रघु त्रिपाठीमंगलबार,जुन ,३०,२००९
कोरियामा रहेका बामपन्थि संगठनहरुलाई एउटै छाता मुनी गोलवद्ध गराउदै बाम एकतामा विशेष जोड दिदै स्थापना गरेको प्रगतिशिल मोर्चाको दोश्रो साधारण सभा सम्पन्न भएको छ ।मोर्चाका निवर्तमान अध्यक्ष सुमन राईको अध्यक्षतामा नेपालका बरिष्ठ बामपन्थि तथा मानव अधिकारवादी लोकतान्त्रिक नेता पद्म रत्न तुलाधरको प्रमुख आतिथ्य तथा कोरियाका लागी नेपाली राजदूत कमल प्रसाद कोइरालाको बिशेष आतिथ्यमा दोङगुक युनिभर्सिटीको सभा हलमा सम्पन्न साधारण सभा उद्घाटन समारोहमा कोरियामा रहेका बिभिन्न क्षेत्रका ब्यापारी विध्यार्थी पत्रकार तथा सामाजिक राजनीतिक र जातिय संघ सस्थाका प्रतिनिधिहरुको पनी बिशेष उपस्थिती रहेको थियो ।प्रगतिशिल मोर्चाको निमन्त्रणामा उक्त मोर्चाको दोश्रो साधारण सभा उद्घाट समारोहमा दक्षिण कोरिया आइपुगेका वरिष्ठ बामपन्थि नेता पद्म रत्न तुलाधरले सभालाई सम्वोधन गर्दै प्रगतिशील मोर्चा जस्तै संगठनहरुको छाता मुनी बसेर सबै प्रवासी नेपालीहरुले नयाँ नेपाल निर्माणको लागी सामुहिक सवालमा आ-आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गर्दै नयाँ नेपालको जग बलियो पार्न सहमती जुटाउने सवालमा आफुले निरन्तर पुर्याइ आएको जस्तै सहयोग पुर्याउन कोरिया बासी नेपालीहरु सग आग्रह गर्नु भयो ।नेपालको राजनीतिक सन्तुलन कायम गर्नको लागी आफुले गरिआएको प्रयास कतिपय अवस्थामा राजनीतिक दल र तिनका प्रतिनिधीहरुले सकारात्मक रुपमा नलिदिएको चर्चा गर्दै श्री तुलाधरले दःख समेत ब्यक्त गरे । सम्वोधनकै क्रममा कतिपय राष्ट्र र राष्ट्रियताको सवालहरु नेपाल र नेपाली नेताहरुले नबुझेर दलगत स्वार्थमा लागेको घट्नाहरुले आफु मर्माहित भएको उल्लेख गर्दै बेलाबेलामा श्री तुलाधर नयाँ नेपालको समावेसी ब्यवस्थापन प्रतिको चिन्ताले भावविह्ल भएका थिए ।उद्घाटन समारोहलाई सम्वोधन गर्ने क्रममा कोरियाका लागी नेपाली राजदूत कमल प्रसाद कोइरालाले नेपाली राजनीतिको छोटो चर्चा गर्दै कोरियामा रहेका नेपालीहरुको कल्याण कारिताको लागी मिल्ने र हुने सम्मको कामका लागी प्रयास भै रहेको र भैरहने प्रतिवद्धता ब्यक्त गरे कार्यक्रम मोर्चाका निवर्तमान सचिव गगन पुनले सन्चालन गरेका थिए । उद्घाटन समारोहको अन्तिम चरणमा नेपाली संम्पर्क समितिका अध्यक्ष डेबिड राई सचिव आनन्द गुरुङ्ग लगायतका प्रतिनिधीहरुले प्रमुख अतिथि श्री तुलाधरलाई सम्मान समेत गरेका थिए ।साधारण सभाको बन्दसत्रले मोर्चाको दोश्रो कार्यकारिणी समिति निम्न प्रकारले चैन गरेको छ ।अध्यक्षमा एल बि प्रधान उपाध्यक्षमा हर्क लिम्वु सचिवमा दुर्गा दाहाल सहसचिवमा वलराम पौडेल कोषाध्यक्षमा दीलीप धिताललाई चैन गरेको छ त्यसै गरी सदस्यहरुमा भीम गुरुङ्ग टीका माया गुरुङ्ग बीनोद थकाली तथा रामप्रसाद लम्साललाई चैन गरिएको छ । सबै पदहरु सर्वसहमतीमा निर्विरोध चैन गरिएको छ ।

0 comments:
Post a Comment