ओम गुरुङ,नेपालबाट आमन्त्रित अतिथि कलाकार राजु गुरुङको प्रमुख आकर्षण र स्थानिय कलाकर्मीहरुको विविध साँगीतिक प्रस्तुतीहरुकाबिच सोमबार टोकियोमा अति नै धुमधामकासाथ ल्होसार मनाइयो । तमू धीं जापानका अध्यक्ष दिनेश गुरुङको सभापतित्व र नेपाली आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष ओम गुरुङको प्रमुख आतिथ्यतामा भएको ल्होसार कार्यक्रममा उपाध्यक्ष हर्क गुरुङको स्वागत भाषण रहेको थियो । गुरुङ भाषामा निर्मित थूप्रै चलचित्रका नायक, दोहोरी तथा लोक गायक अतिथि कलाकार राजुद्वारा तमू भाषाको राष्ट्रिय गीतबाट शुरुभएको सो ल्होसार कार्यक्रममा मीना, अमर तमु, पुष्प गुरुङ, अम्बर गुरुङ लगायतका स्थानिय कलाकारहरुको पनि साँगीतिक प्रस्तुती रहेको थियो । अतिथि कलाकार राजुले दरुन्ग सुरुबारी, सालैजो (कौडा) सालैजो (सोरठी), झोडा र बुट्टेचोली जस्ता तमुहरुको सस्क्रिति झल्काउने अत्यन्त परम्परगत लोकप्रिय गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गराई सबैलाई नचाएका थिए भने दर्सकहरु पनि अतिनै रोमान्चित भै मन्च मै उक्लिएर खादा लगाई दिई अतिनै सम्मान हर्दिक्ता दर्साएका थिए ! कार्यक्रममा अतिथि कलाकार राजु गुरुङलाई धींका अध्यक्ष दिनेश गुरुङले फूलको गूच्छाले हार्दिक स्वागत गरेका थिए । टोकियो सिन्जुकुस्थित युनिभर्सल स्टुडियोमा भएको सो कार्यक्रमको प्रमुख अतिथि ओम गुरुङले उदघाटन गरि शुभ कामना मन्तब्य दिनु भएको थियो । NRNA ICC का प्रबक्ता डा. कुमार बस्नेत लगाएत बिभिन्न सन्घ सस्थाका प्रतिनिघि ज्यु हरुले शुभकामना मन्तब्य प्रकट गर्नु भएको थियो ! पहिलो चरणको औपचारिक कार्यक्रम धींका महासचिव रामबहादुर गुरुङ र साँगीतिक कार्यक्रम कुमार गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा हाल जापानमै रहेका वरिष्ठ कलाकारहरु कोमल ओली, प्रजापति पराजुली, कृष्णभक्त महर्जनको पनि साँगीतिक प्रस्तुती रहेको थियो यसैगरी कार्यक्रममा सोही दिनको पूर्वान्हमा भएको साधारण सभाकोसर्बसम्मतिबाट गठित नयाँ कार्यसमितिको घोषणा समेत गरिएको थियो । जसअनुसार अध्यक्षमा याम गुरुङ, उपाध्यक्षद्वयमा हर्क गुरुङ र भीम गुरुङ, महासचिवमा राम गुरुङ, सचिव कुमार गुरुङ, कोषाध्यक्ष खड्गसिंह गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, साँस्कृतिक बिभाग संयोजक जीतमान गरुङ रहनुभएको छ । यसैगरी सदस्यहरुमा क्रमशः पदम गुरुङ, पदमबहादुर गुरुङ, सुरज गुरुङ, बिष्णु गुरुङ, ताइकाजी गुरुङ, अनिला गुरुङ, बुद्ध गुरुङ, टेकमान गुरुङ, शान्ति गुरुङ, हिमानी गुरुङ, कर्ण गुरुङ, युक्तमान गुरुङ, बिजय गुरुङ, श्री गुरुङ, तारा गुरुङ, कुश गुरुङ, हेमा गुरुङ र अम्बर गुरुङ रहनुभएको छ । यसैगरी सल्लाहकारहरुमा चेनबहादुर गुरुङ, ओम गुरुङ, ओमप्रकाश गुरुङ, दिनेश गुरुङ, इश्वर गुरुङ, नन्दराज गुरुङ र गणेश गुरुङ रहनुभएको छ । कार्यक्रममा जापानमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायत उत्साहजनक जापानबासी नेपालीहरुको सहभागिता रहेको थियो । *
No comments:
Post a Comment