दोहा- ुभाषाको उत्थान नेपालीको पहिचानु भन्ने भावनाकासाथ नवोदित साहित्यिक वाचनालयले विगत लामो समयदेखि दोहामा रहेका नेपालीहरुलाई विभिन्न प्रकारका पुस्तकहरु अध्ययनका लागि उपलब्ध गराउँदै आएको छ । प्रत्येक शुक्रवार विभिन्न कार्यक्रममा होस या जैद्ध पार्कमा बसेर होस किताव अध्ययन गर्ने नेपालीजनलाई पुस्तकालयको सेवा िदंदै आईरहेको छ । यसरी नवोदितका सदस्यहरुले झोला झोलामा भएपनि पुस्तकालय सेवा उपलब्ध गराउँदै आएकोमा हाल आएर यस सेवालाई विस्तृत ब्यवस्थित र सुनिश्चित बनाउनको लागि दोहास्थित एक कोठा भाडामा लिएर पुस्तकालय संचालन गर्ने निर्णय अनुसार नवोदित साहित्यिक वाचनलायका पदाधिकारीहरु दोहास्थित समाजसेवी ब्यवसायी र वुद्धिजिवीहरुविच छलफल गरी गत शुक्रवारदेखि दोहामा पुस्तकालय शुरु गरिएको छ ।नवोदित साहित्यि वाचनालयद्धारा संचालित मोवाईल पुस्तकालय संचालनार्थ आर्थिक सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुमा राजधानी अन्तराष्ट्रिय अन्तर्राष्ट्रिय साप्ताहिकका प्रमुख कार्यकारी अधिकारी तथा प्रवन्ध सम्पादक अशिष शेरचनले ३ सय प्रवासी कान्तिपुर साप्ताहिकले २ सय १ समाजसेवी तथा ब्यवसायी बद्री प्रसाद पाण्डेले २ सय १ एनआरएनएका उपाध्यक्ष सागर नेपालले १ सय ५० समाजसेवी लक्ष्मण खतिवडा १ सय ५१ एनआरएनए कतारका अध्यक्ष नरेन्द्र भाट १ सय ५१ एनआरएनए आइसिसी सदस्य प्रज्ञान उदास एनआरएनए कतारका कोषाध्यक्ष पूर्ण के।सी। समाजसेवी ब्यवसायी एवं नवोदित साहित्यीक वाचनालयका हालका संरक्षक टि।वी कार्की नेपाली ब्यवसायी संघका सचिव उमेश अधिकारी एनआरएनए कतारका उपाध्यक्ष अजिजुर रहमान शेष श्रमिक रेमिन्टेन्सका तारा मंगोल र जनप्रगतिशिल माचको तर्फवाट जनही १ सय कतारी रियाल मोवाइल पुस्तकालय संचालन गर्न हरेक महिना सहयोग प्राप्त हुन भएको छ । दाताहरुले सो सहयोगको घोषणा गरिसकेको नवोदितले जनाएको छ ।त्यस्तैगरी समाजसेवी नरेश श्रेष्ठ समाजसेवी कुवेर राई एनआरएनए कतारका महासचिव विल गुरुङ हलेसी ऋण तथा बचत समूहले जनही कतारी रियाल ५० प्रतिमहिना पुस्तकालयलाई सहयोग प्रदान गर्ने भएका छन् । त्यसैगरी एकमुष्ठ रुपमा आर्थिक सहयोग प्रदान गर्नेहरुमा नेपाली ब्यवसायी संघका महासचिव तेजेन्द्र महतले ७ सय ५० कतारी रियाल एनआरएनए उपाध्यक्ष सागर नेपालले ५ सय कतारी रियाल अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष दिपक भेटवालले ४ सय कतारी रियाल र अन्तर्राष्ट्रिय एकता समाजका उपाध्यक्ष तथा समाजसेवी राजेन्द्र श्रेष्ठले ३ सय कतारी रियाल सहयोग उपलब्ध गराएका छन् ।गत शुक्रवार नै पुस्तकालयको अभिभावक समिती पनि गठन गरिएको छ । सो समितिमा पूर्ण के।सी सागर नेपाल टि।वी कार्की नरेन्द्र भाट नरेश श्रॆष्ठ बद्री प्रसाद पाण्डे र डा। अजिजिजुर रहमान शेष लगायतका पदाधिकारी रहेका छन् । नेपाली साहित्यिको श्रीबृद्विमा संलग्न विभिन्न बुद्धिजिवीहरु ब्यवसायीहरु विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरु तथा समाजसेवीहरुलाई नवोदित साहित्यिक वाचनालय तथा मोवाईल पुस्कलायको तर्फवाट कृतज्ञता ब्यक्त गरिएको छ ।
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Monday, 28 December 2009
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
"मेरी लक्ष्मी भाउजु" - संगिता घिमिरे, हाल इजरायल
nr n
माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG
sunuwar shyadar 2009

0 comments:
Post a Comment