श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday 4 January 2010

कोरियामा एक प्रवासी नेपालीको दुःखद दुर्घटनामा गुरुङसा गुम्बा फेरी रोयो


सुरज गुरुङ गणतन्त्र कोरिया स्याङ्गजा जिल्ला आरु खर्का गा.वि.स. वडा नं. १ गलेम गाउ हाल पोखरा बगाले टोल वडा नं. ८ का निवासी श्री प्रेम बहादुर गुरुङ र श्रीमती सन्त कुमारी गुरुङसेनीका कान्छा छोरा लगभग एक वर्षकी काखकी छोरी र खाउखाउ लाउलाउ भन्ने उमेरकी श्रीमतीलाई समेत छोडेर सुख समृद्धि कमाउन भनेर सन २००० मा यस द. कोरियामा प्रवेस गरेका स्व. स्याम गुरुङ विभिन्न ठाउमा काम गर्दै जाने क्रममा उनी बसेका ससान शहरको एक मोटेलको काउन्टरमा अचानक आगलागी हुदा सो आगलागीमा परी श्याम गुरुङको मृत्यू हुन पुगेको थियो। यस दुःखद दुर्घटनाले कोरियामा रहेका तमू परिवार लगायत नेपाली साथी भाईलाई मात्र दुःखित तुल्याएन गुरुङसा का प्रमुख लामा 'अ सान भान जङ्ग उ' लाई झन बढि दुःखित र चिन्तित भई त्येस दुर्घटनासंग सम्बन्धित कागजात क्षेतिपुर्ति सम्बन्धि कुराकानी र उनका बाबा, आमा, श्रीमति र मामाको आउने जाने खाने बस्ने व्यवस्था समेत गरेको जानकारीमा आएको छ। आज २०१० जनवरी २ का दिन मृतक श्यामको यस अन्तिम दाहा संस्कार कार्यक्रममा सम्मिलित हुनको निमित्त नेपालीहरुका लागि सउलको दोङ्गदेमुनबाट याङ्गसान सिटीको तोङ्गदोसा गुम्बाको घाट सम्म जाने आउने बसको व्यवस्थाको साथै भोजनको व्यवस्था समेत मिलाएको थियो। जस्को व्यवस्थापनको जिम्मा गुरुङसा गुम्बाका सचिव 'किम सान गिल' ले लिनुभएको थियो। सो दाहसंस्कार कार्यक्रममा नेपालीहरुकी आमा लि कुम हयुन, गुरुङसाका प्रमुख लामा 'अ सान भान जङ्ग उ', लगायत थुपै लामा लगायत भिक्षु, भिक्षुणीगणको उपस्थिति थियो भने नेपाली संघसस्थाबाट तमू धीं का अध्यक्ष रामकाजी गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष चङ्ग कुमार गुरुङ, नेपाल संम्पर्क समितिका अध्यक्ष डेबिड राई, मगर संघका अध्यक्ष झक थापा, प्रगतिसिल मोर्चाका अध्यक्ष एल.वी.प्रधान र स्याङ्गजा परिवारका अध्यक्ष इश्वर गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो। लामाहरुलाई मात्र दाहसंस्कार गरिने (फाबिजल–एब्द्यक्ष्व्ग्ल्न्) त्यस विशिष्ट घाट (फाबिजल–एब्द्यक्ष्व्ग्ल्न्) मा मृतक श्यामको शवलाई अन्तिम विदाई भाबपूर्ण श्रदाञ्जलीका साथ गरिएको थियो भने उन्की भर्खरकी श्रीमतीको हृदय विदारक रोदन र आमा बाबाको रोदनले उपस्थित हुनुभएका सबै महिला तथा सज्जन बृन्दको गह रसिएको थियो।
अझै बढि दुःखको कुरा त के बित्न गयो भने मृतककी दिदी श्रीमती तारा गुरुङको पनि लगभग १५ वर्ष अगाडि यही कोरियामा मृत्यू हुन गएको थियो र स्व. ताराको पनि दाहसंस्कार कार्यक्रमको सम्पूर्ण व्यवस्था पनि यहि गुरुङ्गसा गुम्बालेनै गरेको थियो। स्व. श्यामको दुर्घटना स्थलदेखि अस्पतालसम्मको सोधपुच्छ र मृतकको परिवार र गुरुङ्गसा बीच संम्पर्क गराउने र सहयोग गर्ने काम तमू धीं द. कोरियाका प्रतिनिधि तथा स्वयंभू रेष्टुरेण्का मालिक बुद्धि गुरुङले गर्नु भएको थियो। तर विडम्बना यस द. कोरियाका समस्त नेपालीहरुका निमित्त दुःख–आपतमा साथ दिने भनेर स्थापना भएको दुतावासबाट भने एकजना प्रतिनिधि पनि उपस्थित थिएन। रोएन।

1 comments:

jabaraetaffe said...

CASINO COVERLAND COVERLAND, CT - JHM-Web
A CASINO COVERLAND CASINO 동두천 출장샵 in this section. 오산 출장마사지 JUMMY WOOD, Connecticut. J.T.E. COVERLAND COVERLAND CASINO. 평택 출장안마 J.T.E. COVERLAND 안동 출장안마 CASINO. 의왕 출장안마 J.T.E. CASINO.

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika