एकिकृत नेकपा माओवादीले पोखराबाट तमुवान स्वायत्त गणराज्य र पाल्पाबाट मगरात स्वायत्त गणराज्य घोषणा गरेको छ ।
पोखराको अमरसिंह चौकमा आयोजित सभामार्फत माओवादी नेता देव गुरुङ्गले तमुवान स्वायत्त प्रदेश घोषणा गर्नुभएको हो। पाल्पामा एकिकृत नेकपा माओवादी नेता रामबहादुर थापाले मगरात गणराज्य घोषणा गर्नुभएको हो। माओवादीले घोषणा गरेको तमुवान राज्यमा बुढी गण्डकी देखि काली गण्डकीसम्मको क्षेत्र पर्दछ। यो क्षेत्रमा कास्की, स्याङ्जा, लमजुङ, गोर्खा, तनहुँ, पर्वत, मनाङ, र मुस्ताङ लगाएतका जिल्लाहरु समेटिएको छ। यसैगरी पाल्पाबाट पनि एकिकृत नेकपा माओवादी नेता रामबहादुर थापाले मगरात गणराज्य घोषणा गर्नुभएको छ। मगरात स्वायत्त गणराज्यमा पाल्पा, गुल्मी, अर्घखाची, सल्यान, प्युठान, रुकुम, रोल्पा, बाग्लुङ र म्याग्दी जिल्ला पर्दछन्। अन्य दलहरुले गण राज्य घोषणा शान्तिसँझौता र संविधन सभाको मर्म र भावना विपारित भएको भन्दै विरोध गरे पनि माओवादीले गणराज्य घोषणालाइ निरन्तरता दिदै आएको छ ।

0 comments:
Post a Comment