वर्ष तमु ल्होसार एवं नयाँ बर्ष सन् २०१० को उपलक्ष्यमा तमु समाज इजरायलद्वारा आगामी १ जनवरी शुक्रवार र २ जनवरी शनिवारको दिन तेल अभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजना गरिने मनोरन्जनात्मक सांस्कृतिक साँझको प्रस्तुतिकोलागि नेपाली कलाकारहरु इजरायल आइपुगेका छन् ।
आफ्नो गायन क्षेत्रमा प्रवेश गरेपछि हालसम्म ८००० भन्दा वढि गितहरु रेकर्ड गराउन सफल प्रसिद्ध लोक गायक राजु परियार लगायत पप गायकद्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ र नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कत्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) सहित छ जनाको टोली मंगलवार साँझ करिव ५:१५ बजे इजरायलको वेनगुरियन एयरपोर्टमा आइपुगेका थिए । इन्डिया, जोर्डनको राजधानी अमान हुँदै कलाकारहरु इजरायल आइपुगेका हुन । कलाकारहरुलाई इन्डियामा इमिग्रेसनले धेरै बेर सोधपुछ गरेको थियो तर कलाकारहरुले नेपाली राजदुतावास इजरायलद्वारा लेखिएको पत्र देखाएपछि उनीहरुलाई सजिलो भएको वताएका छन् । संयोजक यम गुरुङका अनुसार नेपाली राजदुतावासबाट उक्त पत्र हाँसिल गर्न ठुलो मिहेनेत गर्नुपरेको थियो जव की नेपाली कलाकार आउने भनेपछि उच्च उत्सुकता सहित उक्त पत्र दुतावासले सजिलै उपलव्ध गराउनु पर्नेमा संयोजक यम गुरुङ लगायतका व्यक्तिहरुको दवावमा मात्र दुतावासले पत्र दिन राजी भएको संयोजक गुरुङले हामिलाई वताउनु भयो ।
कलाकारहरुलाई स्वागत गर्न मनोरन्जनात्मक सांस्कृतिक साँझका संयोजक तमु समाज, इजरायलका अध्यक्ष यम गुरुङ, एन आर एन, इजरायलका कार्यवाहक अध्यक्ष नयन्द्र चेम्जोंग, तमु समाज, इजरायलका उपाध्यक्ष बसन्त गुरुङ, तमु समाज इजरयलकै कोषाध्यक्ष वेल वहादुर गुरुङ सहितको टोलि वेनगुरियन एयरपोर्ट पुगेको थियो त्यहाँ उनीहरुले कलाकारहरुलाई सम्मनपनि गरेका थिए ।
कलाकारहरु करिव ५ दिनसम्म इजरायलमै रहने कार्यक्रम रहेको कार्यक्रमका संयोजक गुरुङले जानकारी दिनुभयो ।

0 comments:
Post a Comment