सरकारले खाडीमा घरेलु कामदारलाई रोजगारीमा जान प्रतिबन्ध लगाए पनि खुला सिमानाको ‘दुरुपयोग’ गर्दै भारतबाट उडेर जाने घरेलु कामदारमध्ये अधिकांश निकै कष्टपूर्ण अवस्थामा रहेको पाइएको छ । रोजगारीको अवसरका लागि खाडी लैजानेभन्दा मानवतस्करी र यौनपेसामा लगाउन नेपालदेखि खाडी मुलुकसम्म फैलिएका ‘एजेन्ट’ हरूले काम गरिरहेको प्रमाण प्रत्यक्ष-परोक्ष पाउन थालिएको छ ।चितवनकी सीता सापकोटा ३५ वर्षकी भइन् । २४ वर्षे उमेरमा कुबेत प्रवेश गर्दा उनले धन कमाउने, जीबन उज्ज्वल बनाउने सपना देखिकी थिइन् । त्यो सपना त्यतिखेर भंग भयो जब कुबेतमा जबर्जस्ती यौन शोषणमा परिन् । दुई वर्षसम्म घरको कामबाट निकालिँदा उनको पेटमा आठ महिनाको बच्चा हुर्किरहेको थियो । पछि छोरी जन्मिन् । अहिलेसम्म त्यही छोरीलाई बाबुको अधिकार दिलाउन कुबेती अदालतको ढोका ढकढक्याइरहेकी छन् ।कुबेतको मुद्दाइमास्थित एक मालिकको घर हेरविचार गरेर मासिक २५ हजार कमाउने सीता भन्छिन्- ‘छोरीको अधिकार दिलाएरै छाड्ने अठोटसाथ यहाँ पर्खिरहेकी छु ।’उनी अदातलतमा पुगेको १० वर्ष भइसक्यो । सुरुमा त मिलिभगतमा मुद्दा खारेज गरेर सीतालाईफर्काउन खोजिएको रहेछ । तर उनले मानिनन् । ‘अहिले उनलाई न्याय दिन सबै नेपालीले पनि साथ दिएका छन्’, कुबेतस्थित नेपाल कुबेट डट कमका प्रधान सम्पादक राजन रिमालले कान्तिपुरलाई भने, ‘दूतावास स्थापनाले उनलाई न्याय दिलाउन थप आशा मिलेको छ ।’अंग्रेजी, अरबी र नेपाली बोल्ने छोरी आरती आदेल -सापकोटा) लाई अधिकार दिलाउन सीता एकपटक मात्रै नेपाल फिरेकी छन् । गत वर्ष दसैंमा आएर तिहारमा फर्किन् । आरतीले बाबुको अधिकार नपाउँदा औपचारिक रूपमा पढ्न पाएकी छैनन् । ‘म अब आफूमाथि र नेपाली दिदीबहिनीमाथि भइरहेको दुराचारजन्य घटनाहरूबारे बोल्ने भएकी छु । मजस्तै अरू दिदीबहिनी पनि यस्तै अवस्थामा यहाँ प्रताडित भइरहेका छन्’, उनी भन्छिन्- ‘सेवा र सुरक्षाको ग्यारेन्टी नरहेको यो अँध्यारो ठाउँमा कसले, किन ल्याउँछ हाम्रा दिदीबहिनीहरूलाई । थाहा नपाएरै मजस्तै फस्नु एउटा कुरा हो तर थाहा पाएरै पनि यता आउनु भने आफंै आफ्नो दशा निम्ताउनु हो ।’बढ्यो गर्भवती कामदारकुबेत घरेलु कामदारका रूपमा जाने नेपाली महिलाको प्रमुख गन्तव्य हो । त्यहाँ झन्डै चालीस हजार नेपाली कामदार रहेको अनुमानित तथ्याङ्क छ जसमा झन्डै ८० प्रतिशत घरेलु महिला कामदार छन् । ‘अझ गैर कानुनी हैसियतमा बच्चा जन्माउने महिलाको संख्या विकराल रूपमा बढेको छ,’ रिमालले भने, ‘त्यस्ता महिलाको दुःख सुनिसाध्य छैन ।’यस्ता गर्भवती हुने महिलाहरू गैरकानुनी रूपमा बसेका हुन् । अधिकांश बच्चा र आमाको स्थिति नाजुक छ । काम गर्न गएकामहिलाहरूले अनिक्षित गर्भ बोक्न थालेपछि उनीहरू झन् बढी परनिर्भर बन्नुपर्ने स्थिति छ । ‘यो समस्याले विकराल रूप लिन थालेको छ’, कुबेतस्थित गैर आवासीय नेपाली संघ समन्वय समितिका अध्यक्ष राजेन्द्र तामाङले भने-’गर्भवती हुनेमा बढीजसो गैरकानुनी रूपमा बस्दै आएका महिला छन् ।’तामाङ्कका अनुसार बालबच्चा जन्माएर सम्पर्कमा आएका महिलाको सख्या दुई सय २३ पुगेको छ ।उनीहरू धेरैजसो बच्चासहितकुबेती जेलमा छन् । दुई दिनअघि मात्रै आठ महिना र पाँच महिनाको गर्भ बोकेका सन्तकुमारी गल्यान र काली तामाङ सम्पर्कमा आएका छन् । ‘घरेलु काममा आएका महिलाहरू घरमालिकको यातना सहन नसक्दा भाग्ने गरेका छन् । उनीहरू नेपाली, पाकिस्तानी, बंगालीको शरण पुगेका हुन्छन् । सँगै बस्ने क्रममा बच्चा जन्मिन थालेका छन्’, रिमालले भने- ‘यो दूतावास र सेफ हाउस नहुनुको परिणाम पनि हो ।’गैरकानुनी भएकोले ती महिलाले लुकीछिपी कोठामै बच्चा जन्माउने हुँदा बच्चा अधिकार पाउन वञ्चित छन् । कुबेती सरकारले अस्पतालमा जन्माएको बच्चालाई मात्रै मान्यता दिने गरेको छ । ‘कतिमय किशोरीहरू भने फ्ल्याट लिएर बसेका हुन्छन् । उनीहरूलाई खान बस्न व्यवस्था गर्नेको आवश्यकता पुरा गरिदिनुपर्ने बाध्यता महिलालाई छ’, उनले भने ।बेचिन्छन् पनि कुबेतमा दूतावास खोल्न पुगेका नेपाली राजदूत मधुवन पौडेल घरेलु कामदारको अवस्था नजिकबाट नियालिरहेका छन् । उनलाई सरकारले दुई महिना अगाडि नियुक्ति गरेको थियो ।
उनका अनुसार भारतीय नाका हुँदै ‘हाउसमेड’ मा पुगेका नेपाली महिला ‘बेचबिखन’ को सिकार हुने-गरेका छन् । तिनीहरूलाई त्यहाँको एजेन्सीले बिक्री गर्ने गरेको हो ।‘यहाँ आइपुगेका घरेलु महिला कामदारको समस्या श्रमसँग होइन बेचबिखनसँग सम्बन्धित छ,’ पौडेलले कान्तिपुरसँग भने, ‘उनीहरूलाई एजेन्सीद्वारा तोकिएको मूल्य तिरेर कुबेतीले निश्चित समयका लागि लैजान्छन् ।’ नेपाली महिलालाईदुई देखि पाँच सय दिनारमा बिक्री गरिन्छ । त्यस्ता एजेन्सी कानुनीरूपमै सञ्चालनमा छन् । एजेन्सीबाट खरिद गरेर लगिएको कामदारले ६ महिनासम्म काम नगरी फरार भएमा घरमालिकले पैसा पाउँछन् । कुबेतको कानुनअनुसार हरेक व्यक्तिले दुईजनासम्म घरेलु महिला कामदार राख्न पाउँछ ।घरेलु कामदारमा कुबेत जान सरकारले रोक लगाए पनि भारतीय बाटो हँुदै लाने गरिएको छ । घरेलु काम गरिरहेको ठाउँ छाडेर भाग्नेबित्तिकै गैरकानुनी होइन्छ । त्यस्ता घरेलु कामदार सबैभन्दा बढी बिक्री हुन्छन् । ‘मानव बेचबिखनको स्थिति यहाँ भयावह छ,’ उनले भने, ‘एक घरमा काम गर्न पुगेको नेपाली महिलालाई तीन दिन नपुग्दै भगाएर अर्को घरमालिकलाई बिच्ने गिरोह त्यतिकै सक्रिय छ ।’ उनीहरू घरमालिकबाट भन्दा बढी कामदार आपूर्ति गर्नेएजेन्सीबाट शोषित हुने गरेका छन् । ‘मैलै कुबेतका केही घरमालिकसँग हाउसमेडको बारेमा कुरा गरें’, उनले भने, ‘सबैले कामदार आफ्नै कारण दुःख पाइरहेको बताए ।’घरेलु कामदारमा साना उमेरका अनपढ किशोरीहरू पनि छन् । राजदूत पौडेलका अनुसार घरेलु कामदारसँग श्रम सम्झौता, डकुमेन्ट केही हुँदैन । ती कामदारलाई कुबेत पुर्याउन भारतीय र नेपाली दलालको ठूलो सञ्जाल छ । सबै भारतीय विमानस्थल प्रयोग गरी जाने गर्छन् । ‘सरकारले भारतीय विमानस्थलबाट श्रम सम्झौताको डकुमेन्टबिना जाने नेपाली महिलालाई रोक्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘यो नभएसम्म कुबेतमा नेपाली महिला बेचिरहन्छन् ।’पौडेलका अनुसार दूतावास सञ्चालन हुनेबित्तिकै गैरकानुनी रूपमा बसेका घरेलु कामदार दूतावासको आश्रयमा आउने क्रम बढेको छ । ‘संगठनात्मक क्षेत्रमा त्यस्ता समस्या छैन, त्यहाँ तुलनात्मक रूपमा खाडीका अन्य मुलुकभन्दा राम्रो छ,’ उनले भने ।कबुेतमा बेपत्ता हुनेहरू पनि उत्तिकै छन । पौरखी नेपालका अनुसार याङजी शेर्पा, कृष्णामाया तामाङ, लक्ष्मी तामाङ, प्रेमककाला घिमिरे, सम्झना धामी, चन्द्रकुमारी राई, रेखामाया गुरुङ्ग, कोपिला दाहाल र तारादेबी भट्टराई बेपत्ता भएका छन् ।खुल्यो एमनेस्टी, परेन हाउसमेडकुबेत सरकारले गैरकानुनी कामदारलाई आफ्नो मुलुकबाट पठाउन ‘एमनेस्टी’ -गैरकानुनी कामदारलाई स्वदेश फिराउने अभियान) प्रत्येक दुई दुई वर्षमा गर्दै आइरहेको छ । यसपटक खुलाएको एमनेस्टीमा घरेलु कामदार परेनन् । यसको कारण स्वदेश फिर्तीको आशामा रहेका गैरकानुनी महिला कामदार स्वदेश फिर्ने अनिश्चित पर्खाइमा छन् । ‘अहिले कम्पनीबाट भागेर गएकाहरूको हकमा मात्रै यो लागू भएको छ,’ संघका अध्यक्ष तामाङले भने- ‘घरेलु कामदारको हकमा भने छैन् ।’कुबेतमा ६ हजार फर्जी भिसा जारी भएकोले ती भिसामा आएको कामदार मात्रै फर्काउने सरकारी योजना छ । घरफिर्न टिकट कोहीलाई कम्पनी नत्र कामदार आफैंले व्यवस्था गर्नुपर्नेछ ।
‘नेपालले भारतलाई पत्र लेखोस्’राजदूत हमिद अन्सारीसाउदी अरेबिया‘हरेक महिना अलपत्र परेपछि दर्जनौंको संख्यामा युवती दूतावासमा ल्याएर पाल्नु, तिनको औषधिमुलो गर्नु अथवा फिर्ती टिकटको प्रबन्ध गरेर घर फिर्ता पठाउँदैमा सधैंका लागि घरेलु कामदारको समस्या समाधान हुने देखिन्न ।रियाद दूतावासले पछिल्लो छ महिनामा मात्रै २ सयभन्दा बढी युवतीको एकदमैं आपत्कालीन अवस्थाबाट उद्धार गरेका छौं । फेरि हिजो -बुधबार) १५ जना उद्धार गरौं । कूटनीतिक नियोगको सम्पूर्ण जिम्मेवारी यसरी युवती उद्धार गर्ने मात्रै जस्तो भएको छ । यसकारण नेपाल सरकारले कूटनीतिक तहबाट भारत सरकारलाई पत्र लेख्नुपर्यो । घरेलु कामदार भिसामा आउने अथवा श्रम अनुमतिपत्र बेगर खाडीका लागि उड्ने युवतीलाई उडान अनुमति नदिनका लागि परराष्ट्रले पत्र लेखिदिनुपर्यो । यो नै सबैभन्दा दह्रो र प्रभावकारी उपाय हुन सक्छ ।
साउदी दूतावास भन्छ-१) कतिपय यस्ता घटना/समस्या हुन्छन्, राजदूतावासको नियन्त्रणभन्दा बाहिर हुन्छन् । तर त्यस्ता घटनाले बढी प्रचारप्रसार पाउने हुनाले खाडीक्षेत्र, महिला कामदारका विषयमा आमधारणाको निर्माणमा तिनीहरू बढी भूमिका खेल्छन् । उदाहरणार्थ सन् १९९८ को अन्त्यतिर कुवेतमा नेपाली महिला कामदार कानी शेर्पाको मृत्यु भएको थियो । समाचार स्रोतहरूका अनुसार उनी आफू काम गरिरहेको घरमा हुने यौन दुव्र्यवहार तथा यातनाबाट पीडित थिइन् र एक स्थानीय अस्पतालमा उपचारार्थ गएको बेला झ्यालबाट हामफालेर मृत्युवरण गरिन् । त्यस घटनापश्चात् नेपालमा देखापरेको आमआक्रोशका कारण नै खाडी राष्ट्रमा नेपाली महिलालाई काम गर्न सरकारले प्रतिबन्ध लगाएको थियो । यदि हाउसमेडका रूपमा काम गर्न आउने महिला कामदारहरू वैधानिक बाटोबाट खाडी क्षेत्रमा आउन सकुन् भन्ने भनाइको मूल आशय कानी शेर्पाको घटनापश्चात् लगाइएको त्यो प्रतिबन्धलाई फुकुवा गर्ने हो भने, कानी शेर्पाका जस्ता घटना पुनः घटेका छैनन् अथवा घट्दैनन् भन्न सक्ने अवस्थामा राजदूतावास रहेको छैन ।२) सरकारी निकाय, राजनीतिक तथा सामाजिक कार्यकर्ता र खाडी क्षेत्रमा काम गर्ने महिलाका आफन्तले महिलाका समस्याका विषयमा सानो सूचना प्राप्त गर्नेबित्तिकै सो महिलामाथि शारीरिक यातना भएको, यौन दुव्र्यवहार भएकोजस्ता अतिरञ्जनापूर्ण तथ्य अघिसारी निज महिलालाई तत्कालैै उद्धार गरिदिनु, नेपाल फर्काइदिनुजस्ता आदेश/निवेदन राजदूतावाससमक्ष पेश गर्ने देखिएको छ । यो प्रवृत्तिले एउटा गहिरो विरोधाभासलाई संकेत गर्दछ । एकातिर सार्वजनिक राष्ट्रिय बहसमा तिनै सरकारी अधिकारी राजनीतिक तथा सामाजिक कार्यकर्ता खाडी क्षेत्रमा असंगठित क्षेत्रमा कार्य गर्न महिलालाई नेपाल सरकारले लगाएको प्रतिबन्ध खारेज गर्नुपर्ने विचार प्रकट गर्छन् भने अर्कातर्फ कुनै महिला विशेषको विषय उठ्दा सिधै अतिरञ्जनापूर्ण निष्कर्ष निकाल्छन् ।३) महिला कामदार भएका सबै राष्ट्रका राजदूतावासले आफू काम गर्ने घरबाट भागेर हिंडेको अथवा कुनै कारणले अलपत्र परेका महिलालाई तत्काललाई आश्रय दिनका निमित्त एक छुट्टै घर भाडामा लिई सेफ हाउसको सञ्चालन गर्ने गरेको पाइन्छ । तर राजदूतावाससँग त्यस्तो सेफ हाउस सञ्चालन गर्ने क्षमता नभएको तथ्य टड्कारो छ ।४) कुवेत तथा ओमानमा रहने महिलाका विषयमा कुनै समस्याका बारेमा सूचना प्राप्त गरेपछि राजदूतावासले सम्बन्धित घर मालिकलाई फोन सम्पर्क गरेर अनुनय विनय गर्नुभन्दा अरू कुनै उपाय रहँदैन ।५) महिला आफू काम गर्ने घरबाट भागेर हिंडेको अवस्थामा राजदूतावास अथवा स्थानीय अधिकारीहरूको शरणमा पुग्न नसकेको अवस्थामा उनी नेपाल र्फकन सक्ने सम्भावना पनि एकदम कम रहन्छ । त्यस्ता महिलाहरू गलत व्यक्तिको चंगुलमा पर्ने सम्भावनालाई नकार्न सकिँदैन । अनौपचारिक रूपमा प्राप्त सूचनाअनुसार साउदी अरेबिया तथा कुवेतमा सोझासाझा महिलालाई फकाएर आफू काम गर्ने घरबाट भगाउने काममा नेपालीसमेत संलग्न भएका गिरोहहरू सक्रिय छन् ।

0 comments:
Post a Comment