गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गैरआवासीय नेपालीहरुको एक समूहले डेनमार्कको राजधानी कोपेनहेगनमा 'हिमालय बचाउ' भन्ने नाराअन्तर्गत नेपाल सरकारद्दारा आयोजित र्यालीमा भाग लिएको छ । नेपाल सरकारले आयोजना गरेको र्यालीमा गैरआवासीय नेपालीहरूलाई औपचारिक रूपमा आमन्त्रण गरिएको सम्भवत: यो पहिलो परिघटना हो ।
नेपाल सरकारद्दारा हिमालयमा जलवायु परिवर्तनको असरप्रति विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले ११ डिसम्बरक दिन अन्तर्राष्टि्रय पर्वतारोहण दिवसको सन्दर्भमा यस र्यालीको आयोजना गरिएको थियो । नेपालबाट पाँचजना मन्त्रीहरू र गगन थापालगायत संविधानसभाका सदस्यहरू समेत गरी ७७ सदस्यीय प्रमण्डलले उक्त र्यालीमा भाग लिएको थियो । उक्त र्यालीमा प्रसिद्ध आप्पा शेर्पा, दावा शेर्पालगायत सगरमाथाविजेताहरू, पत्रकारहरू, कलाकारहरू आदि विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सगरमाथा विजेताहरूसहित नेपालबाट ३० भन्दाबढी पर्वतारोहीहरूका साथै विश्वका विभिन्न देशहरूबाट समेत पर्वतारोहीहरू, हिमालयप्रेमीहरू तथा संयुक्त राष्ट्र संघीय उपमहासचिव लगायत विभिन्न पदाधिकारीहरूको पनि त्यहाँ उपस्थित रहेका थिए । र्यालीमा एक हजारभन्दा बढी मानिसहरूले भाग लिइएको र्याली बिहान ११ बजे क्रिष्टियनबोर्गस्थित पार्लियामेण्ट स्क्वाएरबाट शुरू भएको थियो र 'हिमालय बचाउ' भन्ने नारा लगाउँदै कोपेनहागेनको केन्द्रतर्फ लागेर फेरि क्रिष्टियनबोर्गमै फर्केको थियो ।
नेपाली मन्त्रीहरू (दीपक बोहरा, डा. मीनेन्द्र रिजाल, सुरेन्द्र पाण्डे, ठाकुर शर्मा, शरद सिंह भण्डारी) का साथै सगरमाथाविजेत आप्पा शेर्पा, दावा शेर्पा तथा संयुक्त राष्ट्र संघीय उपमहासचिवलगायत विभिन्न अन्तर्राष्टिय संधसंस्थाका पदाधिकारीहरूले समेत र्यालीलाई सम्बोधन गर्नुभएको थियो । गैरआवासीय नेपाली संघको तर्फबाट अन्तर्राष्टिय समन्वय परिषद्का उपाध्यक्ष जीवा लामिछानेले र्यालीमा भाग लिने निमन्त्रणाका लागि धन्यवाद ज्ञापन गर्दै जलवायु परिवर्तनबाट उत्पन्न हुने खतराविरूद्ध संघर्षमा र भविष्यमा पनि सहयोगका क्षेत्रहरू पहिल्याउनमा नेपाल सरकारलाई यथासम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हिमालयको संरक्षणको सन्दर्भमा पर्वतारोहीहरूको शिखरका सहभागीहरूबाट घोषणापत्र जारी गरी र्यालीको समापन गरिएको छ ।
स्मरण रहोस्, उक्त र्यालीमा गैरआवासीय नेपाली संघको तर्फबाट जीवा लामिछाने (उपाध्यक्ष, अन्तर्राष्टि्रय समन्वय परिषद्, रूस), डा. बद्री के.सी.(कार्यकारी सदस्य, अन्तर्राष्टि्रय समन्वय परिषद्, रूस), सपिला राजभण्डारी (उपाध्यक्ष, राष्टि्रय समन्वय परिषद्, रूस), पी.जी. शेर्पा (अध्यक्ष, राष्टि्रय समन्वय परिषद्, बेल्जियम), अर्नुनकुमार श्रेष्ठ (कार्यकारी सदस्य, अन्तर्राष्टि्रय समन्वय परिषद्, बेल्जियम), ज्योति खरेल (अध्यक्ष, राष्टि्रय समन्वय परिषद्, फिनल्याण्ड), राजन खँडेल (कार्यकारी सदस्य, अन्तर्राष्टि्रय समन्वय परिषद्, संयुक्त अधिराज्य), मोहन गुरुङ (संयुक्त अधिराज्य), रामबहादुर भण्डारी (कार्यकारी सदस्य, अन्तर्राष्टि्रय समन्वय परिषद्, इटली), गणेश पोखरेल (कार्यकारी सदस्य, अन्तर्राष्टि्रय समन्वय परिषद्, डेन्मार्क) तथा सोमनाथ सापकोटा (अध्यक्ष, राष्टि्रय समन्वय परिषद्, डेन्मार्क) सहित डेन्मार्क राष्टि्रय समन्वय समितिका अन्य पदाधिकारीहरू आदिको सहभागिता रहेको थियो ।
उक्त र्यालीको आयोजनाका लागि सरकारका तर्फबाट खर्चको व्यवस्था नगरिएको हुनाले आवश्यक खर्चभार वहन गर्नका लागि गरिएको आग्रहअनुसार केही गैरआवासीय नेपालीहरूको स्वेच्छिक सहयोगको आधारमा गैरआवासीय नेपाली संघको तर्फबाट संकलन गरिएको सात हजार अमेरिकी डलर ग्रहण गर्दै माननीय मन्त्री दीपक बोहराले हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
गैरआवासीय नेपाली संघ राष्टि्रय समन्वय परिषद् डेन्मार्कको तर्फबाट पनि आयोजकहरूलाई र्यालीको आयोजनाका लागि आर्थिक तथा भौतिक सहयोग पुर्याइएको थियो । 'हिमालय बचाउ' नाराअन्तर्गत सम्पन्न भएको र्यालीको सफलतामा डेन्मार्कका गैरआवासीय नेपालीहरूबाट पुर्याइएको सहयोग विशेष उल्लेख्य छ ।

0 comments:
Post a Comment