यू.ए.ई.को दुबईस्थित एक कम्पनीमा कार्यरत परिश्रमी नेपाली धन बहादुर थापा मगर (स्याङ्जा) ले रायोको साग उत्पादन गरी नयाँ नमूना प्रस्तुत गरेका छन्।
खाडी मुलूकहरु मध्य साउदी अरबको यात्रा पछि यू.ए.ई प्रवेश गरेको ४ बर्षमा उनलाई यो सोच आएको हो।नेपाल कृसी
प्रधान देश भएपनी अरबको भूमिमा यस्तो उत्पादन एक नौलो आयाम भएको छ।स्याङ्जा जिल्ला शाखर गा.वि.स-४ मानेचौर स्थाई घर बताउने धन बहादुर थापामगरलाई उनकै साथी म्याग्दीका राजु भण्डारीले नेपालबाट रायो सागको बीउ लिएर दिएपछी उनको यो इच्छा प्रबल भयो र केही गरौ भनेर उत्साहित हुनुभयो ।उनीसँगै काम गर्ने अर्का मित्र बर्दियाका मोहम्मद यार खानले पनि काममा ठुलो सहयोग गरेका छन। दुबईको नेपाली रेस्टुरेण्टमा भएको अचानक भेटमा यो बेलिबिस्तार गरेका हुन। उनले यो कार्यलाई निरन्तरता दिने जानकारी दिदै भन्छन, “गत बर्ष ४०० दिराम को साग बिक्री गरेको र थुप्रै नेपाली लगाएत अन्य देशका साथीहरुलाई पनी निसुल्क बितरण गरे यो बर्ष एक पटक ३१२ दिर्हाम र अर्को पटक ५६० दिर्हामा को साग बिक्री गरियो कम्पनीका सबैले धन्यबाद ब्यक्त गरेकाछन।” अलेन रोड दुबई अलकोज स्थित एक आर्मी क्याममा कार्यरत यी नेपालीहरु वास्तबमा एक नमूना हुन्।करीब ५ आना जग्गामा आफनै आवाश क्षेत्र बाट सुरु गरेको यो काम अरुलाई प्रेरणा बनेको छ।“नेपालीले उब्जायको रायो साग नेपाली रेस्टुरेण्टमा खान पाएका छन दुबई वासी नेपालीले।”

0 comments:
Post a Comment