आगामी १९ जुलाई ०९ का दिन किरात शब्दीगुरु रामकुमार लिम्बुको निवास स्वीडनमा सिसेक्वा तङनाम अर्थात साउने संक्रान्तिको अवसरमा महागुरु फाल्गुनन्दको जन्मबार पारेर किरात धर्म तथा साहित्य उत्थान संघ वेलायत समिति निर्माण हुनेकुराको जानकारी प्राप्त भएको छ ।
उक्तदिन वेल्स, स्कटल्याण्ड लगायत वेलायतभरी छरिएर रहेका किरात धर्मालम्बीहरुको उपस्थिती रहने भएको छ साथै किरात धर्मको विधि अनुसार पुजापाठ विहान १० बजे शुरुहुनेछ । इच्छुक सबै किरात दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको छ ।
नेपालमा रहेका विभिन्न जातिय तथा सांस्कृतिक उत्थान संघसंगठनहरु मध्ये सबैभन्दा पहिला स्थापना भइ निरकुस पंचायतको विरुद्ध यस संघले महत्वपूर्ण आन्दोलन गरेको थियो ।
दोस्रो नेपालको रुपमा विकास हुदै गएको वेलायतमा हजारौ किरात धर्मालम्बिहरु रहेका छन् र संघको अनुसार किरात अन्तर्गत लिम्बु, राइ, सुनुवार, याक्खा, धिमाल, जिरेल, सुरेल लगायत गुरुङ, मगर, तामाङ, शेर्पा सबै आदीवासीहरु किरात अन्तर्गत पर्दछन् ।
प्रचीन किरात सभ्यताको इतिहास लोपउन्मुख रहेको अवस्थामा पछिल्लो समयका किरातहरुले महागुरुको रुपमा फाल्गुनन्दलाई र वर्तमान धर्मगुरु आत्मानन्द लिङदेनलाई मान्दै आएका छन् ।

0 comments:
Post a Comment