श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Thursday, 24 December 2009

संघीय धिमाल स्वायत्त परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न: झापा, मोरङ, सुनसरी कोचिला होइन लिम्बुवान राज्यअन्तर्गत् धिमाल स्वायत्त क्षेत्र


डी बी आङ्बुङ

उर्लावारी मोरङ धिमाल स्वायत्त क्षेत्र लिम्बुवान २०६६ पुस ५/'राष्ट्रिय स्वाधीनता विशिष्ट जातीय स्वायत्तता आजको आवश्यकता' भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्अन्तर्गत् संघीय धिमाल स्वायत्त परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन २०६६ पुस ३ र ४ गते उर्लावारी मोरङ धिमाल स्वायत्त क्षेत्र लिम्बुवानमा बाङगाइ धिमालको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।
पुस ३ गते माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक' र संघीय धिमाल स्वायत्त परिषदका केन्द्रीय संयोजक बाङगाइ धिमालद्वारा सामुहिक रुपमा ब्यानर खोलेर उद्घाटन गरिएको सो ऐतिहासिक सम्मेलनको उद्घाटन समारोह उर्लावारीस्थित् राधिका मा। वि। को प्राङगणमा हजारौं जनमासको उपस्थिमा बृहत् र्याली र विभिन्न साँस्कृतिक झाँकी र खेलहरुसमेतको प्रदर्शन गरी अतिथि वक्ताहरुबाट सम्मेलनको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेर सम्पन्न भएको थियो ।
'पुस ३ र ४ गते उर्लावारी जाऔं संघीय धिमाल स्वायत्त परिषद्को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सफल पारौं' भन्ने नारा लेखिएको बृहत् र्यालीको ब्यानरसहितको हजारौंको सङ्ख्यामा उपस्थित् स्थानीय धिमाल तथा अन्य जाति लिम्बुवानवासीहरुको उपस्थिति र सहभागगितामा उर्लावारी बजार परिक्रमा गर्दै सङ्खुवा-अरुण-सप्तकोशी पूर्व लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने लिम्बुवानअन्तर्गत् धिमाल स्वायत्त क्षेत्रको घोषणा हुनुपर्ने. आदिवासी/जनजातिहरुलाई आत्मनिर्णयको अधिकार हुनुपर्ने, आई एल ओ महासन्धि १६९ तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका नाराहरु लगाइएको थियो । उक्त र्यालीमा स्थानीय मगर किरात राई. लिम्बू र धिमाल जातिको साँस्कृतिक झाँकीहरुसमेत आ-आफ्नो ब्यानर र बाजागाजासहित सहभागी थिए । त्यसैगरी, उस्सु र ताइकन्दो खेलाडी धिमाल र अन्य जातिका खेलाडीहरु पनि र्यालीमा सहभागी थिए । सो र्यालीको व्यवस्थापन र सुरक्षा लिम्बुवान
भोल्युण्टियर्स (एल.भी) र लिम्बुवान धिमाल भोल्युण्टियर्स (एल. डी. भी.) ले गरेका थिए ।
बृहत र्यालीपछि उद्घाटन समारोहमा परिणत सभाको सभाध्यक्षता धिमाल स्वायत्त परिषदका संयोजक बाङगाइ धिमालले गरेका थिए भने प्रमुख अतिथिमा माच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक' र विशिष्ट अतिथिमा संघीय लोकतान्त्रिक राष्ट्रिय माचका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफे रहनु भएको थियो ।
संघीय धिमाल स्वायत्त परिषदका केदार धिमालले स्वागत मन्तव्य राख्नेक्रम्मा अन्य विभिन्न राजनीतिक दलले यहाँका आदिवासी धिमाललगायतका जातिहरुलाई विभिन्न आश्वासनमात्र बाँड्दै आजसम्म केवल भोट बैंक मात्रै बनाउँदै आएको र आफ्नो हकअधिकारको सुनिश्चिताको लागि अरु कसैको भरोसामा नपरी आफैले आन्दोलित भएर संघर्ष गर्नु आवश्यक भएकोले धिमाल जातिहरु पनि राजनीतिक रुपमा सजक र सचेत भई लाग्नु परेको बताउनु भयो ।
उद्घाटन समारोहमा राई जातिको सोकला नृत्य मगर जातिको हुरर्रा लिम्बू जातिको केलाङ् र धिमाल जातिको साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । ती एउटै माचमा आलापालो प्रस्ततु गरिएका विभिन्न साँस्कृतिक नाचहरुले वास्तवमै सामाजिक सद्भाव र साँस्कृतिक सहिष्णुताको संकेत गर्दथ्यो । कार्यक्रममा धिमाल जातिका महिलाहरुको पोशाकले विशेष आकर्षण र रौनकता दिन्थ्यो । सायद नेपलका विभिन्न आदिवासी/जनजातिमध्ये धिमाल महिला मात्र त्यस्ता महिला हुन् जसले आफ्नो परम्परागत पोशाकलाई जीवनचर्याकै क्रममा निर्माण र प्रयोग गरेर अस्तित्वमा ल्याएका छन् र आफ्नो जीवन्त र फरक पहिचान झल्काउन सकेका छन् ।
शुभकामना मन्तव्यको क्रममा संघीय लिम्बुवान महिला परिषदका सचिवालय सदस्य अमृता थेबेले हामी आदिवासी÷जनजातिहरु सदियौंदेखि विभिन्न विभेदपूर्ण ऐन कानुनहरु बनाएरै शोषण दमन गरिएको र सो क्रमलाई तोड्नको लागि हामी आफै आफ्नै तरिकाले आन्दोलित भएर संघर्ष गर्नुको विकल्प नभएको कुरा बताउनु भयो ।
लिम्बुवानका साचिवालय सदस्य विसेन्द्र चेम्जोङले आक्रोसित हुँदै आक्रामक शैलीमा विचार राख्दै लिम्बुवान स्वायत्त राज्य र त्यसअन्तर्गत् धिमाल स्वायत्त क्षेत्रको घोषणा गर्नुपर्ने बताउँदै यदि सो नभएमा जस्तोसुकै मुल्य चुकाएरै भए पनि माग पूरा गरेरै छाड्ने चुनौती दिनुभयो ।त्यसरी नै शुभकामना मन्तव्यकै क्रममा विशिष्ट अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय माचका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफेले यो धिमाल जातिका महिलाहरुले जीवन्त रुपमा लगाउँदै आएको पोशाक ुपेटानीु लाई राष्ट्रियकरण गर्नुपर्ने साथै हामी सबै आदिवासी÷जनजातिहरु मिलेर आ-आफ्नै ठाउँबाट योगदान पुर् याउँदा मात्र हामीले चाहेको जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारको संवैधानिक सुनिश्चितता हुने र सो समारोहमा उपस्थित् धिमाल महिलाहरुको सहभागिताले साँच्चिकै तमाम् आदिवासी÷जनजाति महिलाहरुलाई नै अनुकरणीय उदाहरण प्रस्तुत गरेको बताउनु भयो ।

आफ्नो मन्तव्य राख्ने क्रममा समारोहका प्रमुख अतिथि माच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' ले नेपालको संघीयता र स्वायत्तता प्राप्तिको आन्दोलनको इतिहासमा लिम्बुवानको विशिष्ट योगदान रहेको र लिम्बुवानको आन्दोलन उठानको सन्दर्भमा यहाँका आदिवासी धिमाल जातिको पनि त्यतिकै महत्वपूर्ण योगदान रहेको बताउनु भयो । वहाँले भन्नु भयो- सायद नेपालकै संघीयता र स्वायत्तताको आन्दोलनको धिमाल जाति र संघीय धिमाल स्वायत्त परिषदमात्र त्यस्तो जाति र राजनीतिक संगठन होला जसले सही सुझबुझले प्रस्तावित स्वायत्त राज्य लिम्बुवानलाई हृदयदेखि नै स्वीकार गरी त्यही राज्यको एक महत्वपूर्ण अंग लिम्बुवानअन्तर्गत् धिमाल स्वायत्त क्षेत्रमा रहन मनासिव र वैज्ञानिक हुने कुराको मुल्याङ्कन गरेर लिम्बुवान राज्यको समर्थन र त्यही अन्तर्गत् धिमाल स्वायत्त क्षेत्रको दावी गर्दै ऐतिहासिक सम्मेलनसम्म गरेर अगाडि बढ्न सकेको छ । यो नेपालका तमाम आदिवासी÷जनजाति र संघीयता तथा स्वायत्तताको आन्दोनलमै एउटा उदाहरण हुनसकेको बताउनु भयो । मन्तवकैक्रममा लिङदेनले भने- हामी एकदिन यो लिम्बुवान राज्यमा धिमाल पनि मुख्यमन्त्री भएको हेर्न चाहन्छौं । र लिम्बुवानअन्तर्गतको धिमाल स्वायत्त क्षेत्र लिम्बुवान राज्य सरकार र प्रशासनमै धिमाल जातिको उत्तिकै सहभागिता प्रतिनिधित्व र भूमिका रहेको व्यवस्था चाहन्छौं । भर्खरै माओवादीले घोषणा गरेको कथित कोचिला राज्यप्रति असहमति जनाउँदै सो घोषणालाई धिमाल स्वयम्ले नै अस्वीकार गरेको तर्फ जोडदिँदै जातीय आधारमा स्वायत्त आधारमा राज्य घोषणा हुनु सकारात्मक हुँदाहुँदै पनि ऐतिहासिक लिम्बुवानलाई टुक्राउने गरी ल्याइएको कोचिला राज्यलाई अविलम्ब फिर्ता गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको अन्तमा समारोहलाई सम्बोधन गर्दै धिमाल स्वायत्त परिषदका संयोजक बाङगाइ धिमाले भने- 'धिमाल जातिहरु आदि अनादिकालदेखि बसोबास गरेको भूमि, पश्चिममा कोशी, पूर्वमा मेची, उत्तरमा विजयपुर छेउ साँगुरीगढ चुरे पर्वतदेखि दक्षिण, हुलाकी मार्ग भुँडे सिमलहुँदै धिमाल धुरा उत्तरसमेतको भौगोलिक सिमाभित्रका जंगल खोला नाला गाउँबस्तीलगायत जिल्लाको नामसमेत धिमाल भाषाबाट नामकरण भएकोले सो क्षेत्र लिम्बुवानअन्तर्गत् धिमाल स्वायत्त क्षेत्र हुनुपर्छ ।
पृथ्वीनारायण शाहले राज्य विस्तार तथा एकात्मककरण गर्नेक्रममा पूर्व लिम्बूवानमा १७ पटकसम्म हार खाएपछि पुनः अठारौं पटकको युद्धमा कोशी चतराघाटमा धिमाल सेनाहरुले सात दिन सात रातसम्म युद्ध लडेको इतिहास छ । त्यस युद्धको नेतृत्व सुघाई र बाङगाई धिमालले गरेका थिए । वि।स। १९७६ भन्दा अगाडि शाह वंशीयकालमा माल र लाख भनी भूमिसम्बन्धी व्यवस्था गर्दा लाखलाई किपट भूमि खास गरेर पहाडी क्षेत्र लिम्बू बसोबास क्षेत्र परेको तथा मालमा आधारित भूमि तराई चुरे पर्वतदेखि दक्षिणको भाग मा विभाजन गरेकोले लिम्बुवान भूमिहरु अतिक्रमण शुरु भएको साथै बसाई सराई सम्बन्धी कानुन बनेपछि हाम्रो जल जमिन जंगल आदिवासीहरुको प्राकृतिक सम्पदामा हस्तक्षेप गरी अधिकारबाट बिाचत गराउँदै लिम्बू र धिमाल तथा अन्य जातिबीचको जातीय सद्भावलाई फुट गराई एकीकरणको नाममा शाहवंशीकरण र एकात्मककरण गरिएको थियो । यही शोषण दमन र उत्पीडनबाट मुक्त हुन हामीले लिम्बुवानअन्तर्गत् धिमाल स्वायत्त क्षेत्र हुनुपर्दछ ।'
सो उद्घाटन समारोहको साचालन मातृका धिमालले गरेका थिए ।
सम्मेलनको बन्द सत्रले निम्नानुसारको संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्अन्तर्गत् धिमाल स्वायत्त परिषद् केन्द्रीय कार्य समितिको चयन गर्दै तपशीलका महत्वपूर्ण निर्णय र मागहरुसमेत तय गरेको छ-
संघीय धिमाल स्वायत्त परिषद् केन्द्रीय कार्य समितिः१ अध्यक्षः बाङगाइ धिमाल२ उपाध्यक्षः अजित धिमाल३ उपाध्यक्षः गंगा धिमालम।४ महासचिवः केदार धिमाल५ सचिवः मातृका धिमाल६ अर्थ सचिवः माजु धिमाल७ संगठन विभाग प्रमुखः शिला धिमाल८ साचार विभाग प्रमुखः शान्ति धिमाल९ धिमाल स्वयम्सेवक प्रमुखः जितेन्द्र धिमाल१० प्रशिक्षण विभाग प्रमुखः मोहन धिमाल११ भाषा तथा संस्कृति विभाग प्रमुखः इन्द्रकुमारी धिमाल१२ जातीय विभाग प्रमुखः श्रीप्रसाद धिमाल१३ महिला विभाग प्रमुखः विमला धिमालकेन्द्रीय सदस्यहरुः१४ रामचन्द्र थापा मगर१५ सूर्य माझी१६ सुशिला धिमाल१७ दमन धिमाल१८ धनराज धिमाल१९ तिलक धिमाल२० सन्तोष धिमाल२१ नरेश धिमाल र मनोनित दुई गरी जम्मा २३ सदस्यीय केन्द्रीय कार्य समितिको चयन गरिएको छ । यस सम्मेलनले संयोजक बाङगाइ धिमालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र विधान दुवै पारित गरेको छ । सम्मेलनले गरेका माग तथा निर्णयहरुः१। जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा मोरङ झापा र सुनसरी तीन जिल्लालाई लिम्बुवान अन्तर्गत् धिमाल स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने२। राज्यको हरेक तह निकाय र अङ्गमा जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वको व्यवस्था लागू गर्नुपर्ने३। संघीय शिक्षा प्रणालीको लागू गर्नुपर्ने४। आई। एल। ओ। महासन्धि १६९ लाई तुरुन्तै कार्यान्वयन गर्नुपर्ने५। विगतमा राज्यले गरेको साँस्कृतिक तथा भूमि अतिक्रमणको उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका राजनीतिक माग तथा अजेण्डाहरु पास गरेको छ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika