जे.बी.
शेर्पा क्यिदुग बेल्जियम को आमन्त्रनमा यही अगस्त १ तारिखका साँझ सुरु भएको यूरो टूर २००९ सांस्कृतिक कार्यक्रम बेल्जियमको सुन्दर शैक्षिक नगरी ल्यूवेन मा अति भब्यताकासाथ सु-संपन्न भयो !अति आकर्षक मारुनी नृत्य का साथ सुरु भएको उक्त सांस्कृतिक कार्यक्रमका अधिकाँश नृत्य कलाकार हरु स्थानीय शेर्पा वालकलाकारहरु थिए ! शेर्पा क्यिदुग बेल्जियम ले पहिलो पटक आयोजन गरेको र अहिले सम्मकै सबै भन्दा ठुलो ठानिएको सो कार्यक्रम लाइ सफल बनाउन स्वयं सेवक ज्युहरू कार्यक्रमको लोगो अंकित पहिरनमा अंतिम समय सम्म चुस्त , चनाखो र व्यस्त देखिनुहुन्थ्यो त्यसैले नै यो कार्यक्रम
अपेक्षा गरिएको भन्दा राम्रो हुन गयो ! याङ्डी शेर्पा को उद् घोषणमा प्रमुख अथिति नेपाली दुतावासकादीपक धिताल ज्यु बाट दीप प्रज्वलित गरी सुरुवात भएको त्यस कार्यक्रममा पि.डि.शेर्पा ज्युले स्वागत मंतव्य दिनु भएको थियो साथै दीपक धिताल ज्युले पनि मंतव्य व्यक्त गर्नु भएको थियो ! त्यस कार्यक्रम का प्रमुख अथिति ज्युहरुमा NRNA बेल्जियमका अध्यक्ष पेम्बा गेल्बु शेर्पा ( पि.जी.) , बेल्जियम स्थित नेपाली दुतावासका दीपक धिताल र शेर्पा किदुग बेल्जियमका उपाध्यक्ष कर्मा लामा हुनुहुन्थ्यो ! पि.डि.शेर्पा ( पेम्बा दोर्जी ) र याङ्डी शेर्पा ले आकर्षक रुपमा पालैपालो कार्यक्रमको संचालन गर्नु भएको थियो ! आमंत्रित गायक कलाकारहरू मिङमा शेर्पा , अविनाश घिसिंग , रोज मोक्तान को लोकप्रिय गितहरुमा दर्शकहरु पनि संगसंगै गाई रहेको दृश्य झन मनै लोभ्याउदो थियो !स्मरणीय यो पनि छ की नाच प्रशिक्षक टेक लामा ले स्थानीय शेर्पा वालकलाकारहरु लाई नाच प्रशिक्षण दिनु भएको थियो विभिन्न कलाकार हरुको गीत संगै नाची नाची जिउ तताई सकेका दर्शक हरुलाई खान्पिन र पुनर्स्फुर्ती को लागी केही समय कार्यक्रम रोकिएको थियो , तत्पश्चात तातो तातो स्वादिलो म:म खान सवै हतारिदै लाइनमा बसेका देखिन्थे ! अनि फेरी सुरु भएको बांकी कार्यक्रम र डि.जे. तेन्जिंग को संगीतले सवैलाई नचाएको थियो , यस्तो लाग्थ्यो की समय थाकिरहेछ तररमाइरहेका नाचिरहेका दर्शकहरु थाकेका छैनन ! कार्यक्रम को बिच बिचमायस कार्यक्रमलाई प्रायोजन गरी आर्थिक सहयोग गरिदिनुहुने महानुभाव हरुकोनाम हरु उदघोष गरिएको थियो भने प्रायोजक ज्युहरु बाट कुल € ६००० संकलनभएको थियो ! मुख्य कार्यक्रमको समाप्ति पछि सम्पूर्ण गायक तथा नृत्यकलाकारहरुलाई शेर्पा किदुग बेल्जियमका अध्यक्ष अध्यक्ष आङ दोर्जी शेर्पा( सोनाम ) ज्यु ले कलाकार हरुलाई प्रशंशापत्र वितरण गर्नु भएको थियो !नमस्ते यूरोप टूर २००९ परिवार बाट शेर्पा किदुग बेल्जियम लाइ सम्मान रउपहार स्वरुप धातुको प्लेट पनि हस्तांतरण गरिएको थियो ! कार्यक्रम सकिंदा घडीको सुइले विहानको ५ बजाई सकेको थियो !!!

0 comments:
Post a Comment