श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 28 December 2009

हङकङमा नेपाली सप्ताह २००९ रौनक



हङकङमा नेपाली भाषा, साहित्य र संस्कृतिको बलियो आधार स्तम्भ तयार पार्नकानिम्ति हङकङ नेपाली कला मन्दिरको वर्षेनी आयोजना गर्दै आएको 'नेपाली भाषा साहित्य संस्कृति सप्ताह २००९' भव्य रुपमा सम्पन्न भइरहेको छ । विगत वर्षहरुमा जस्तै वर्षको अन्तिम साता डिसेम्बर २५ देखि ३१ तारिखसम्म हङकङमा विविध कार्यक्रमहरु सहित नेपाली सप्ताह २००९ आयोजना गरिएको हो ।

नेपाली सप्ताह २००९ अन्तर्गत आज डिसेम्बर २७ तारिखका दिन नेपालीहरुको अधिक वसोवास रहेको युनलङ शहरमा शोभायात्रा सम्पन्न भएको छ । हङकङका विराट नेपाली समुदायको सहभागीतामा शोभायात्रामा यहाँका विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक तथा किन्डरगार्टेनका प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक, नेपाली विधार्थीहरु तथा तिनको अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, धार्मिक तथा अन्य समुदायका समुहरु, पत्रकार, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुको साथमा युनलङ शहरको परिक्रमा गरिएको थियो । वर्षात भइरहेको समयमा पनि न्रि्रुक्कै भिजेर भए पनि नेपाली भेषभूष, बाजागाजा, सयपत्रीका फूलहरु बोकेका नेपालीहरुको उपस्थितिले युनलङ पुरै नेपालीमय बनेको थियो । शोभायात्रमा भूपू गोर्खा सैनिकहरु, तमू प्ये ल्हु संघबाट आएका तमू जातिको झाँकी, किरात याक्थुङ चुम्लुङको च्याब्रुङ, किरात र्राई जातिहरुको ढोल झ्याम्टा, नेवार समाजको लाखे नृत्य शोभायात्राको विशेष आकर्षण रहेको थियो । शोभा यात्रामार् इशाई धर्मावलम्विहरुका झुण्डहरु, हेभेन्ली पाथका झुण्डहरु समेतले शोभायात्राको महत्व बढाएको देखिएको थियो । शोभायात्र पछि लगत्तै युनलङ थिएटरमा सम्पन्न भएको साँस्कृतिक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले अनन्तकालदेखि आजसम्मको नेपालीजीवन रंग, ध्वनि, कला, गीत, संगीत, आवृति, नृत्य, नाटकको माध्यमले प्रस्तुत गरेका थिए । साँस्कृति कार्यक्रममा बुद्धको जन्म, गोपालवंशको स्थापना, पशुपतिनाथ, पृथ्वी नारायण शाह, बृटिश र नेपालबीचको युद्ध, भानुभक्तको काल, चन्द्र शमशेर, प्रथम तथा दोश्रो विश्वयुद्ध, राणाशासनको अन्त्य प्रजातन्त्रको उदय, महेन्द्र राजाको काल, मुनामदन, नेपाली भाषा, साहित्य संस्कृतिको बारेमा विद्यार्थीहरुले नाटकको माध्यमले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न जातीय नृत्यहरु, नेपाली लोक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । विधार्थीहरुले कविताहरु समेत वाचन गरेका थिए । नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, साहित्य संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै नेपाली यसकै आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्देश्यले हङकङमा २००५ सालदेखि कार्यक्रम आयोजना हुँदै आएको हो ।

सप्ताहव्यापि कार्यक्रममा २५ डिसेम्बर शुक्रबारका दिन विश्वभर रहेका नेपालीहरु जसले नेपाली समाज निर्माणकालागि आफ्नो जीवर्पन समर्पण गरेकाहरुको सम्झनामा स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । २६ डिसेम्बर शनिबार नेप्लीज चाइनीज पmेटरनिटीबाट भेटघाट र जलपान कार्यक्रम सम्पन्न भएको छ । २८ डिसेम्बर सोमबारका दिन चीन सरकारलाई हङकङका अल्पसंख्यक जातिहरुको सरोकारका विषयमा ज्ञापनपत्र बुझाइने भएको छ । २९ डिसेम्बर मंगलबार हङकङ सरकारप्रमुखलाई ज्ञापनपत्र , ३० डिसेम्बर बुधबारका दिन अलसंख्यकवर्गको भाषा, साहित्य र संस्कृतिको संरक्षण र सर्ंवर्धनबारे राज्य को उत्तरदायित्व र कर्तव्यबारे युएनलाई ज्ञापनपत्र बुझाइने छ । ३१ डिसेम्बर बिहीबारका दिन हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगित्मक संगोष्ठी गरिने भएको छ । नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनले गरेको छ । नेपाली सप्ताह २००९ कार्यक्रमकालागि अफिसियल मिडियाको रुपमा एचकेनेपाल डटकमले गरेको छ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika