पुरु जोशी, ३० डिसेम्बर २००९ - आउंदो जनवरी ३ तारिख आईतबारका दिन एन NRN कोरियाद्वारा आयोजना गरिने नेपाल हाउस च्यारिटी शोमा कोरिया नेपाल मैत्री संघले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । सो प्रतिबद्धता यहि डिसेम्बर २७ आईतबारका दिन दुई संस्थाबीच राजधानीको जोङ्गाक स्थित ताजमहल रेष्टुरेन्टमा सम्पन्न Year End Party मा भएको हो ।
महामहिम राजदूतको बिशेष उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा NRN कोरियाका अध्यक्ष बिनोद कुँवरले कोरिया नेपाल मैत्री एसोसियसनका अध्यक्ष इ इन् जङलाई फुल गुच्छा दिई स्वागत गर्नु भएको थियो । NRN कोरिया र कोरिया नेपाल मैत्री संघ बीच आपसी सहयोग आदान प्रदान गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा NRN का पदाधिकारीहरु लगायत बिभिन्न बिशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो । आउंदो जनवरी ३ मा आयोजना गरिने नेपाल हाउस च्यारिटी शो सफल हुनका लागि हाम्रो संस्थाबाट सक्दो सहयोग गर्नेछौं कोरिया नेपाल मैत्री संघका अध्यक्ष इ इन् जङले भन्नु भयो । वहाँले कोरिया नेपाल मैत्री संघमा लगभग १५० जना कृयाशील सदस्यहरु रहेको खुलासा गर्दै सबैलाई च्यारिटी शो बारे जानकारी गराउने बताउनु भयो र साथै सो दिन कोरिया नेपाल मैत्री संघको तर्फबाट नेपाल हाउस बनाउन आर्थिक सहयोग गर्ने पनि बताउनु भयो ।
करीब ७ बर्ष नेपाल बाणिज्य दूतको रुपमा काम गरिसक्नु भएका कोरिया नेपाल मैत्री करीब ७ बर्ष नेपाल बाणिज्य दूतको रुपमा काम गरिसक्नु भएका कोरिया नेपाल मैत्री संघका अध्यक्ष इ इन् जङले सन् १९७६ मा पहिलो नेपाल भ्रमण गर्नु भएको थियो ।
एन आर एन कोरियाद्वारा आउंदो जनवरी ३ तारिख आयोजना गरिने नेपाल हाउस च्यारिटी शो को समय परिवर्तन भएको जानकारी प्राप्त भएको छ । पोष्टर तथा टिकटहरुका साथै बिभिन्न अनलाइनहरुमा कार्यक्रम शुरु हुने समय ३ बजे भएतापनि उक्त कार्यक्रम शुरु हुने समय ठीक १ बजे रहेको जनाएको छ । दिनको १ बजेदेखि कोदाची नामक कोरियन बैण्डको आकर्षक प्रस्तुतीद्वारा शुरु गरिने भएको हुनाले कोरियावासी सम्पूर्ण नेपालीहरुमा १ बजे भित्र कार्यक्रम हलमा उपस्थित हुन अनुरोध गरेको छ ।

0 comments:
Post a Comment