श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Friday 18 December 2009

टमाटरको कार्टुनभित्र दुबई

पार्वती अर्याल
२०६६ पुस २ - तपाईं दुबई कसरी आउनुभयो ? ओमानबाट टमाटरको कार्टुनभित्र अनि ओमान कसरी जानुभयो ? दुबईको साहुले ओमान पठाएर तपाईंको पासपोर्ट र अरू कागजात कहाँ छ ? खोई….। तपाईं अहिले कहाँ आउनुभएको छ, थाहा छ ? खोई….। थरथर काँप्दै दिइएको यो जवाफ इलाम, घर बताउने भक्तमाया राईको हो । कसैसँग खासै कुरा गर्न नचाहने अन्दाजी ३१ वर्षकी राईलाई मैले विस्तारै सोध्दा घोप्टोमात्रै परिरहन्थिन् । एक हप्ता नेपाली दूतावासमा राख्दा राईको होशहवास ठाउँमा आइपुगेको थिएन । सातौं दिन तपाईंलाई नेपाल पठाइदिन्छौं, जाने ? भनेर सोध्दा आँसुले भरिएका आँखा हेर्दै हाँसिन् भक्तमाया । उनको रुन्चे हाँसोले केही आशा पलायो । म उनलाई फकाउँदै सोध्दै गएँ, उनको बुबाआमा उनी सानै छँदा बितेका रे । उनी फुपूको डेरामा काठमाडौं बस्दै गर्दा एकजना शेर्पेर्नीले दुबईको साहुसँग पैसा लिई बेचेकी रहिछ । दुबईको साहुले पुनः ओमानको मस्कटमा बेचेछ । ओमानको साहुबाट शारीरिक तथा मानसिक तनाव ब्यहोर्नुपरेपछि फोहोर लिएर घरबाहिर आएको मौकामा एकसरो पmक र टप कुर्ता लगाएकी उनी त्यत्तिकै भागिछन् । उनको ज्यान बचाइदिने अनुरोधमा पठानी केटाहरूले टमाटर लिएर दुबई आउने गाडीको टमाटरको कार्टुनभित्र हालेर पठाइदिएछन् । गाडीसँगै सीमा पार गरी दुबई आएपछि विभिन्न मान्छेकहाँ २ महिना बसेपछि एकजना नेपालीले दूतावासमा ल्याइदिए । जे होस्, धेरैचोटी जिउँदै मरे पनि उनी आफ्नो नेपाल र्फकने शौभाग्य पाइन् । घरमा काम गर्न भनी विभिन्न दलालमार्फत सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेबाट ओमान, कुवेत वा युएई आउने महिलाहरूको प्रतिनिधि पात्र हुन्, उनी । नेपालबाट सद्धे युएई आएकी राई रगत वान्ता गर्छिन्, अहिले । मुरलीजत्रो जीउ, आत्मग्लानिसहितको भावना र विना आफन्तको नेपाल फिर्तीमा रुन्चे हाँसो निकालिन् उनले, नेपाल र्फकन पाउँदा । कात्तिक र मंसिर गरी २ महिनाको अवधिमा नेपाली दूतावास, युएईमा राईसहित ७ जना हाउसमेडहरू आइपुगेका छन् । राईसहित ४ जना नेपाल पठाइसकिएको छ भने १ जनाको केश श्रम अदालतमा चलिरहेको छ र बाँकी २ जनाको पुलिस अफिसमा । वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा महिला-पुरुषको समान अधिकार स्थापित गरिदिए पनि खाडी मुलुकमा घरेलु महिला कामदारहरूलाई विशेष सुरक्षाको प्रत्याभूति दिन नसकिएको कारण नेपाल सरकारबाट रोक लगाइएको अवस्था छ । भारतको बाटो प्रयोग गरी रोजगारी भिसामा मात्र होइन, नेपालकै एयरपोर्टबाट समेत घरेलु कामदारको रूपमा महिलाहरू खाडी मुलुकमा आएको देखिन्छ । यसरी घरेलु कामदारको रूपमा युएई भित्रिने महिलाको दर्दनाक व्यथा त एकातिर छँदैछ, उनीहरू दूतावासमा आइपुग्न र आइसकेपछि नेपाल फर्काउने प्रक्रिया अझ जटिल छ । शारीरिक र मानसिक रूपमा समेत विक्षिप्त बनिसकेपछि साहुको घर छाडेर भागेका महिलाहरूसँग कुनै कागजात नहुने र पासपोर्ट एवं भिसाविना कुनै पनि व्यक्तिको युएई बसाई अवैध हुने भएकोले सम्बन्धित महिला कामदारको तर्फबाट सम्बन्धित इमिरेटको पुलिस अफिसमा निवेदन दिनुपर्ने हुन्छ । महिला कामदार ल्याउँदा भिसा तथा टिकटबापत लागेको शुल्कसमेत सम्बन्धित दलाललाई स्वयम् रोजगारदाताले बुझाइसकेको परिस्थिति हुने र सो परिस्थितिमा रोजगारदाताले पैसा चोरेर भागेको वा अन्य गल्तीसमेत देखाई पुलिस कम्प्लेन गर्ने हुँदा सो कम्प्लेन लेबर कोर्टमा समेत जाने परिस्थिति सिर्जना हुन्छ । अर्थात् पुलिस क्लियरेन्सविना नेपाल फिर्ता पठाउने सम्भावना अन्त्य हुन्छ । त्यसैले दूतावासमा शरण लिन आएका महिलाहरू लामो समयसम्म राख्नुपर्ने अवस्था सिर्जना हुन्छ । पुलिस क्लियरेन्सपश्चात दूतावासबाट नेपाल फर्काउने प्रक्रिया पूरा गर्न सकिए तापनि उनीहरूको लागि टिकट काट्ने पैसा जुटाउन गाह्रो छ । यसरी आउने महिला कामदारले श्रम स्वीकृति नलिएको हुनाले वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत उनीहरूलाई राहत उपलब्ध गराउन नसकिने र नेपाल सरकारको सो प्रयोजनमा खर्च गर्न सकिने अन्य कुनै स्रोत नभएकोले नेपालीसँगबाट सरसहयोग जुटाएर नेपाल पठाउनुपर्ने अवस्था रहन्छ । यस्तो दुष्चक्रबाट किन भित्रिन्छन् त खाडी मुलुकमा नेपाली महिलाहरू ? यसको खास कारण फिलिपिन्स, इन्डिया लगायतका मुलुकबाट खाडी मुलुकमा घरेलु महिला कामदार पठाउन प्रतिबन्ध छैन । सम्बन्धित मुलुकको सरकारले विशेष सुरक्षाका उपायहरू अपनाएको हुन्छ । उनीहरूको तलब बेसिक एक हजार दिरहामभन्दा कम गर्न पाइँदैन र उनीहरू युएई आउनासाथ दूतावासमा उनीहरूको मोबाइल फोन नम्बरसहित अन्य रेकर्डहरू राख्ने व्यवस्था छ, साथै रोजगारदाताले नियमित रूपमा दूतावासमा मोबाइल सम्पर्क गराइदिनुपर्ने हुन्छ । यी कारणले युएईमा ठूलो संख्यामा रहेका इन्डियन तथा अरबीहरूले कुनै कानुनी उपचार दिनु नपर्ने, सोझा, इमानदार र जति कम पैसा दिए पनि हुने नेपाली महिला कामदारहरूलाई काममा लगाउन चाहन्छन् भने अर्कोतिर महिला कामदार र रोजगारदाता दुवैतिरबाट मोटो रकम लिई मुलुकको खुला सिमाना, गरिबी, अज्ञानता र दण्डहीनताको फाइदा उठाई केही व्यक्तिहरूले यही कामलाई धन्दा बनाएको देखिन्छ । आफ्नो नागरिकहरूको यस्तो विडम्बनापूर्ण दशालाई राज्यले रोक लगाएको छ भनेर बेवास्ता गर्न मिल्दैन । सम्बन्धित मुलुकमा खटिएका श्रम सहचारीसहित दूतावासका अन्य कर्मचारी र नेपालप्रति आस्था हुने विदेशमा बस्ने नेपालीहरूसमेत यस कार्यमा खट्नुपरेको स्थिति छ । संसारभर खुला अर्थतन्त्र र विश्वव्यापीकरणलाई पछ्याइएको साथै नेपालले यी विषयप्रति प्रतिबद्धता जनाइसकेको तथा हरेक पक्षमा महिला-पुरुषको सहअस्तित्व र समविकासलाई हाम्रो संविधान एवं वर्तमान कानुनले स्वीकारिसकेको अवस्था छ । यसैगरी वैदेशिक रोजगारीबाट प्राप्त रकम मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा रहेको कुरा कसैबाट छिप्न सक्दैन । वैदेशिक रोजगारीको उपयुक्त विकल्प दिन नसकिएको र रोक लगाउँदा पनि रोकिएको स्थिति नभएको यस परिप्रेक्ष्यमा महिलाहरूलाई वैदेशिक रोजगारीमा रोक लगाएर उम्कनुको सट्टा उनीहरूलाई व्यावसायिक रूपमा काम गर्ने सीप प्रदान गरी सम्बन्धित मुलुकको भाषा र कानुनी प्रावधानसम्बन्धी ज्ञात बनाउनु र सम्बन्धित मुलुकमा महिला कामदारका लागि विशेष सुरक्षाको नीति अवलम्बन गर्नु जरुरी देखिएको छ ।
लेखिका नेपाली राजदूतावास युएईमा श्रम सहचारी छन् ।

1 comments:

ऐत राज तुम्रोक said...

kasto dukha lagdo ghatana malai sundaimaa dar lagyo.

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika