श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Thursday 31 December 2009

नेपाल जापान बौद्ध संघ जापानको प्रथम ऐतिहासिक साधाहरन भेला सम्पन्न


तारा राना मगर, जापान
आज मिती २००९-१२-३० का दिन नेपाल जापान बौद्ध संघ जापानको प्रथम ऐतिहासिक साधाहरन भेला तदर्थ समितिका सम्योजक सुर्य तमाङ ज्युको सभापतित्तव तथा तोकिरिन्जु गुम्बाका श्रदय धर्म गुरु ताकावाका ज्युको प्रमुख आतिथ्येतामा जापानको सुन्देर नगरी टोयोटा सिटीको एकाकु चो अन्तर्गत सामुदायीक भवनमा भब्यताका साथमा सम्पन्न भयो ३ चरण मा बिभाजीत उक्त भेलाको प्रथम चरण मा फुर्पा लामा ज्यु बाट सम्पुर्ण मानब तथा जिब जातिको सुख शान्ति र मोक्ष्य प्राप्तीको लागि बौद्ध धर्म र परम्परा अनुसार पुजा पाठ गरिएको उक्त पुजा पाठको समापन पस्चात औपचारिक रुप्मा खुला सभामा परिनत भएको थियो अतिथी हरुमा नेपाल आदिबासी जनजाती माहा संघ जापान तदर्थ समितिका सम्योजक श्री डम्बर गुरुङ ,नेपाली आदिबासी जनजाती माहा संघ जापानका उपाधक्ष्य भेस राज तमु ,शेर्पा संघ तोक्यो जापानका बरिस्ठ उपाधक्ष्य लाक्पा गेल्बु शेर्पा , मगर सेवा समिती तोकाइ जापान का अधक्ष्य राजु राना मगर ,शेर्पा संघ नागोया जापानका अधक्क्ष्य पासाङ शेर्पा ,तमुधी नागोया जापानका सचिब लोकमान गुरुङ ,थकाली सेवा समिती का अधक्ष्य सन्देश सेरचन र नेपाल जापान तमाङ मैत्री समाज जापानका सचिब अनिल तमाङ को पनि उपस्थिती रहेको थियो सुभकामना मन्तब्य दिने क्रममा प्रमुख अतिथीको आसन बाट धर्म गुरु ताकावाका ज्युले सामुहिक भावना र प्रयास बाट ब्यप्त अशान्ति ,हिन्सा ,कोलाहल ,असिक्ष्या र हरेक दु:ख लाई कम गर्दै लानु पर्ने कुरामा जोड दिनु हुँदै नव गथित नेपाल जापान बौद्ध संघ जापानले यस महान उदेश्यमा सहाएक भूमिका खेल्ने बिसयमा बिस्वस्त बन्दै कार्यक्रमको पूर्ण सफलता एवम सस्थाको उत्तोतर प्रगतीको कामना गर्नु भएको थियो तेसै गरि अन्य अतिथीहरु बाट पनि सुभकामना मन्तब्य दिने क्रममा बुद्धको जन्म थलो नेपाल का नेपाली हामी दसकौ देखि हजारौंको सन्ख्यामा जापानमा रहेर पचासौ संघ सस्थाहरु खोली आबद्द रहेता पनि बौद्ध दर्शन र धर्मलाई ब्यापक्ता दिने ,बौद्ध मार्गी हरु बिचमा आपसी सद्भाब र सहयोग आदान प्रदान गर्न तथा बिस्व भरका बौद्ध संघ सस्था हरु संघ बिस्व बन्धुत्व कायम राख्ने खालको सस्था को खाचो भैरहेको अवस्थामा यस सस्थाको गठनले त्यो अभाबलाई पुरा गर्ने कुरा बिस्वस्त बन्दै बौद्ध दर्शन र धर्म प्रति हुने हरेक खाले सद्यन्त्र र आक्रमण प्रति संगथित हुँदै सान्तिपुर्न ढंग बाट प्रतिबाद गर्न अरु अपरिहार्यता रहेकोमा जोड दिएको थियो माहासचिब तारा राना मगर बाट सन्चालित उक्त खुला सत्रको समापनको क्रममा सभापतिको आसन बाट सुर्य तमाङ ज्युले कठिन परिस्थीको बाब्जुद पनि प्रथम ऐतिहासिक साधाहरन भेलालाई ब्यापक रुपमा सम्पन्न गर्न पुर्‍याउनु भएको अपार सहयोगको लागि हार्दिक धन्यवाद दिनु भएको थियो खुला सभाको समापन संगै प्रबेस गरेको बन्द सत्रमा माहासचिब तारा राना मगर बाट प्रस्तुत मसौदा बिधान उपर ब्यापक छल्फल पस्चात परिमार्जन सहित पारित गरिए लगत्तै कार्य समितीको चयन प्रक्रियामा प्रबेश गरि सर्बसम्मतिबात सुर्य तमाङ कै अधक्ष्यतामा देहाय बमोजिमको नयाँ कार्य समितीको चयन गरिएको छ
अधक्ष्य : सुर्य तमाङ ,बरिस्थ उपाधक्ष्य :खाली ,उपाधक्ष्य :राजु राना मगर ,उपाधक्ष्य :फुर्पा शेर्पा ,माहासचिब :बिरेन्द्र गौचन ,सचिब :खाली ,कोसाधक्ष्य :भेस राज तमु ,सहकोसधक्ष्य : खाली ,सदश्यहरुमा : धन अर्गेजा मगर ,अनिल तमाङ ,बसन्त गौचन ,सन्दिप तमाङ ,लोकमान गुरुङ ,कुसाङ शेर्पा रहनु भएको छ भने ३ सदश्य पद खाली रहेको छ पुनस्छ :रिक्त रहेका पद हरु सबै क्षेत्र र समाजलाई समेत्दै बेसी समाबेसी तथा प्रतिनिधिमुलक रहोश भन्ने उद्देश्य लीइएको जानकारी पनि गराइन्छ --

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika