हङ्कङ्, अव वन्ने नेपालको संघिय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा विशिष्ट स्वायत्त राज्य हुनु पर्ने र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको संखुवा खोला - अरुण - सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु हुनु पर्छ भन्ने दृढ संकल्पका साथ संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषदको हङ्गकङ्ग प्रवास कार्य समीति गठन भएको छ । ३ जनुवरी २०१० का दिन याउमातेइ, काउलून स्थित हङ्गकङ्ग वर्कस युनियनको सभा कक्षमा एक कार्यक्रम गरी गठन गरिएको हो । सो कार्यक्रममा श्री नवराज काम्वाङ्ग लिम्बुलाई निर्विरोध अध्यक्षमा चयन गरिएको छ । त्यस्तै उपाध्यक्षमा श्री विष्णु इङ्नाम, सचिवमा श्री श्याम.इङ्नाम, अर्थ सचिवमा श्री एच वाइ थाम्सुहाङ्ग, सदस्यहरुमा क्रमश हेम लावती, गज वहादुर काम्वाङ्ग, मन प्रसाद आङ्देम्वे, कुल वहादुर मादेम्वा, लाल वहादुर लिम्बु, वम वहादुर काम्वाङ्ग, प्रेम वेघा, श्री प्रसाद योङ्गहाङ्ग र डम्बर कुमार काम्बाङ्ग चुनिएका छन् । सो गठन पश्चात संघिय लिम्बुवान राज्य परिषदको भात्रृ संगठन संघिय लिम्बुवान गोर्खा भु.पु सैनिक तथा सिंगापुर प्रहरी परिषद गठनको लागि मन प्रसाद आङ्देम्वेलाई प्रमूख तथा संयोजकको जिम्वेवारी तोकिएको छ । सलिराप हङ्गकङ्ग प्रवास कार्य समीतिले निकट भविश्यमा नै सल्लाहकार समीति र हङ्गकङ्गको विभिन्न क्षेत्रमा इलाका कार्य समीतिहरु गठनको लागि पहल गर्ने वुभिएको छ । संघिय लिम्बुवान राज्य परिषद नेपालको हङ्गकङ्गमा कार्य समीति ढिलै गठन भए पनि अन्य देशहरु वेलायत, मल्लेशिया, गल्फ कन्ट्रीहरु र अन्य देशहरुमा पहिले नै गठन भइसकेको समाचार छ ।
No comments:
Post a Comment