श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday 4 January 2010

जापानमा तमु तो-ल्होसार महोत्सव भव्य रुपमा सम्पन्न

ओम गुरुङ,

नेपालबाट आमन्त्रित अतिथि कलाकार राजु गुरुङको प्रमुख आकर्षण र स्थानिय कलाकर्मीहरुको विविध साँगीतिक प्रस्तुतीहरुकाबिच सोमबार टोकियोमा अति नै धुमधामकासाथ ल्होसार मनाइयो । तमू धीं जापानका अध्यक्ष दिनेश गुरुङको सभापतित्व र नेपाली आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष ओम गुरुङको प्रमुख आतिथ्यतामा भएको ल्होसार कार्यक्रममा उपाध्यक्ष हर्क गुरुङको स्वागत भाषण रहेको थियो । गुरुङ भाषामा निर्मित थूप्रै चलचित्रका नायक, दोहोरी तथा लोक गायक अतिथि कलाकार राजुद्वारा तमू भाषाको राष्ट्रिय गीतबाट शुरुभएको सो ल्होसार कार्यक्रममा मीना, अमर तमु, पुष्प गुरुङ, अम्बर गुरुङ लगायतका स्थानिय कलाकारहरुको पनि साँगीतिक प्रस्तुती रहेको थियो । अतिथि कलाकार राजुले दरुन्ग सुरुबारी, सालैजो (कौडा) सालैजो (सोरठी), झोडा र बुट्टेचोली जस्ता तमुहरुको सस्क्रिति झल्काउने अत्यन्त परम्परगत लोकप्रिय गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गराई सबैलाई नचाएका थिए भने दर्सकहरु पनि अतिनै रोमान्चित भै मन्च मै उक्लिएर खादा लगाई दिई अतिनै सम्मान हर्दिक्ता दर्साएका थिए ! कार्यक्रममा अतिथि कलाकार राजु गुरुङलाई धींका अध्यक्ष दिनेश गुरुङले फूलको गूच्छाले हार्दिक स्वागत गरेका थिए । टोकियो सिन्जुकुस्थित युनिभर्सल स्टुडियोमा भएको सो कार्यक्रमको प्रमुख अतिथि ओम गुरुङले उदघाटन गरि शुभ कामना मन्तब्य दिनु भएको थियो । NRNA ICC का प्रबक्ता डा. कुमार बस्नेत लगाएत बिभिन्न सन्घ सस्थाका प्रतिनिघि ज्यु हरुले शुभकामना मन्तब्य प्रकट गर्नु भएको थियो ! पहिलो चरणको औपचारिक कार्यक्रम धींका महासचिव रामबहादुर गुरुङ र साँगीतिक कार्यक्रम कुमार गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा हाल जापानमै रहेका वरिष्ठ कलाकारहरु कोमल ओली, प्रजापति पराजुली, कृष्णभक्त महर्जनको पनि साँगीतिक प्रस्तुती रहेको थियो यसैगरी कार्यक्रममा सोही दिनको पूर्वान्हमा भएको साधारण सभाकोसर्बसम्मतिबाट गठित नयाँ कार्यसमितिको घोषणा समेत गरिएको थियो । जसअनुसार अध्यक्षमा याम गुरुङ, उपाध्यक्षद्वयमा हर्क गुरुङ र भीम गुरुङ, महासचिवमा राम गुरुङ, सचिव कुमार गुरुङ, कोषाध्यक्ष खड्गसिंह गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, साँस्कृतिक बिभाग संयोजक जीतमान गरुङ रहनुभएको छ । यसैगरी सदस्यहरुमा क्रमशः पदम गुरुङ, पदमबहादुर गुरुङ, सुरज गुरुङ, बिष्णु गुरुङ, ताइकाजी गुरुङ, अनिला गुरुङ, बुद्ध गुरुङ, टेकमान गुरुङ, शान्ति गुरुङ, हिमानी गुरुङ, कर्ण गुरुङ, युक्तमान गुरुङ, बिजय गुरुङ, श्री गुरुङ, तारा गुरुङ, कुश गुरुङ, हेमा गुरुङ र अम्बर गुरुङ रहनुभएको छ । यसैगरी सल्लाहकारहरुमा चेनबहादुर गुरुङ, ओम गुरुङ, ओमप्रकाश गुरुङ, दिनेश गुरुङ, इश्वर गुरुङ, नन्दराज गुरुङ र गणेश गुरुङ रहनुभएको छ । कार्यक्रममा जापानमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायत उत्साहजनक जापानबासी नेपालीहरुको सहभागिता रहेको थियो । *

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika