अन्तरिम संविधानमा स्पष्ट रुपमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने उल्लेख भए पनि यसको खाका र स्वरुपबारे बहस पर्याप्त मात्रामा नभइरहेको अवस्थामा आज राजधानीमा नेवार स्वायत्त राज्यको घोषणा भएको छ। यसअघि माओवादीले नेवाः स्वायत्त गणराज्य घोषणा गरेको भए पनि आज भने माओवादीमात्र हैन, सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलका भ्रातृ संस्थाहरु र नेवारभित्रैका ३१ जातिका प्रतिनिधिहरुसमेत आवद्ध नेवारहरुको संयुक्त संघर्ष समितिले नेवाः स्वायत्त राज्यको घोषणा गरेको हो। यसअघि यसरी नै किरात, तामाङ र लिम्बुहरुले पनि राज्य घोषणा गरिसकेका छन्।
कार्यक्रममा राष्ट्रिय झण्डाका रुपमा चन्द्रसूर्य अंकित झण्डालाई कायमै राख्दै नेवार राज्यभित्र फहराउन अलग्गै झण्डा र सयौँ थुंगा फूलका हामी..राष्ट्रिय गानलाई कायमै राख्दै राज्यको अलग्गै गान पनि सार्वजनिक गरियो। त्यसैगरी नेवार स्वायत्त राज्यको भाषिक, सांस्कृतिक, शिक्षा, आर्थिक, समावेशी, गैरनेवार र अल्पसंख्यकसम्बन्धी नीति पनि सार्वजनिक गरियो।झण्डा र राज्यको नाम लेखिएको बेलुन उडाएर कार्यक्रम सुरु गर्दै।
नेवारहरुको छाता संगठन नेवाः देय दबुका पूर्वअध्यक्ष मल्ल के सुन्दरले संविधान सभाको क्षेत्राधिकारलाई चुनौति दिई राज्य घोषणा गरेको नभई संविधानप्रदत्त शान्तिपूर्ण रुपमा भेला हुने र आफ्नो विचार राख्न पाउने अधिकारको उपभोग गर्दै आफ्नो माग सुनाउन यस्तो घोषणा गरिएको बताए। ‘राज्य पुनर्संरचनाको बहस भइरहेका बेला हामी नेवारहरुलाई यस्तो राज्य चाहिन्छ र यसको नीति यस्तो रहन्छ भन्ने आवाज सम्बन्धित ठाउँमा पुर्याउन शान्तिपूर्ण रुपमा कार्यक्रम आयोजना गरेका हौँ’, उनले चेतावनी दिए, ‘यदि यसलाई गम्भीर रुपमा लिइएन भने हाम्रो आवाज यस्तै शान्तिपूर्ण र शालिन नहुन पनि सक्छ।’
दशरथ रंगशालामा सभा सुरु हुनुअघि काठमाडौँका विभिन्न स्थानबाट सांस्कृतिक झाँकीसहितको जुलुस निस्किएको थियो। पाटन क्षेत्रमा प्रत्येक घरबाट कम्तिमा दुई जना र्यालीमा सहभागी हुन भनिएको थियो। भक्तपुरमा नेमकिपाको प्रभाव क्षेत्रका नेवारहरु भने आएका थिएनन्। नेमकिपा संघीयताको विरोध गर्छ र नेवार राज्य घोषणा हुन नहुने मान्यता राख्छ।जुलुसमा सहभागी अष्टमातृका। नेवार राज्यको झण्डामा पनि अष्टमातृका कै प्रतीक रहेको छ। नेवार स्वायत्त राज्यको इलाकामा राष्ट्रिय झण्डासँगै फहराउने भनिएको यो झण्डाको डिजाइन रामकृष्ण नकर्मीले गरेका हुन्। नेवार समुदायभित्र बाहुन लगायतका कथित उच्च जातदेखि लिएर कथित पानी नचल्ने दलित जातसम्मका रहेका छन्। शनिबारको कार्यक्रमको उद्घाटन जातीय भेदभावलाई बिर्सेर नेवार समुदायभित्र रहेका सबै ३१ जातिका एक पुरुष र एक महिला प्रतिनिधि मञ्चमा भेला भएर परेवा उडाउँदै गरेका थिए। राज्यको घोषणा संयुक्त संघर्ष समितिका अध्यक्ष नरेन्द्रभक्त हाडाले गरेका थिए। सबै प्रमुख राजनीतिक दल र विभिन्न नेवार सघसंस्थाका प्रतिनिधित्व रहेको समितिको अध्यक्ष तीन तीन महिनामा पालैपालो परिवर्तन हुने गर्छ। घोषणा सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले एमालेले ऐतिहासिक नेपाल मण्डल अनुसार नै यसको क्षेत्र घोषणा हुनुपर्ने विचार राख्दै यस राज्यको सीमा कम्तीमा दुई राज्यसँग जोडिनु पर्ने पार्टीको धारणा रहेको बताए। ‘यसै अनुसार एमालेले राज्य पुनर्सरचनाको अवधारणामा नेवार राज्यको सीमाङकन गरिसकेको छ’, उनले भने, ‘अब यसलाई संविधान सभाबाट पास गर्नुपर्छ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिका पूर्व सभापति तथा सभासद तीर्थराम डंगोलले झन् चर्को भाषण गर्दै बाग्मतीका ८, नारायणीका ५ र दोलखा र रामेछापसहित मिलाएर एक प्रदेशको घोषणा हुनुपर्ने र त्यसको नाम नेवाः राज्य हुनुपर्ने बताए। उनको पार्टी नेपाली कांग्रेसले जातका आधारमा राज्य बनाउन नहुने धारणा राख्दै आएको छ। उनी भने संविधानसभामा रहेका २१८ जनजाति सभासदले यसका लागि दबाब दिने बताउँदै थिए। संविधान सभामा दलगत ह्विप नलाग्ने भनिएको छ।
दलहरुले नेवार राज्यको सीमाका बारेमा आ-आफ्नै धारणा सार्वजनिक गरे पनि सभामा निश्चित इलाका तोकेर घोषणा गरिएको छैन। नेवार राज्यको क्षेत्र घोषणा गर्दै नेवाः जागरण मञ्चका सुजीव बज्राचार्यले ‘लिच्छवीकालदेखि नै स्पष्ट अस्तित्वमा रहेका नेवार शासकहरुको अधिनस्थ शासनसत्ताको प्रादेशिक क्षेत्रको ऐतिहासिकतालाई आधार मानेर स्वायत्त राज्यको क्षेत्र निर्धारण गर्ने’ बताए। यो सैद्धान्तिक अवधारणा हो, उनले स्पष्ट पारे। यसअघि तामाङ संयुक्त संघर्ष समितिले घोषणा गरेको ताम्सालिङ राज्यको केही इलाकालाई नेवारहरुले पनि दाबी गर्ने गरेका छन्। कार्यक्रममा उपस्थित नेवार सभासदहरु एमालेकी सपना मल्ल प्रधानसँगै माओवादीका नारायणकाजी श्रेष्ठ।
एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सभालाई सम्बोधन गर्दै नेवार स्वायत्त राज्यको घोषणाले संघीयताविरोधीहरु, संविधान निर्माणमा प्रतिकूल असर पर्नेहरुले ठूलो झापड खाएको बताए। आफ्नो पार्टीले आन्दोलनका क्रममा गरेको गणराज्यहरुको घोषणाको स्मरण गर्दै श्रेष्ठले जनताले आफै राज्य घोषणा गरी दबाब बढाएका कारण संघीयताबाट कोही पनि पछाडि फर्कनसक्ने अवस्था नरहेको बताए।
कार्यक्रम आयोजक नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिमा एनेकपा (माओवादी)को भ्रातृ संगठन नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाली कांग्रेसको भ्रातृ संगठन – नेवाः लोकतान्त्रिक दबू, नेकपा (एमाले)को भ्रातृ संगठन – लोकतान्त्रिक नेवाः संघ, नेपाः राष्ट्रिय पार्टीको भ्रातृ संगठन – नेवाः ल्याय्म्ह न्ह्यलुवाः, विघटित नेकपा (एकता-केन्द्र) सम्बद्ध भ्रातृ संगठन – नेवाः मुक्ति मंकाः दबू लगायत आवद्ध छन्।
करिब २५ हजार क्षमता रहेको दशरथ रंगशालाको प्यारापिट पूरै सहभागीहरुले भरिएको थियो।

0 comments:
Post a Comment