Tuesday, 5 January 2010

माओवादीको चौथो चरणको आन्दोलनका कार्यक्रमको पूर्ण विवरण


एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
केन्द्रीय समिित
प्रेस विज्ञप्ति
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको आकस्मिक बैठकद्वारा पारित चौथो चरणको सङ्घर्षको कार्यक्रम-· बुकटलेट, पर्चा वितरण, पोष्टरिङ्ग, भित्तै लेखन, अन्तरक्रियासमेत पौष १०-२५ गतेसम्म· अन्तरक्रिया कार्यक्रम: पौष २१-२६· काठमाडौं - २३ गते -क. प्रचण्ड· पोखरा - २४ गते - क. देव गुरूङ· विराटनगर - २५ गते क. बाबुराम भट्टराई· धनगढी - २५ गते - क. लीलामणि पोख्रेल · जनकपुर - २५ गते - क. सीपी गजुरेल· नेपालगञ्ज - २६ गते - क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'· बुटवल - २६ गते रामबहादुर थापा 'बादल'पौष ३० गते १९५० लगायतका असमान सन्धी सम्झौताहरू देशव्यापी रूपमा जलाउनेपौष २५ - माघ १० अभियानात्मक कार्याक्रमहरू - जस्तै: प्रचार सामग्री वितरण, भित्तेलेखन, सांस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम, र्याली, मार्च, पत्रकार सम्मेलन, सीमा प्रभावित क्षेत्र अवलोकन, सभा, कोणसभा आदि । संयुक्त सभा माघ ५-१० · माघ ५ गते कोचिलांमिथिला - क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'· माघ ६ गते लिम्बुवानंकिरातंशेर्पा - क. सीपी गजुरेल· माघ ७ गते भोजपुरांनारायणींअवध- क।रामबहादुर थापा 'बादल'· माघ ७ गते थारुवानंसेती-महाकालींभेरी-कणर्ालींभोटे लामा - क. पोष्टबहादुर बोगटी 'दिवाकार'· माघ ७ गते तमुवानं मगरात - क.बाबुराम भट्टराई· माघ १० गते नेवां ताम्सालिङ - क. प्रचण्डपौष २७ गते अतिक्रमित सीमा क्षेत्र भ्रमण तथा सभा· महाकाली - क. प्रचण्ड· पशुपतिनगर - क. किरण· सुस्ता - क. बाबुराम भट्टराई· लक्ष्मणपुर बाँध - क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'· खुर्दलोटन बाँध - क. रामबहादुर थापा 'बादल'पौष २१ देखि माघ १० सम्म देशव्यापी राष्ट्रघाती, दलाल, अपराधी तथा भ्रष्ट तत्वहरूको भण्डाफोर कार्यक्रममाघ ५ गते भारतीय दुतावास र सिंहदरबार अगाडि विरोध प्रदर्शन नाराहरू पार्टीको मूल कार्यनीतिलाई केन्द्रमा राख्दै तत्कालीन कार्यनीतिक शृङ्खला यसप्रकार रहने छ:राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, शान्ति, नयाँ संविधान र राष्ट्रिय संयुक्त सरकार । त्यसका आधारमा निम्न नाराहरू निश्चित गरिएका छन्:मूल नाराहरू:सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट होऔं !
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !!
अन्य नाराहरू:राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर !!नागरिक सर्वोच्चता कायम गर !प्रतिक्रान्तिकारी षडयन्त्रलाई बन्द गर !!
शान्ति र नयाँ संविधान निर्माण सुनिश्चित गर !
सम्पूर्ण वामपन्थी, देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट होऔ !!
प्रतिक्रान्तिको षडयन्त्रलाई असफल पारौं !
सम्पूर्ण वामपन्थी, देशभक्त तथा गणतन्त्रवादी शक्तिहरूको संयुक्त मोर्चा निर्माण गरौं !!
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, नागरिक सर्वोच्चता कायम गरौं, शान्ति र अग्रगामी नयाँ संविधान सुनिश्चित गरौं !
जनताको संघीय गणतन्त्र- जिन्दावाद !!
सन् १९५० को सन्धिलगायत सम्पूर्ण असमान सन्धि, सम्झौताहरू खारेज गर !
सीमा अतिक्रमण बन्द गर, अतिक्रमित भूभाग फिर्ता गर !!
भारतीय सेना- नेपाली भूमि छोड !
भारतीय विस्तारवाद- मुर्दावाद !!
स्वायत्त गणराज्यहरू एक होऔं !
आन्तरिक राष्ट्रिय एकता सुदृढ पारौं !!
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !
राष्ट्रघाती, दलाल, भ्रष्ट तथा अपराधी तत्त्वहरूको भण्डाफोर गरौं !!
बढ्दो महँगी नियन्त्रण गर !
भ्रष्टाचारीहरूलाई कार्वाही गर !!

No comments:

Post a Comment