्देम्बेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्ष राजकुमार चेम्जोङ, बाल मेयाङ्बो, सचिव रुसाहाङ चेम्जोङ, सहसचिव पेशल मावुहाङ, कोषाध्यक्ष इन्द्र लुम्फुङ्वा र सदस्यहरुमा देवेन्द्र खापुङ, दिल केरुङ, धनकुमार वेघा, सन्तोष इजम र धनसेर वेघा रहेका छन् ।
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment