दिल किरण खजुम
दोहा, कतार किरात याक्थुङ चुम्लुङ कतारले मोरङ्ग जिल्ल् पाटी गा.वि.स.वडा नं. ५ निवासी सुश्री सोल्मा लिम्वुलाई आर्थिक सहयोग स्वरुप ने. रु. ६३००० प्रदान गरेको छ । सुश्री सोल्मा लिम्वु विगत एक वर्ष देखि २ वटै मृगौला खराव भएकोले उपचारको लागि नेपाल लगायत भारतको विभिन्न अस्पतालहरुमा लगेर उपचार गर्दा समेत उपचारमा सुधार नआएको र हाल उपचारकै लागि काठमाण्डौंको टिचिङ्ग अस्पतालमा भर्ना गरिएकी छिन । मृगौला प्रत्यारोपण गर्नको लागि आर्थिक अभावको कारण देखाई बिरामीको वुवा पारस लिम्वुले कि.या.चु. कतारलाई छोरीको उपचारार्थ आर्थिक सहयोग जुटाई दिनु हुन निवेदन गरेको थियो । उक्त निवेदनको आधारमा पिडित सुश्री सोल्मा लिम्वुलाई आर्थिक सहयोग जुटाउन कियाचु कतारले पहल शुरु गरेको हो । आर्थिक सहयोग जुटाई दिनको लागि नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतार मार्फत महासंघमा आवध्द मातृ संस्थाहरुलाई समेत अपिल गरिएको थियो । संस्थाको अपिल अनुसार संकलित रकम ने. रु. ६३०००/- (अक्षेरी त्रिसट्ठी हजार मात्र) एक मुष्ट रुपमा कि.या.चु. नेपालका अध्यक्ष अर्जुन लिम्बुको नाममा पठाई रोगीका वुवा पारस लिम्वुलाई हस्तान्तरण गरि सकिएको कुरा संस्थाका का. वा. अध्यक्ष ज्ञानेन्द्र कुरुम्भङ्ग ज्यूले याक्थुङ समाज डट कमलाई जानकारी गराउनु भयो । एकले थुकि सुकि सयले थुकि नदि भने झैं धेरै जनाको सानो सहयोग पनि एकजनाको निम्ति ठुलो रकम हुन सक्छ । यो हाम्रो सानो सहयोगले मृगौला रोगी सोल्मा लिम्बुको उपचारमा थप सहयोग पुग्ने आशाका साथ चाडै नै उनको स्वास्थ्य लाभ होस र दुखि परिवारमा खुशि फर्कियोस भन्ने कामना गर्दछौ । रोगी पिडितहरुको उदार गर्न हामीले धर्म सम्झेर आफ्नो क्षमताले भ्याए अनुसार सहयोग जुटाएमा सोल्मा जस्ता सयौं असाहायहरुको ज्यान वचाउन मद्धत पुग्ने कुरामा दुई मत नहोला ।

0 comments:
Post a Comment